AnonymousUser

Logout

अमेरिकाले क्षेप्यास्त्र प्रहार गरी बेलुन खसालिदिएपछि भड्कियो चीन

मौसमसम्बन्धी सूचना संकलन गर्न बेलुन उडाएको चीनको दाबी छ। तर, बेलुनमार्फत चीनले आफ्नो देशमा निगरानी गरिरहेको अमेरिकाले आरोप लगाएको छ।

अदालतको फैसलापछि रास्वपालाई केही असहज भएकै हो : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आफू सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्ने पक्षमा रहेको बताएका छन्।

माघ २७ गतेको संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गतेको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।

साफ यू–२० महिला फुटबल : अमिषाको ह्याट्रिकमा भुटानमाथि नेपालको शानदार जित

आयोजक बंगलादेशसहित भुटान र भारतले सहभागिता जनाएको प्रतियोगिता नेपालले तेस्रो तथा अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ।

व्रतालुको घुइँचो

सकियो माधवनारायण व्रत

स्वस्थानी तथा तथा माधवनारायण व्रत समापन हुँदै छ। आइतबार बिहानै भक्तपुरको हनुमानघाटमा व्रतालुहरूले स्नान गर्दै एक महिना लामो व्रत पूरा गरेका छन्। सो क्रममा व्रतालुहरूले पल्टिँदै हनुमन्ते खोला परिसरको  परिक्रमासमेत गरेका थिए।  साँखु र हनुमानघाटमा बिहानैदेखि व्रतालुको घुइँचो छ।

वर्तमान सरकारका प्रधानमन्त्री ओली नै हुन् भन्ने मेरो निष्कर्ष छ: चित्रबहादुर केसी

सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए।

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, मन्त्रीहरूले आजै राजीनामा बुझाउने

बैठकपछि पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने निर्णय भएको र मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने बताए।

राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी

अर्यालले राष्ट्रियसभाको उपाध्यक्षका रूपमा आफूले तटस्थ भूमिका निर्वाह गर्ने बताउँदै सांसदको क्षमता अभिवृद्धिका लागि आफ्नो प्रयास रहने कार्ययोजना सुनाइन्।

रविको मुद्दामा सर्वोच्चको फैसलामाथि ओलीले संसद्मा उठाए प्रश्न

आइतबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै ओलीले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चको संवैधानिक इजलासले गरेको फैसलामाथि प्रश्न उठाएका छन्।

कांग्रेसका नेताहरूले प्रतिपक्षको भूमिका स्विकार्नै सकेनन्: ओली

एमाले अध्यक्ष ओलीले सत्ताबाहिर कांग्रेस आफ्नो अस्तित्व आफैँ स्वीकार गर्न नसक्ने स्थितिमा रहेको दाबी गरे। 

अमेरिकाले क्षेप्यास्त्र प्रहार गरी बेलुन खसालेपछि भड्कियो चीन

चीनले मौसमसम्बन्धी जानकारी प्राप्त गर्न बेलुन उडाएको दाबी गरेको छ। तर, अमेरिकाले बेलुनमार्फत चीनले आफ्नो देशमा निगरानी गरिरहेको आरोप लगाए छ। 

देउवालाई ओलीले भने– कोही पनि जालन्धर नबनौँ

आइतबार संसद्को विशेष समयमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रका लागि योगदान गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। 

चितवन–२ मा उपनिर्वाचन हुन्छ, अरू कुरा कानुनमा छैन : निर्वाचन आयोग

कांग्रेस नेता उमेश श्रेष्ठले आफूलाई चितवन–२ बाट स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन

सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि परवेज मुशर्रफ पाकिस्तानका दशौँ राष्ट्रपति बनेका थिए। शरीरका अंगले काम गर्न छाडेपछि उनलाई तीन साताअघि अस्पतालमा भर्ना गरिएको थियो।

प्रतितोला २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन आइतबार प्रतितोला एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई सघाउने भएको छ।

प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

जबराको पार्थिव शरीरको आइतबार ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनका ज्वाइँ सुनिलबहादुर थापाले बताए।

सरकारबारे निर्णय गर्न रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

बिहीबार बसेको रास्वपाको बैठकले माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई दिनको समय दिएको थियो। उक्त समय शनिबार सकिएको छ। 

लिभरपुल र आर्सनल पराजित, म्यानचेस्टर युनाइटेड विजयी

यस सिजन खराब लयमा रहेको लिभरपुलले वल्भ्ससँग ३–० को लज्जास्पद हार बेहोरेको छ।

तराईमा बिहानैदेखि हुस्सु, प्रदेश १ मा हिमपातको सम्भावना

हिमपात र हुस्सुका कारण जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।