AnonymousUser

Logout

‘माननीयज्यूहरू! अब सभाको कारबाही प्रारम्भ हुन्छ...’

संसद्‍मा अहिले डिजिटल हाजिरी छ तर बैठक चल्दाचल्दै टाप कस्ने सांसदको कमी छैन। आफूले बोल्ने दिन पनि पालो सकिएपछि अरूको भनाइ सुन्ने धीरता सांसदहरूसँग छैन, बैठक अन्तिमतिर पुग्दा हल रित्तो भइसक्छ।

‘ट्रम्प–हेरोइन’ले लट्ठिएका उपराष्ट्रपतिका उम्मेदवार जेडी भ्यान्स

यहाँ राजतन्त्रवादी व्यक्ति कुनै बेला गणतन्त्रवादी भइदिन सक्छ। धर्मनिरपेक्षताको गीत गाउँदागाउँदै कोही हिन्दूवादी या अर्को धर्मको सर्वोच्चताको वकालत गरिदिन सक्छ।

संसद‍्मा बज्ने ताली : कहिले अर्थ, कहिले व्यर्थ

संसद‍्मा सांसदहरूले बाध्यताले पनि ताली ठोक्नुपर्ने अवस्था छ। जस्तो कि नीति तथा कार्यक्रम वा बजेट पारित हुँदा सत्तापक्षका सांसदले मन नपरे पनि ताली बजाउँछन्, विपक्षी सांसद मौन बस्छन्।

लेस्टर सिटीकी ‘डिफेन्डर’ अस्मिता आले

२२ वर्षीया अस्मिताको सपना छ– बेलायतको राष्ट्रिय टोलीबाट खेल्ने र देशका लागि ‘कप’ जित्ने। बिदा मिलाएर उनी छिट्टै नेपाल आउन चाहन्छिन्।

गोली लागेका रेगन, गोली लागेका ट्रम्प

रेगनको रंगभेदी अडियो सार्वजनिक भएपछि रेगनकी छोरी पट्टी डेभिसले वासिङ्टन पोस्टका लागि लेख लेखेकी थिइन्, “तपाईंहरूले मेरो बुवालाई क्षमा गरिदिनुहुन्छ भन्ने आशा छ। उहाँले एकदम गलत बोल्नुभयो।”

सहकारीको रकम अपचलन छानबिन समिति: २ महिनापछि आरोपीसँग सोधपुछ गर्ने तयारी

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन भएको दुई महिनापछि बल्ल सहकारी सञ्चालकसहितका आरोपीहरूलाई छलफलमा बोलाउने तयारी गरिएको छ। समितिको समयसीमा तीन महिना छ।

संसद् किन भएन प्रभावकारी?

चित्रबहादुर केसीले जेठ २१ गतेको संसद् बैठकमा औचित्यहीन छलफलले वाक्क लागेर आफू निदाएको बताएका थिए। संसद्को प्रभावकारिताबारे उपसभामुख र पूर्वसभामुखहरूले पनि प्रश्न उठाइरहेका छन्। केमा अलमलिएको छ संसद्?

जब आफ्नै सांसदले सरकारको नीति तथा कार्यक्रम असफल बनाए

नेपाली कांग्रेसले २०४८ सालको निर्वाचनमा बहुमत ल्याएपछि तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए। तर आफ्नै सांसदको असहयोगले २०५१ असार २६ गते उनी राजीनामा दिन बाध्य भए।

‘बेलायतमा सानो छँदा साथी बनाउन पनि डर लाग्थ्यो’

आफू बेलायती आर्मी हुँ भनेर चिनायो भने मारिने सम्भावना हुन्थ्यो। त्यसैले उनले आफ्नाबारे थुप्रै झूटा कथाहरू बनाइन्। आफ्नो परिचय दिँदा धेरै ठाउँमा आफूलाई डेन्टलको विद्यार्थी भनेर चिनाइन्।

वाङले देखेको हिमाल

‘कुनै घरमा मान्छे बसेन वा आगो बलेन भने भँगेरा बस्दैन’ भनेर बुढापाकाले भनेको वाङ लामाले कयौँ पटक सुनेका थिए। गाउँ रित्तिदै जान थालेपछि भँगेरा पनि बसाइँ सरेका हुन् कि!

भरतपुरमा जब मध्यरातमा मतपत्र च्यातियो

​​​​​​​मतपत्र च्यात्ने बेलासम्म १९ नम्बर वडाको एक हजार ८०० मत गनिएको थियो। त्यतिबेला दाहालभन्दा ज्ञवाली ७३३ मतले अगडि थिए। ज्ञवालीले ४१ हजार ६४१ र दाहालले ४० हजार ९०८ मत ल्याएका थिए।

प्रतिनिधिसभाका १६ महिना : कानून बनाउन उदासीन, विवाद र अवरोधले अलमल

गत वर्ष साउनमा तत्कालीन प्रमुख प्रतिपक्ष एमालेले एक महिना सदन अवरोध गर्‍यो। अहिले प्रतिपक्षमा पुगेको कांग्रेस सदन अवरोध गरिरहेको छ। समितिहरू पनि सक्रिय नहुँदा कानून बनाउने मूल काममै संसद् अलमलिएको छ।

प्रतिनिधिसभाले राष्ट्रियसभाबाट नसिकेको एउटा पाठ

प्रतिनिधिसभामा आएका कैयौँ प्रस्ताव छलफलमा जाँदैनन्। राष्ट्रियसभाको अवस्था त्योभन्दा बिल्कुल फरक छ। त्यहाँ हरेकजसो प्रस्तावमाथि छलफल हुन्छ।

संसद्‍मा स्रोत संकुचनको परिणाम : जसलाई निगरानी गर्ने हो उसैको पैसामा अनुगमन

सरकारले पर्याप्त बजेट नदिँदा संसद् सचिवालयले समिति र यसका पदाधिकारीलाई कानून बमोजिम सुविधासमेत दिन सकेको छैन। नियमित गर्नुपर्ने काम रोकिएपछि राज्यका तीनमध्ये एक अंग व्यवस्थापिका कमजोर हुन थालेको छ।

बेहाल ललितकला विभागप्रति त्रिविको छैन चासो, अब फर्किएला साख?

ललितकला विभागमा सुधारको छाँट नदेखेपछि विभागीय प्रमुखले राजीनामा दिए। त्यसपछि दुई पटक उपकुलपति फेरिइसक्दा पनि न राजीनामा स्वीकृत भएको छ, न विभाग सुधारको खाका नै स्वीकार गरिएको छ।

संसद् सचिवालयका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिन सांसदहरूको संशोधन, के छ व्यवस्था?

हाल २० वर्ष सेवावधि नपुगेका संसद्का कर्मचारीलाई पेन्सन सुविधा दिन बढीमा दुई वर्ष थप सेवावधि गणनाको व्यवस्था छ। तर १५ वर्षमै बिदा हुनेका लागि सेवावधि २० वर्ष गणना गर्न केही सांसदले संशोधन हालेका छन्।

के संसद्‍मा बोलेको सुन्ने कुर्सी र भित्ताले मात्र हो?

संसद्‍मा बोलेको सरकारले नसुनेको भन्दै सांसदहरूले सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने गरेका छन्। सीके राउतले संसद्‍मै भनेका थिए, “यहाँ बोल्दा कतै सुनिन्छ कि भित्ता वा कुर्सीलाई मात्र सुनाइरहेका छौँ?”

सेक्युरिटी पालका संस्थापक पुकार : दार्चुलादेखि अमेरिकासम्मको यात्रा

बिल गेट्स, मार्क जुकरबर्ग, जेफ बेजोशलगायत अर्बपतीहरूलाई भेटेपछि पुकारले आफैँलाई मूल्यांकन गरे। ६ महिनापछि काम गरिरहेको ‘गिभिङ २.०’ छाडिदिए र आफ्नै नयाँ स्टार्टअप शुरू गरे।

संसद्को ‘शून्य समय’मा उठेका सवाल नसुन्ने सरकार

जनताका समस्या र जनसरोकारका जल्दाबल्दा विषय सम्बोधनका लागि आवाज उठाइने ‘शून्य समय’लाई संसद्को अत्यन्त महत्त्वपूर्ण क्षण मानिन्छ। तर सरकारले सांसदलाई नसुन्दा यसको औचित्य फिका बन्दैछ।

‘बाह्र भाइ’ बिम्ब बनाउने पत्रकार सम्मेलन

पीत पत्रकारिताको बिम्ब बनेको १२ भाइको ‘मार्केटिङ’ त रविले गज्जबले गर्दिए, जुन कलामा उनी माहिर पनि छन्। यसको उत्पत्ति कसरी भयो भन्नेचाहिँ पत्रकार बिरादरीमै धेरैलाई थाहा नहोला, अरूलाई के थाहा हुनु!