तीन दशकभन्दा लामो समयपछि पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाएका छन्। किसान आर्थिक रूपले सबल र आत्मनिर्भर मात्रै होइन मेहनती र उद्यमशील पनि बनेका छन्।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामी कुनै पनि खाद्य पदार्थ खानयोग्य छ/छैन भनेर उपभोक्ताले खानुअघि ‘लेबल’ हेर्नुपर्ने बताउँछन्।
टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन्।
सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएका विविध विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
कार्यक्रममा इजिप्टका बालबालिकाका आँखामा नेपालको तस्वीर नामक चित्रकला प्रतियोगितामा छनोट भएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो।
आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्री दाहालको भनाइ छ।
जनशक्ति अभाव भएर बाजा बजाउने प्रचलन लोप हुन थालेपछि आमा समूहले संरक्षणका लागि अभियान थालेको देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताइन्।
गण्डकीमा लाखौँ रुपैयाँ खर्चेर डीपीआर बनाइए पनि निर्माण शुरू नभई खेल पूर्वाधार अलपत्र परेका छन्। तर कहिले धुलाम्मे त कहिले हिलाम्मे मैदानमा खेल प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता छ।
तुम्लिङसहित नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरी इलामको लेकाली क्षेत्र नेपाल भारत–सीमामा पर्ने पर्यटकीयस्थल हुन्। यहाँ नेपालसहित भारत, भुटान, बंगलादेशलगायत देशबाट पर्यटक आउने गरेका छन्।
विद्यालय भवन आकर्षक बने पनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून हुँदै जाँदा ती संरचनाको उपयोग कम हुन थालेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
हिउँदमा महाकालीमा ढुंगा, गिट्टी र बालुवा छानेर छाक टार्दै आएका सोनाहा जाति वर्षामा ज्याला मजदुरी गर्छन्। स्थानीय सरकार बनेपछि पनि आफ्नो समुदायलाई उपेक्षा गरिएको उनीहरूको गुनासो छ।
नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लागेका लालबहादुर पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाको संरक्षणमा जुटेका छन्।
पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा विद्यालय नै बन्द भएपछि बालबालिकालाई पढाउन अभिभावक भारत गएर बस्न बाध्य छन्।
घाँस र दानको मूल्य बढ्दै जाने तर दूधको मूल्य घट्दै जाने भएपछि यो पेसाप्रति आफ्नो आकर्षण घटेको मन्थलीकी गाई फार्म सञ्चालिका जानुका खड्का बताउँछिन्।
नदी क्षेत्रमा घुम्ने, बस्ने र रमाउनका लागि आन्तरिक व्यवस्थापन गर्न नसक्दा पर्यटक भित्र्याउन नसकिएको स्थानीयले बताएका छन्।
मगर एकता दिवसका अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले मंगलबार सार्वजनिक बिदा दिएका छन्।
अनुगमनका क्रममा अत्यावश्यक औषधि फार्मेसीमा नभएको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको छ।
भारतीय चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ।
करिब ७२ बिगाह जमिन रहेको राधापुरमा जनावर धपाउन बास बस्नका लागि बनाइएका मचान खेतभर छन्।
भौगोलिक कठिनाइ, मौसमी बसाइँसराइ, खोप नलगाउने राउटे समुदाय लगायतका कारण पूर्ण खोपका लागि कर्णालीमा चुनौती खेप्नु परेको स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए।