AnonymousUser

Logout

यसरी खोजियो हाँडीगाउँमा गहना (तस्वीरहरू)

टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएर प्रतीकात्मक रूपमा गहना खोज्ने गरिन्छ।

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

यस अवधिमा फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको छ।

पर्यटन बोर्डको सीईओ छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

सीईओ छनोट गर्न गठित उपसमितिका सदस्य मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन र छनोट उपसमिति अवैधानिक भएको अदालतको आदेशमा उल्लेख छ।

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक सिनेटद्वारा पारित

चीनले अमेरिकीहरूको डाटामा पहुँच पुर्‍याउन सक्ने वा एपको माध्यमबाट उनीहरूलाई सर्वेक्षण गर्न सक्ने भन्दै अमेरिकी सिनेटमा टिकटकमाथि प्रतिबन्धको आवाज उठ्दै आएको थियो।

खासै घटबढ भएन शेयरबजार

बुधबार शेयर बजार परिसूचक नेप्सेमा ०.१५ अंकको सामान्य बढोत्तरी भएर १९६९.१७ विन्दुमा पुगेको छ। 

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्थाको प्रतिनिधि मण्डलले अर्थमन्त्री पुनसँग शिष्टाचार भेट गरेको हो।

मुटुरोग विशेषज्ञ अभावमा थन्किए उपकरण

मुटुरोग विशेषज्ञका लागि हेटाैँडा अस्पतालले खुलाएको विज्ञापनमा जम्मा एक जना चिकित्सकको आवेदन परेको थियो तर उमेरहदका कारण नियुक्ति दिइएन।

रंगशाला निर्माण सम्झौता भंग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध

धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता भंग गर्ने राखेपको निर्णयप्रति उपमहानगरपालिकाले विरोध जनाएको हो।

भ्रमण सम्पन्न गरी स्वदेश फर्किए कतारका अमिर 

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो।

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न, द्विपक्षीय समझदारीमा हस्ताक्षर

भेटवार्ताका क्रममा नेपाल र कतारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित, आपसी चासो, सम्बन्ध बिस्तार एवं साझा हितका विविध विषयमा छलफल भएको छ।

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा ५ घर जले

गाईखर्क सामुदायिक वनमा लागेको डढेलो बस्तीमा छिर्दा स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कबिर राईको घर जलेका छन्।

झापामा जिपसँग मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो। उनीहरूको सनाखत हुन बाँकी छ।

भूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन  

आजभोलि बारपाक घुम्न विभिन्न जिल्ला र देशबाट मानिस आउने गर्छन्। सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटल खुलेकाले बारपाक पर्यटकका लागि घुम्ने नयाँ गन्तव्य बनेको छ। 

डढेलोले म्याग्दीमा ७०० हेक्टर वन सखाप

फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका ६ वटै स्थानीय तहका १११ वनमा डढेलो लागेको छ। डढेलोले जिल्लाको ६९३ हेक्टर वन क्षेत्र सखाप भएको छ।

बाइडेनको चुनावी अभियान फ्लोरिडामा, गर्भपतन अधिकार प्रमुख मुद्दा

कन्जरभेटिभ राज्यमा गर्भपतन अधिकारको मत सफल भए पनि बाइडेनको पक्षमा मतदान हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी नै छ।

देशका विभिन्न स्थानमा हावाहुरी तथा वर्षाको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। लुम्बिनीसहित तराईका केही स्थानमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।

मंगलबारदेखि ७२ घण्टा पूर्वी सीमानाका बन्द

चुनावलक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन्।

विपिनको रिहाइका लागि पहल गरिदिन कतारी अमिरसँग राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर थानीसँग आग्रह गरेका छन्।

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत

लगानी बोर्डले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने परियोजनाको सूची स्वीकृत गरेको छ।

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

मन्त्रालय बाँडफाँटबारे सत्ता साझेदार दलबीच सहमति भएसँगै मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने मिति तय भएको हो।