मंगलबार भैरवी गाउँपालिका–६ कुसापानीमा एउटा बँदेलले आक्रमण गरेर गहुँ काटिरहेका सात जनालाई घाइते बनाएको छ।
कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे।
जियानमाथि युरोपेली संसद्का सदस्य म्याक्सिमिलियन क्राहसँग काम गर्दा चीनलाई संवेदनशील जानकारी पठाएको आरोप छ।
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच शीतलनिवासमा द्विपक्षीय भेटवार्ता भएको छ।
‘काठ, ढुंगा, फलाम, छाना लगाउने लगायत परम्परागत पेसामा कालिगड थरअनुसार छुट्याइएका थिए। औपचारिक शिक्षामा पहुँच नहुँदासम्म सोही प्रणालीले कला, सीप हस्तान्तरण हुँदै आयो।’
भारतले आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले केही दिनभित्रै भन्सार कार्यालयले आईसीपी स्थलबाट काम शुरू गर्ने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए।
बाइसधारा मेला
काठमाडौँको बालाजुस्थित बाइसधारामा पाँच दिने मेला मंगलबार शुरू भएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शुरू हुने मेलामा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भक्तजनको सहजताका लागि २२ वटै धाराबाट पानी प्रवाह हुने व्यवस्था मिलाइएको छ। बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँमा आइपुगेका छन्।
जनकपुरस्थित एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन्।
कतारका अमिरको नेपाल भ्रमणका क्रममा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान सञ्चालन सम्झौताका लागि पहल गर्न सरोकारवालाले आग्रह गरेका छन्।
धनुषामा सडक दुर्घटनामा परी मंगलबार पत्रकार विनय यादवको मृत्यु भएको छ।
एशियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा पानीसम्बन्धी मौसमी जोखिमसँग सम्बन्धित ७९ प्रकोप रेकर्ड गरिएको उल्लेख छ। तीमध्ये ८० प्रतिशतभन्दा धेरै बाढी र आँधी थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायत व्यवस्थापन गरिएको छ।
सोमबार तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा रहेको छापावाला सुन मंगलबार एक लाख ३५ हजार ५०० रुपैयाँमा झरेको छ।
स्थानीय महेन्द्र सहनीको फुसको घरमा बिजुलीबाट सल्किएको आगो नजिकका सात घरमा फैलिँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वडाध्यक्ष राजीवबहादुर क्षेत्रीले बताए।
कतारी राजा फिलिपिन्स र बांग्लादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने कार्यक्रम रहेको छ।
सोमबार राति हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्याक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो।
सोमबार राति मिलानोमा भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै पाँच खेलअघि नै लिग च्याम्पियन बन्न सफल भएको हो।
जथाभाबी वन डढेलो लगाउँदा दर्जनौँ बस्ती जोखिममा परेका छन्। जिल्लामा रहेका ३११ सामुदायिक वनसँगै निजी वन, धार्मिक वन र अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका वनमा हरेक दिन आगजनी भइरहेका छन्।
कोशी, मधेश, बागमती, लुम्बिनी, गण्डकी र कर्णालीका तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ।