शिशुहरूको पहिलो जिम्मेवारी रेश्माकै काँधमा भए पनि एकै उमेरका शिशु धेरै भएकाले उनलाई अरू तीन सहकर्मीले सघाउँछन्।
नासो गाउँपालिका–१ तालगाउँका ११ जना महिलाले समूह बनाएर १० रोपनी जग्गा भाडामा लिएर आलुखेती गर्न थालेका छन्।
जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्गृहमा बाढीपहिरोले क्षति गरेको छ। पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प छ।
विकट र छरिएका बस्तीको कारण रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेलाई ‘म्याग्दीको कर्णाली’को उपमा दिने गरिन्छ। गाउँबाट सदरमुकाम बेनी पुग्न एकतर्फी एक हजार २०० रुपैयाँ भाडा लाग्छ।
बागलुङ नगरपालिकाले बांगेचौर खेल मैदानलाई आधारभूत रंगशाला बनाउने गरी समपूरक योजनामा समावेश गरेको चार वर्ष भएको छ। लगातार बजेट आउँदासमेत बजेट कार्यान्वयन हुन नसकेको स्थानीय बताउँछन्।
कञ्चनजंघा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो। बिस्तारै पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन्।
फुङ्लिङ–१० फावाखोलाको गोपाल विष्टको भेडीगोठ बस्तीमाथिको साम्लिङ खर्कमा उक्लेको छ। अब वैशाखे हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आधार शिविरसम्म पुग्नेछन्।
अर्थशास्त्रमा स्नातकोत्तर गरी १० वर्ष शिक्षण पेसामा बिताएका याम कार्की गाउँ फर्केर बाख्रापालन गरिरहेका छन्। व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ।
सडक छेउमा दुवैतर्फ नाली निर्माण गर्न २० वटा घरटहरा र गोठको क्षतिपूर्तिका लागि दुई वर्षअघि सिफारिस गरिएको थियो।
पक्की पुल नहुँदा वर्षात्मा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सास्ती हुने गरेको स्थानीय घनश्याम साउदले बताए।
आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको छ। यसले सडक बन्द नभए पनि माथिल्लो मनाङ आवतजावतमा समस्या भएको छ।
कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार ५२७ को संख्यामा चरा फेला परेको छ। गत वर्ष ५६ प्रजातिका सात हजार ५७३ चरा रहेका थिए।
निजामती कर्मचारीले कम्पनी स्थापना या सञ्चालन, व्यापार–व्यवसाय गर्न, परामर्शदाता, सल्लाहकार, विशेषज्ञ या कुनै हैसियतले सेवा प्रदान गर्ने कार्यमा आबद्ध हुन पाउने व्यवस्था पनि विधेयकमा समेटिएको छ।
धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंगापुरलगायत देशमा पुग्ने गरेका छन्। त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौँ रुपैयाँ नेपाल भित्र्याइ रहेका छन्।
ठक्कर दिएपछि जिप सडक छेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेका प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा नेपालगन्ज, सुर्खेतबाट व्यापारिक तथा अन्य निर्माण सामग्री बोकेर आएका मालवाहक सवारीसाधन बुलबुलेमा रोकिएका छन्।
उनको नेतृत्वमा सायकोटका अन्य स्थानीयको जग्गामा रहेका झाडी तथा रूख हटाउने कार्यले तीव्रता पाएको छ। अहिले सायकोट क्षेत्रको ५०० रोपनी भन्दा बढी खेतीयोग्य जग्गामा रहेका झाडी हटाउने काम भइरहेको हो।
चराको नयाँ प्रजातिमा यस वर्ष ताल क्षेत्रमा लाल टाउके गरुड देखापरेको छ। चराको अनुसन्धान गर्नेका लागि यो तालको विशेष महत्त्व छ। ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ।
टिम्स कार्ड कार्यान्वयनमा आए पनि थुप्रै पर्यटक गाइडबिना पदयात्रामा निस्किँदा हराउने तथा ज्यान गुमाउने गरेको पाइएको छ।
तीन दशकभन्दा लामो समयपछि पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाएका छन्। किसान आर्थिक रूपले सबल र आत्मनिर्भर मात्रै होइन मेहनती र उद्यमशील पनि बनेका छन्।