AnonymousUser

Logout

मौसमले बढाएको छ सवारी दुर्घटनाको ग्राफ

हिउँदमा हुस्सु र कुहिरो पनि सवारी दुर्घटनाको कारण बनिरहेको छ। वर्षायाममा बाढी, पहिरोका कारण ठूला दुर्घटना भएका छन्। गत असोजमा पहिरोले बससमेत बगायो। के मौसमका कारण हुने दुर्घटना घटाउन सकिन्छ?

सरकारको नियतः संसद् अधिवेशन अन्त्य गर्न हतार, बोलाउन अलमल

संसद् अधिवेशन सञ्चालन र अन्त्य गर्न सरकार निर्णायक हुन्छ। तर समयमा संसद् नबोलाउने र अध्यादेश जारी गरेर तत्काल कानून लागू गर्ने परिपाटी विगतका सरकारदेखि नै छ।

बेलायतको राजनीतिमा एलोन मस्कको चर्चा

बेलायतमा यौन दुर्व्यवहार र बलात्कारका ठूला काण्डमध्येका यी श्रृंखलाबद्ध घटनालाई सामसुम पार्ने प्रयास भएको थियो। तर मस्कले संकेत गरेजस्तो यो मुद्दा विगतमा नउठेको होइन।

‘पुष्पा’ले ‘फ्ल्यासब्याक’मा पुर्‍याएको रक्तचन्दन तस्करी

रक्तचन्दन कारोबारमा खास लगानीकर्ता चिनियाँहरू नै थिए, सुन तस्करीमा भारतीय भएजस्तै। कारोबारीजस्ता देखिने नेपाली व्यवसायी धेरैजसो ओसारपसार गरिदिने ‘क्यारिअर’ मात्रै थिए।

सुरक्षा मापदण्डबिनाका सडकः मृत्युसँग जुधेर यात्रा

नेपालमा सडक विस्तार तीव्र गतिमा बढेको छ। अहिले देशभर सडकको कुल लम्बाइ ३४ हजार ३४७ किलोमिटर पुगेको छ, तर दुर्घटनाको तथ्यांक हेर्दा यी सडकलाई सुरक्षित बनाउन बाँकी नै छ।

कार्टर फेरि नेपाल आउन चाहन्थे

शान्ति प्रक्रियामा नेपालका सहयोगी कार्टरले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई तथा प्रधानसेनापति रूक्माङ्गत कट्‍वाललाई भेटेका थिए।

नश्लीय आक्रमणको लज्जाजनक घटनाः ऋतिक रोशन काण्ड

वर्षा बाँचिरहेको भए आज (पुस १४ गते) ३७औँ जन्मदिन मनाइरहेकी हुन्थिन्। तर एउटा ‘फेक’ खबर फैलिँदा मुलुक अशान्त भयो र वर्षासहित पाँच जनाले ज्यान गुमाए। एक हजारभन्दा बढी घाइते भए।

गाडीचालकका अनेक लापर्बाहीः कोही निदाउने, कोही तीव्र गतिमा हुइँक्याउने

चालकका सामान्य गल्तीले पनि गम्भीर दुर्घटना भएका धेरै उदाहरण छन्। लामो दूरीमा एक जना मात्र चालक हुँदा, यात्रु र चालकबीच झगडा हुँदा तथा जथाभावी ढोका खोल्दा पनि दुर्घटना भएका छन्।

सोरोसलाई शैतान ठान्ने भारतीय सत्ता

जर्ज सोरोसको ओपन सोसाइटी फाउन्डेसनले नेपाल र भारतसहित १२० भन्दा धेरै देशमा परोपकारी काम गर्दै आएको छ। यस्तो सहयोगलाई भारतमा भने भाजपाले कांग्रेस नेता राहुल गान्धीसँग जोडेर ‘फायरिङ’ गरिरहेको छ।

मोटरसाइकलको भयावह यात्राः दुर्घटना निम्त्याउने प्रमुख सवारीसाधन

सवारी दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलका कारणले हुन्छ। ट्राफिक नियम मिचेकोमा सबैभन्दा धेरै कारबाहीमा पर्ने पनि मोटरसाइकल चालक नै छन्।

