AnonymousUser

Logout

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष उर्मिला अर्याललाई शपथ गराएका छन्।

काठमाडौँ महानगर र प्राधिकरणबीच आधुनिक सडकबत्ती जडान गर्ने सम्झौता 

रातको समयमा यातायात तथा मानवीय आवागमनमा सहजता तथा शान्ति सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको महानगरले जनाएको छ। 

विश्वमा जुम्ल्याहा बच्चा जन्मिने क्रम किन बढिरहेको छ?

सन् १९८० को दशकमा प्रत्येक एक हजार डेलिभरीमा नौदेखि १२ जोडी जुम्ल्याहा हुने गरेका थिए। तर नयाँ तथ्यांक अनुसार विश्वमा हरेक वर्ष १० लाख ६० हजार जोडी जुम्ल्याहा जन्मिने गरेका छन्।

जुम्लामा आगलागीबाट बालिकाको मृत्यु

चन्दननाथ नगरपालिका–१ स्थित स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागीमा उनकी १४ वर्षकी छोरी बन्दनाको मृत्यु भएको छ।  

काठमाडौँ

प्रहरी बिटमा काठमाडौँ महानगरले चलायो डोजर

काठमाडौँ महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। मंगलबार महानगर प्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट  भत्काएको हो। महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामान सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको हो। मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो। सो क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ।

टर्की र सिरिया भूकम्प : ज्यान गुमाउनेको संख्या ४३ सय नाघ्यो

भूकम्पमा परेर मंगलबार बिहानसम्म टर्कीमा दुई हजार ९२१ र सिरियामा एक हजार ४४४ जनाले ज्यान गुमाएको पुष्टी भएको द गार्जियनले जनाएको छ।

निगमले बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य 

मूल्यवृद्धि भएपछि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेल १७५ रुपैयाँ पुगेको छ। 

प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

तराईमा हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

टर्की र सिरियाको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ सय नाघ्यो

भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले खोजी तथा उद्धारमा कठिनाइ भएको बताइएको छ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले बढाएको छ।

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

उच्च अदालत पोखराले पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

बलात्कार अभियोग लागेका मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा सात वर्ष कैद सजाय

न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति र पीडित राहत कोषमा १३ सय रुपैयाँ जम्मा गर्न आदेश दिएको छ।

६ महिनामा विदेशी मुद्रा सञ्चिति १ खर्ब २१ अर्बले बढ्यो

गत असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको विदेशी मुद्राको सञ्चिति पुससम्म १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

टर्कीको भूकम्पमा नेपाली परेको जानकारी प्राप्त भएको छैन : गैरआवासीय नेपाली संघ

भूकम्पको केन्द्रबिन्दु टर्कीको दक्षिण–पूर्वी क्षेत्र गाजियान्टेपमा थोरै संख्यामा नेपाली रहेको र त्यहाँबाट कुनै पनि नेपालीको मानवीय क्षतिको विवरण नआएको गैरआवासीय नेपाली संघले जनाएको छ।

अध्यादेश ल्याउनकै लागि संसद् अधिवेशन अन्त्य गर्न हुँदैन : सुवास नेम्वाङ

एमाले उपाध्यक्ष नेम्वाङले संसद्लाई बन्द गरेर अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने बताएका छन्।

मोन्टी प्रशिक्षक नियुक्त भएपछि क्यान अध्यक्षको प्रतिक्रिया– ‘यसपालि टुरिस्ट कोच ल्याएका छैनौँ’

मोन्टी देसाईको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक श्रृंखला खेल्ने छ।

टर्की र सिरियाको भूकम्पमा मृत्यु हुनेको संख्या १२ सय नाघ्यो, हजारौँ घाइते

भूकम्पले भत्किएका संरचना र भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी र उद्धार कार्य जारी छ।

श्रम र शिक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालसँगै

राष्ट्रपति भण्डारीले रास्वपाका मन्त्रीको राजीनामा पछि उनीहरूले सम्हालेको मन्त्रालयको कार्यभार
प्रधानमन्त्री दाहाललाई नै तोकेकी छन्।

नेप्से सामान्य अंकले बढ्यो, १ अर्ब ४७ करोडको कारोबार

कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ।

हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी

प्रमुख सचेतकहरूसँग छलफलमा प्रधानमन्त्री दाहालले हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र योबीचमा करिब २० वटा विधेयक संसद्बाट पास गर्ने प्रतिबद्धता जनाएका छन्।