चेतनाको अभावमा महिलाले रोग पालेको डा. कविता साहले बताइन्। अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाउने गरेको पाइएको उनको भनाइ छ।
चालु आर्थिक वर्षको आठ महिनामा वार्षिक लक्ष्यको आधा जति पनि राजस्व उठ्न नसकेको अवस्थामा बाँकी चार महिनाको अवधिमा उठ्ने राजस्वले कसरी वार्षिक लक्ष्य प्राप्ति हुन्छ भन्ने प्रश्न उठेको छ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला कतिपय प्रस्ताव संविधानमा रहेका तीन तहका सरकारका कार्यक्षेत्रसँग बाझिने किसिमका भएकाले पनि समितिले यति धेरै संशोधनलाई छिट्टै पार लगाउन कठिन हुने बताउँछन्।
जनचेतनाको अभावका कारण पानी ‘फिल्टर’ नगर्ने, शुद्धीकरण नगरी पिउनेलगायत कारणले जनस्वास्थ्यमा गम्भीर असर पुगेको चिकित्सकले बताउँदै आएका छन्।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले म्याग्दीको राहुघाटबाट मुस्ताङको घाँसा खण्डमा १४ वटा पहिरोले करिब पाँच किलोमिटर सडक जोखिममा रहेको जानकारी दिए।
उपत्यकावासीलाई सतहमुनिको पानीले सहजता दिलाएको छ। तर सतहमुनिको पानी पनि सुक्दै गइरहेको छ। यसले जमिनसमेत भासिने खतरा बढाएको छ।
सुपारी बिक्री तथा बजारीकरणमा समस्या नभएको किसानले बताएका छन्। व्यापारीले बगानमा नै आएर प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्ममा खरिद गरेर लैजाने गरेका छन्।
बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
ठमेल र दरबारमार्गजस्ता पर्यटकीय क्षेत्र चुस्त हुँदै २४ घण्टा सञ्चालन हुन सके सरकारको पर्यटक बढाउने लक्ष्य पूरा हुनसक्ने व्यवसायीको धारणा छ।
प्रहरीका अनुसार घरको भान्सा, परालको कुन्यू र चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन्। बालबालिकाले सलाई र लाइटरजस्ता आगो निस्कने वस्तु खेलाउँदा कतिपय आगलागी भएका छन्।
परम्पराअनुसार एक रातमा एक घरमा मात्रै होली खेल्ने गरिन्छ। पूर्णिमाको दिन होली दहनपछि आठ दिन मृत होली मनाउने चलन छ।
सगरमाथा क्षेत्रको पर्यटनमा भरियाको ठूलो भूमिका छ। पर्यटक खुम्बु क्षेत्रमा रहँदासम्म हरपल साथमै रहन्छन्। भरियाको सहयोगमा नै पर्यटकले सगरमाथा क्षेत्र छिचोल्न सक्छन्।
विश्वमा क्यान्सरको सूचीमा मुखको क्यान्सर १३औँ नम्बरमा पर्छ, यसमा ओठको क्यान्सर बढी हुने गरेको छ। बढ्दो सहरीकरण र जीवनयापनमा आएको परिवर्तनसँगै मुखका रोग पनि बढिरहेका छन्।
“पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक घुमाउरो र ओरालो छ। अलिक सुस्त चलाउनु भनेर आग्रह गर्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए। घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो।”
घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको डीएसपी मदन केसीले जानकारी दिए।
उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।
नेपालमा रहेको परिवारको संख्या ६६ लाख ६० हजार ८४९ मध्ये १३.४ प्रतिशत परिवारको कम्तीमा १ सदस्य देशभित्रै अन्य कुनै ठाउँमा छ भने २३.४ प्रतिशत परिवारबाट कम्तीमा १ सदस्य विदेशमा बसोबास गरिरहेको देखिएको छ।
योजनाअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघि नै निर्माण भइसक्थ्यो तर काम गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन।
‘पछिल्लो तीन महिनादेखि तलब पाइएन। खाना नपाएर साह्रै गाह्रो भयो। रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे,’ उनी भन्छन्, ‘त्यसपछि भागेर आएँ।’
तुलसीरामले चित्र बनाउनका लागि कुनै तालिम भने लिएका छैनन्। विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको उनले बताए।