सडक सुरक्षाको सिंगापुर मोडलः नेपालले सिक्न सक्छ पाठ

सिंगापुरमा सन् २०१४ मा १५० वटा दुर्घटना भएका थिए। २०२३ सम्ममा त्यो संख्या घटेर १३१ मा झरेको छ। पछिल्लो १० वर्षमा सबैभन्दा बढी दुर्घटना भएको पनि २०२३ साल हो।

सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक

कतिपय देशमा विद्यालय तहदेखि सडक सुरक्षा शिक्षा दिइन्छ भने कतै यस्तो शिक्षा दिन ‘ट्राफिक पार्क’ बनाइएको छ। तर नेपालमा ट्राफिक प्रहरीकै जिम्मामा छाडिएको सडक सुरक्षा शिक्षा औपचारिकतामा सीमित छ।

गाडी दुर्घटनाको त्रासदीः १० वर्षमा २४ हजारको ज्यान गयो, छानबिन न नियमन

काठमाडौँ उपत्यका बढी सवारी दुर्घटना हुने क्षेत्र हो। दुर्गममा हुने दुर्घटना पनि कहालीलाग्दा छन्। तर अटेरी चालक, सचेत नहुने नागरिक, समस्याग्रस्त सडक र नियमन नगर्ने सरकारका कारण त्रासदी झन् बढ्दो छ।

अमेरिकी राष्ट्रपति निर्वाचन: यसरी विभाजित छन् नेपाली आप्रवासी

ट्रम्प र ह्यारिस दुवैलाई रुचाउने नेपाली आप्रवासीहरूको खास चासो भने आर्थिक मुद्दा र आप्रवासीहरूको हितमा कसले ज्यादा काम गर्छ भन्नेमा जोडिएको छ।

आप्रवासीको रोजाई ह्यारिस कि ट्रम्प?

रिपब्लिकन राष्ट्रपति जर्ज डब्लू बुसले सन् २००६ मा भुटानी शरणार्थीलाई अमेरिकामा पुनर्वास गराउने निर्णय गर्नु पनि शरणार्थीले रिपब्लिकन मन पराउनुको कारण हो।

परोपकार, नैतिक मूल्य–मान्यतासहितको व्यापारिक घराना

धनमा अम्बानी/अडानी अनेकन घरानाले उछिने पनि टाटाले जस्तो इज्जत, मान–सम्मान अरुले पाउन करिब असम्भवै छ। परोपकारी काम र ‘इथिकल’ व्यापारले टाटालाई आमव्यापारीभन्दा फरक कोटीमा राख्छ।

संसद्को अर्काइभः अब ढड्डा पल्टाउने हैन, ‘स्क्रोल’ गर्ने

२०१६ सालमा संसदीय व्यवस्था शुरू भएयता सांसदहरूले संसद्‍मा बोलेको कुरा कागजमा उतारेर राख्दा मोटामोटा ढड्डा बनेका छन्, अब यी ढड्डालाई ‘स्क्रिन’मा ‘स्क्रोल’ गर्न सकिने बनाइँदैछ।

नेतृत्वको ‘भक्तिगान’मा लीन सांसद

संसद् बैठकदेखि सार्वजनिक कार्यक्रमसम्म खासगरी माओवादी, एमाले र रास्वपाका सांसद आफ्नो नेतृत्वको भक्तिगानमा लागेको सुनिन्छ। संसद्को विशेष समयमा समेत नेतृत्वको अस्वाभाविक प्रशंसा गरिरहेका हुन्छन्।

अमेरिकी राष्ट्रपति निर्वाचनमा ‘सेलब्रिटी’को भूमिकाः जोल्सनले देखाएको बाटोमा स्विफ्ट

आगामी निर्वाचनमा कमला ह्यारिसलाई सघाउने गायिका टेलर स्विफ्टको घोषणा राष्ट्रपतिका प्रत्यासीहरूको बहस जत्तिकै चर्चित भयो। अमेरिकामा सेलब्रिटीले राष्ट्रपतिको उम्मेदवारलाई सहयोग गर्ने यो अभ्यास पुरानै हो।

लेखाजोखामा सार्वजनिक लेखा समिति

लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने भन्दै मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीले लिने अडान संसदीय भूमिकापिच्छे बदलिँदै आएकाले तीनै पार्टीले यसमा नैतिक धरातल गुमाएका छन्।