बैतडी– ट्र्याक्टरले किच्दा बैतडीमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्रपसाद भट्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
डिलासैनी–१ ब्रमबाट सीमातर्फ गइरहेको सुपप्र ०१००२ त ४६८६ नं को ट्र्याक्टरले डिलासैनी–१ को वडा कार्यालयनजिकै वसन्तपुर तुफानडाँडा ब्रम भन्ने स्थानमा आइतबार दिउँसो २ बजे भट्टलाई ट्र्याक्टरले किचेको हो।
ट्र्याक्टरको ढालामा सवार नरेन्द्र एक्कासि खसेका र ट्र्याक्टरको पछाडिको टायरले किचेको थियो। टायरले किचेर नरेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए।
घटनालगत्तै सीमा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय पाटनको प्रहरीको टोली गएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
