AnonymousUser

Logout

बसुन्धारामा रास्वपा केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ।

सहमति नभए बहुमतबाटै प्रदेशको नामकरण हुन्छ : मुख्यमन्त्री कार्की

प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमति नभए बहुमतबाट प्रदेशको नामकरण हुने बताएका छन्।

रास्वपासँग कुरा हुँदै छ, समस्या समाधान हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय माग गरिरहेको रास्वपासँग छलफल गरेर समस्या समाधान गर्ने बताएका छन्।

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्छौं: माओवादी केन्द्र

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने, सहमति हुन नसके विचार मिल्ने पार्टीसँग मिलेर अघि बढ्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री रावलले यही माघ २७ गतेभित्र विश्वासको मत लिनुपर्ने छ। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने धारणा सार्वजनिक गरेपछि सरकारको स्थायित्वबारे अन्योल भएको छ।

सरकारमा बसेकाहरूबाटै संविधान र व्यवस्थामाथि खतरा छ : माधव नेपाल 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई 'वाम–दक्षिणपन्थी खिचडी गठबन्धन'को संज्ञा दिएका छन्।

अमेरिका चीनसँग युद्धको तयारी गरिरहेको छ? 

सन् २०२४ मा ताइवान र अमेरिकामा हुने चुनाव चीनका लागि युद्धको कारण र अवसर दुवै बन्नेछ। सन् २०२५ भित्रै चीनले ताइवानमा आक्रमण गर्ने र चीन–अमेरिका युद्धको शुरूआत हुने अमेरिकी अधिकारीहरूकाे दाबी छ।

प्रधानमन्त्री दाहाल भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा 

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपतिको निर्वाचनसहित समसामयिक विषयमा छलफल भएको छ।

'डोल्पाका सम्पदा संरक्षणमा स्थानीयसँग सहकार्य आवश्यक'

सम्पदाका मूल हकदार स्थानीयवासी भए पनि सांस्कृतिक वस्तुको चोरी पैठारीमा नियन्त्रण र रोक्ने जिम्मेवारी सबैको हो, किनकि सम्पदा सबैको साझा हुन्।

यू–२० महिला साफ च्याम्पियनसिप : नेपाल पहिलो  खेलमै पराजित

दोस्रो खेलमा नेपालले आइतबार भुटानको सामना गर्नेछ। 

आजको मौसम : प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

हिमपात, हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्यान्ड कन्सर्ट’ हुने

कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुति दिने भएका छन्।

सांसदको गिरफ्तारी सरकारलाई समर्थन गराउने षड्यन्त्र : नागरिक उन्मुक्ति

राजनीतिक सहमतिबाट समाधान भइसकेको मुद्दामा सांसद चौधरीलाई पक्राउ गरी सुदूरपश्चिम सरकारलाई विश्वासको मतका लागि दबाब दिन खोजिएको नागरिक उन्मुक्ति पार्टीको बुझाइ छ।

मलेसियामा रहेका नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री दाहालले नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेको बताएका छन्।

बैंक अकाउन्ट ह्याक गर्ने ८ जना पक्राउ

मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

इथियोपिया लैजाँदै गरिएका १२ नेपाली महिलालाई भारतको जयपुर विमानस्थलबाट फर्काइयो

उनीहरूलाई नेपालबाट भारत पुर्‍याउन जोगबनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगायतका नाका प्रयोग गरिएको ब्युरोका प्रवक्ता प्रहरी निरीक्षक दानबहादुर मल्लले बताए।

एन्फा महासचिव राईको स्वीकारोक्ति : फुटबल संस्कृतिको विकास गर्न सकेनौँ

एन्फा महासचिव राईले फुटबल संस्कृतिको विकास गर्न नसकिएकै कारण प्रतियोगिता सञ्चालन गर्न आर्थिक समस्या झेलिरहनु परेको बताएका छन्।

निर्वाचन खर्च ७ अर्ब, बाँकी रकम फिर्ता गर्ने तयारीमा छौँ : आयोग

प्रमुख निर्वाचन आयुक्त थपलियाले समानुपातिक प्रणालीतर्फको निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम भएकालाई भोट हाल्न पाउने सुनिश्चितता गर्न कानून निर्माण गरिरहेको बताए।

वन्यजन्तुको चोरीसिकारीमा प्रदेशका दुई सांसदकै संलग्नता पुष्टि, ४९ जना दोषी ठहर

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले दुई सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४९ जनालाई वन्यजन्तुको चोरीसिकारीमा दोषी ठहर गरेको छ। चोरीसिकारीमा एक सांसदको बन्दुक र अर्का सांसदको घर प्रयोग भएको थियो।

यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिपको प्रारम्भिक टोलीमा २८ खेलाडी

प्रतियोगिताका लागि एन्फाले सातदोबाटोस्थित मुख्य कार्यालयको मैदानमा खुला छनोटमार्फत खेलाडी छनोट गरेको थियो।