परम्परागत बाली गाउँको पाखो बारीमा पनि उत्पादन हुने गर्थे। तर पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढाकिएका छन्। खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ।
राष्ट्रियसभाको नयाँ नियमावलीमा गरिएको व्यवस्थाअनुसार प्रादेशिक समस्या, विकास निर्माणको अवस्थालगायतका विषयमा छलफल गर्न ‘प्रादेशिक सरोकार समय’ शुरू भएको हो।
अग्ला पहाड र खोँच छिचोल्दै सडक गाउँ पुगेको छ। भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा बिस्तारै विकासले गति लिन थालेको छ।
धरानबाट भोजपुर घोरेटार जाँदै गरेको जीप दुर्घटना हुँदा घटनास्थलमै सात र एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
एमालेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न आग्रह गरेका छ।
धरानबाट घोरेटार आउँदै गरेको जिप उदयपुरको बेलका नगरपालिका– ७ मा भिरबाट खस्दा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
भेडाबाख्राको ऊन खेर जान नदिन र ऊनबाट कपडा बुन्ने पेसा हराएर जान नदिन युवाको अग्रसरतामा परम्परागत पोसाक बनाउन र लगाउन थालिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत उक्त उद्धार भएको हो।
पहिलोपटक जारी कञ्चनपुर पर्यटन महोत्सवभित्र थारु गाउँ सञ्चालन गरेका कुश्मीलगायत थारु समुदायले हिउँदको समयमा मात्रै यस वर्ष १० महोत्सवमा प्रदर्शनी कक्ष राख्ने योजना बनाएका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले हत्या गरेको भनेर स्वीकार गरेको प्रहरीले जनाएको छ।
ढाका उद्योगबाट विद्यालय पोसाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन हुने गरेको छ। उत्पादित सामग्री गाउँमै खपत भइरहेको छ।
आगलागीबाट कर्णाली पुलको पूर्वपट्टी रहेका १४ वटा लट्ठामा क्षति पुगेको छ। लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीले आगलागीबाट पर्यटकीय पुलमा क्षति भएको बताए।
मेलाले स्थानीयस्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याउने गरेको छ।
सुन्तलाको फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको छ। बाँकी बोटमा पनि यस वर्ष अन्य समयको जस्तो सुन्तला नफलेको किसान बताउँछन्।
नेपाल र भारतका श्रद्धालु भक्तजनको सहभागीता हुने सो परिक्रमाअन्तर्गत विभिन्न १५ स्थानमा विश्राम गरी १३३ किलोमिटर पैदलयात्रा गरिन्छ।
माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन्। बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिक रूपमा च्याउखेती गरेका छन्।
म्याग्दीको कुहूँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरै कुरा बाहिर आउन नसकेको अध्यक्ष एकजित रोकाको भनाइ छ।
आफ्ना उत्पादनले बजार नपाउँदा आफैँले बोकेर ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता आएको समूहकी अध्यक्ष टीकादेवी बुढा घर्तीले बताइन्।
हरेक हप्ता बिहान ८ देखि ९ बजेसम्म सञ्चालन हुँदै आएको सरसफाइ कार्यक्रमअन्तर्गत शनिबार सामाखुशी संगमटोलदेखि पवित्रनगर चोकसम्म सरसफाइ गरिएको छ।
१७ परिवारको बसोबास रहेको आनन्द बगरमा सयौँ रोपनी खेतीयोग्य जमिन कटानको जोखिममा छ। निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाइभर्सन गरेर अस्थायी रूपमा पर्वतको लामाखेत तर्फबाट बगाइएको छ।