ज्यालामजदुरी गर्न बर्दियाबाट पहिलोपटक काठमाडौँ पसेका विशाल चौधरीको यही यात्रा अन्तिम बन्यो। निर्माणाधीन नौतले भवनमा निर्माण सामग्री ओसार्ने लिफ्टसँगै चार तलाबाट बजारिएका उनी त्यहाँबाट उठ्नै पाएनन्।
निर्माण क्षेत्रमा भएका दुर्घटनामा विगत पाँच वर्षमा २१३ जना मजदुरको मृत्यु भएको प्रहरीको तथ्यांक छ। घाइतेको संख्या अझ ठूलो छ। तर कानूनले तोकेअनुसार सुरक्षाको बन्दोबस्त हुने गरेको छैन।
मृत्युपछि सामाजिक सञ्जाल खातालाई स्मरणीय राख्ने वा मेटाउने विकल्पहरू भए पनि नेपालमा यसको प्रयोग कम देखिन्छ। किन आवश्यक छ त डिजिटल व्यवस्थापन?
नेपालमा यस वर्ष डेंगी संक्रमितको संख्या अघिल्लो वर्षको तुलनामा कम देखिए पनि स्वास्थ्य मन्त्रालयले जोखिम उस्तै रहेको भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
काठमाडौँ महानगरले अटिजम तथा डाउन सिन्ड्रम भएका बालबालिकाका लागि ६ वटा विद्यालयमा विशेष कार्यक्रम चलाउने भएको छ। ती विद्यालयमा विशेष संरचना पनि बनाइनेछ।
सडक मर्मत वा पूर्वाधार निर्माणका लागि खनिएका खाडलमा परी विगत पाँच वर्षमा २२ जनाको ज्यान गएको छ। सरकारले कडाइ नगर्दा अझै पनि विभिन्न प्रयोजनमा खनिएका खाडल नपुरी छाडिन्छ।
पछिल्लो समय नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगबाट हुन्छ। मुख्य नसर्ने रोगमा क्यान्सर, मधुमेह, हृदय र श्वासप्रश्वाससम्बन्धी हुन्, जसको कारण अस्वस्थ जीवनशैली हो।
सरकारले दुर्गमका जनतालाई स्वास्थ्य सेवा दिन डेढ दशकअघि शुरू गरेको टेलिमेडिसिन कार्यक्रम प्रदेशमातहत गएपछि अलपत्र छ। संघीय सरकारबाट बर्सेनि गइरहेको बजेट खर्चको एकीकृत अभिलेख पनि छैन।
हुलाकले अहिले पनि चिठी ओसार्छ, तर आम्दानीको प्रमुख स्रोत विदेश पठाउने र उताबाट आउने पार्सल हुन्। यही हुलाकलाई सरकारले चालु आवदेखि पुनर्संरचना गरेर सबै पालिका पुर्याउँदै कामको शैलीसमेत फेरेको छ।
व्यस्त जीवनशैलीका कारण व्यायाम तथा खानपानको समय मिलाउन नसकेर शारीरिकसँगै मानसिक समस्याले गाँजेपछि पछिल्लो समय शहरी क्षेत्रका बासिन्दामा जिम, योग, जुम्बा र ध्यानको मोह बढ्दै गएको छ।
लत्रिएका तारबाट बहने करेन्टका कारण बर्सेनि ५० जनासम्मको मृत्यु भइरहेछ। हावाहुरी, चट्याङ, बाढीपहिरोजस्ता कारण पोल ढल्ने वा तार लत्रिने हुन्छ। विद्युत् प्राधिकरण भन्छ– जनचेतना फैलाउनु आवश्यक छ।
सरकारले निःशुल्क दिने घोषणा गरेको मस्तिष्कघातको औषधि सिफारिस गर्न न्युरोलोजिस्टलाई मात्र दक्ष मानिन्छ। त्यसैले यो सेवा केही अस्पतालमा सीमित हुँदा प्रभावकारितामा मन्त्रालयकै अधिकारी शंका गर्छन्।
कागेश्वरी मनोहरास्थित ग्रिनहिल सिटी हाउजिङमा एक महिलालाई कुकरले टोकेपछि भोलिपल्ट सबै सामुदायिक कुकुरलाई समात्दै भ्यानमा हालेर बाहिर लगियो। त्यसपछि जनावर अधिकारकर्मी प्रहरी कार्यालयसम्म पुगे।
काठमाडौँका घरधनीले बिजुलीको शुल्क मनलाग्दी लिएको डेरावालहरूको गुनासो हुनेगर्छ। तर न डेरावाल उजुरी लिएर जान्छन्, न त विद्युत् प्राधिकरणले अनुगमन गर्छ। प्राधिकरण बरु कानूनले ‘सबमिटर’ नै नचिन्ने बताउँछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालबाट मस्तिष्कघातका बिरामीलाई निःशुल्क रूपमा औषधि उपलब्ध गराउन लागिएको जनाएको छ।
बजारमा होलीका लागि बेच्न राखिएका सेतो रङका थरीथरीका टिसर्ट र कुर्ताहरू प्रशस्तै भेटिन्छन्। होलीका बेला यस्ता कपडा किन्नेको चहलपहल पसलहरूमा बाक्लो हुन्छ।
पाँच वर्षअघि निर्माण थालिएको भवनको दुई तला संरचना बनेपछि महानगरले रोक लगाएको थियो। त्यही दुई तलालाई अन्तिम रूप दिने प्रक्रिया थालेका वडाध्यक्ष भन्छन्, ‘महानगर आफ्नै हो, नक्सापास पछि भइहाल्छ।’
काठमाडौँ उपत्यकाभित्रका पुराना बस्तीमध्येको नक्साल भगवतीवहालस्थित सडक लामो समयदेखि अस्तव्यस्त छ। यसपछाडि जोडिन्छ, सडकमा गाडी निषेध गरेर सम्पदा पदमार्ग बनाउन स्थानीयले उठाएको आवाज।
‘चाडपर्व त सबैलाई आउँछ। त्यसो भन्दैमा हामी स्वास्थ्यकर्मीले कहाँ छुट पाइन्छ र। कोही बिरामी समस्यामा नपरोस् भनेर एक्लै भए पनि बसेर सेवा दिन्थेँ।’
औषधि व्यवस्था विभागको टोलीले अनुगमन गर्दा टेकु अस्पतालअगाडि सञ्चालनमा रहेको रेमिडियन फार्मेसीबाट ४ भायल दर्ता नै नभएको टीड्याप औषधि जफत गरेको छ।