AnonymousUser

Logout

सहकारीबाट ३० लाख रुपैयाँ चोरी गरेको आरोपमा ६ जना पक्राउ

प्रहरीले सहकारीमा चोरी गरेको आरोपमा ६ जनालाई इटहरीबाट पक्राउ गरेको छ।

एमाले प्रतिनिधि परिषद् बैठकबाट १५ बुँदे प्रस्ताव पारित, सहकार्य कमजोर नपार्न सत्तारुढ दलहरूलाई आग्रह

एमालेले सहकार्य कमजोर नपार्न, मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन, राष्ट्रियता, लोकतन्त्र र र जनहितलाई जोखिममा पार्ने काम हुन नदिन सत्तारुढ सबै दलहरूलाई आग्रह गरेको छ।

रुकुम पश्चिममा वनबाट फैलिएको आगोमा परेर १ जनाको मृत्यु, ३ घर जले

आइतबार दिउँसो ढारपाखा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा नेपाले टोलका युवराज विक, अन्नते सार्की र वुदी कामीको घर जलेर नष्ट भएको छ।

भारतमा भेटियो विश्वकै लामो सर्पको जीवाश्म, वैज्ञानिकले दिए वासुकि नाम

आईआईटी रुड्कीका अन्वेषकहरूले अहिले लोप भइसकेको यो सर्प संसारको सबैभन्दा लामो सर्पमध्ये एक भएको दाबी गरेका छन्।

बैतडीमा ट्र्याक्टरले किच्दा १ जनाको मृत्यु

ट्र्याक्टरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ।

सुनील पौडेलविरुद्ध २३ करोड गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

अख्तियारले सुनीलविरुद्ध २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बिगो कायम गरेर आइतबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।

लेखा परीक्षण नबुझाउने दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ।

गोर्खा भर्तीबारे लेखिएको पुस्तक ‘पानी पतिया’ लोकार्पण

काङमाङ नरेश राईले गोर्खा भर्तीको इतिहास, त्यसले सामाजिक र सांस्कृतिक रूपमा पारेको प्रभाव तथा गोर्खाहरूको आन्दोलनका विषयमा लेखेको पुस्तक ‘पानी पतिया’ बजारमा आएको छ।

कतारका अमिरको भ्रमणमा विपिनको रिहाइको मुद्दा उठाउने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री दाहालले कतारका अमिरको नेपाल भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहलको विषय अजेन्डामा राखिएको बताएका छन्।

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

आइतबार ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर खरिदबिक्री हुँदा दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र लिएको आरोपमा विकल पौडेलविरुद्ध मुद्दा

अख्तियारले विकल पौडेलविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेको हो।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको म्याद सकियो, काम सकिएन

कोभिड–१९ को समयमा निर्माण कार्य स्थगित गर्नुपरेकाले सरकारबाट ६ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए। 

रफाहमा इजरायली आक्रमणबाट ९ बालबालिकासहित १३ जनाको मृत्यु

दक्षिणी गाजा शहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा ९ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ।

मालदिभ्समा आमनिर्वाचन: मुइज्जुको ‘इन्डिया आउट’ अभियानको परीक्षा

यो निर्वाचनलाई राष्ट्रपति मोहम्मद मुइज्जुको चीनतर्फको झुकाव र ‘इन्डिया आउट’ अभियानको परीक्षाका रूपमा हेरिएको छ। 

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था पानको कोशी प्रदेश अध्यक्षमा मेवाहाङ

कोशी प्रदेशका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भेलाले मोरङको रंगेलीस्थित आदर्श माविका प्रधानाध्यापक बिश्वरसिंह मेवाहाङको अध्यक्षतामा पान प्रदेश समिति गठन गरेको छ।

डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा जले ७० भन्दा धेरै घरगोठ

गुल्मीको इस्मा गाउँपालिका–२ मा शनिबार दिउँसो हावाहुरी चलेसँगै डढेलो बस्तीमा पसेको थियो। उक्त वडामा मात्रै २० घर जलेर नष्ट भएका छन्। 

मध्य अफ्रिकी गणतन्त्रमा डुंगा डुब्दा ५८ जनाको मृत्यु

नागरिक सुरक्षा विभागका प्रमुख थोमस जिमासेका अनुसार डुंगामा ३०० भन्दा बढी मानिस सवार थिए। पानीमा बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको बताइएको छ।

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

म्यानचेस्टर सिटीले उपाधिका लागि आइतबार हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्रीबीचको विजेतासँग खेल्नेछ।

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो, कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। लुम्बिनी र कोशीका तराई भूभागमा हावाहुरीको सम्भावना पनि छ।

दक्षिण कोरियाका चिकित्सकले अस्वीकार गरे सरकारको प्रस्ताव

सरकारले आफ्नो योजनाले वृद्ध समाजका लागि चिकित्सकको अभाव कम गर्ने दाबी गरेको छ। तर चिकित्सा व्यवसायी र प्रशिक्षार्थी चिकित्सकले यसले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर घटाउने बताएका छन्।