AnonymousUser

Logout

साझा प्रकाशन: कमाउँछ वार्षिक २ करोड, खर्च हुन्छ ५ करोड

स्थापनाकालदेखि ३५ शाखामार्फत सेवा दिँदै आएको र चार सयभन्दा बढी कर्मचारी रहने साझा प्रकाशन अहिले खुम्चिएर १३ वटा शाखा र ६७ जना कर्मचारीमा सीमित छ।

काठमाडौँका १३ ठाउँमा ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ’ जडान, ट्राफिक व्यवस्थापनमा कति सहज?

काठमाडौँ महानगरले विभिन्न १३ स्थानमा ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ’ जडान गरेको छ। जसले सडक पार गर्न सहज हुनेदेखि सवारी दुर्घटनाको जोखिम कम हुने महानगरको अपेक्षा छ। 

मस्तिष्कघातका बिरामीलाई अस्पताल पुर्‍याउनै मुस्किल

बर्सेनि मस्तिष्कघातका झन्डै ८०० बिरामीको मृत्यु हुने गरेको छ। यो तथ्यांक अस्पतालमा भर्ना हुन आएकाहरूको हो। अस्पताल आइनपुग्ने वा मस्तिष्कघातबारे थाहा नपाएर उपचारमै नआउनेको संख्या पनि ठूलो छ।

निजी फार्मेसीमा टीड्याप खोपको चर्को मूल्य, औषधि विभागमा दर्ता नै छैन

अमेरिका, क्यानडा र युरोपका केही देशमा जुनसुकै प्रयोजनका लागि जाँदा पनि टीड्याप खोप लगाएको प्रमाण पेस गर्नुपर्छ। तर नेपालमा सरकारी तवरबाट यो खोप उपलब्ध नहुँदा निजी फार्मेसीको मनोमानी छ।

औषधि विभागमा दर्ता छैन टीड्याप खोप, निजी फार्मेसीमा चर्को मूल्य

अमेरिका, क्यानडा र युरोपका केही देशमा जुनसुकै प्रयोजनका लागि जाँदा पनि टीड्याप खोप लगाएको प्रमाण पेस गर्नुपर्छ। तर नेपालमा सरकारी तवरबाट यो खोप उपलब्ध नहुँदा निजी फार्मेसीको मनोमानी छ।

चीनबाहिर पनि फैलिँदै एचएमपी भाइरस, स्वास्थ्य मन्त्रालय भन्छ– नेपालका लागि नयाँ होइन

चीनलगायत केही मुलुकमा फैलिरहेको ह्युमन मेटान्युमो भाइरसले अर्को महामारीको रूप लिन सक्ने आशंका सामाजिक सञ्जालमा भइरहँदा विज्ञहरूले त्रसित हुन नपर्ने बताएका छन्।

के हो बागमती प्रदेश र काठमाडौँ महानगरबीचको मनोरञ्जन कर विवाद?

बागमती प्रदेश सरकारले मनोरञ्जन करको दर हेरफेर गर्दा महानगरको आम्दानी घटेको भन्दै काठमाडौँका मेयर बालेन शाह असन्तुष्ट छन्। तर प्रदेशले पाउने ४० प्रतिशत हिस्सा महानगरले नदिएको बागमती सरकारको दाबी छ।

परेवासँग नजिकिँदा रोगको जोखिम, ज्यानै लिन सक्छ फोक्सोको संक्रमणले

परेवा मानिसको आसपास बस्न रुचाउँछ। घरमा पालिने यो चरो धार्मिकस्थलमा पनि छाडिन्छ। तर परेवा पाल्ने, खुवाउने र मल व्यवस्थापन गर्ने मात्र नभई संसर्गमा पुग्नेलाई पनि फोक्सो संक्रमणलगायत रोगको जोखिम हुन्छ।

लोडसेडिङ सम्झाउने त्यो मैनबत्ती, शहरी जीवनमा जम्नथालेको यो क्यान्डल

केही वर्ष अघिसम्म घर–घरमा नभई नहुने मैनबत्ती लोडसेडिङ हटेसँगै हराउन थाल्यो। अहिले सामान्य मैनबत्तीको बिक्री ठप्पप्रायः छ, त्यसको ठाउँ बजारमा सुगन्धित क्यान्डलले लिँदै छन्। 

चीन निर्यातका लागि चाहिन्छ दैनिक ५ हजार राँगा, तर घट्दैछ राँगाभैँसी पालन

तीन वर्षअघि नेपालमा २९ लाखभन्दा केही बढी राँगाभैँसी थिए, जबकि चीनले चाहे अनुसार निर्यात गर्दा वार्षिक १८ लाख राँगा चाहिन्छ। किसानलाई राँगाभैँसी पालनमा प्रेरित गर्न के छ सरकारको योजना?

शंखमुलमा विद्युतीय शवदाह गृह: पाँच वर्षदेखि स्थानीयको विरोध, बनाउने अडानमा ललितपुर महानगर

ललितपुर महानगरले पाँच वर्षअघि विद्युतीय शवदाह गृह बनाउन थालेको प्रक्रिया मुद्दा परेपछि बीचमै रोकियो। घाट सञ्चालन भइरहेको स्थानमै नयाँ प्रविधि राख्ने योजनाको शंखमुलका स्थानीय नै किन विरोध गरिरहेका छन्?

सर्पदंशबाट बर्सेनि ३ हजारको मृत्यु, कसरी जोगिने?

नेपालमा सर्पदंश उपचार केन्द्र १०५ वटा छन्, तर जनचेतना अभाव र समयमै अस्पताल पुर्‍याउन नसक्दा धेरैले ज्यान गुमाउँछन्। अन्धविश्वासका कारण पनि सर्पदंशपछि कतिपयको मृत्यु हुने गरेको छ।

एमालेको जागरणसभा : सर्वसाधारणलाई सास्ती, दरबारमार्गको व्यापार प्रभावित

दरबारमार्गमा आयोजित एमालेको जागरणसभाका कारण सर्वसाधारण ट्राफिक जाममा फस्नुका साथै गाडी कम चल्दा उनीहरूलाई गन्तव्यमा पुग्नसमेत सकस भयो। यहाँका व्यवसायी भने व्यापारमा असर पर्दा पसलै बन्द गरेको बताउँछन्।

हेम्पका सामग्रीः कुनै बेला ‘बोराका कपडा’ भनिन्थ्यो, अहिले बढ्दैछ आकर्षण

गाँजा, अल्लोजस्ता रेसादार वनस्पतिबाट उत्पादित झोला, जुत्ता, कोटजस्ता सामग्री विदेशीले मात्र किन्थे। तर नेपालीले पनि प्रयोग गर्न थालेपछि दौरासुरुवाल, टिसर्ट, ट्राउजरलगायत सामग्री पनि उत्पादन हुन्छन्।

जमघटको नयाँ जङ्क्सन चिया पसल: अनौठा नाम, थरीथरी स्वाद

शहरी क्षेत्रमा चियादानी, चियावाला, मट्का चिया, चियाघर, दाह्री भाइको चियालगायत विभिन्न नामका पसल खुलेका छन्। चिया मात्रै बेच्ने गरी खुलेका यस्ता पसल चिया पारखीका लागि भेटघाटको केन्द्र बनिरहेका छन्।

डेंगी संक्रमणसँगै ह्वात्तै बढ्यो हरियो नरिवल आयात, बिरामीलाई फाइदा कति?

भारतबाट भित्रिने हरियो नरिवल आयातको ग्राफ नेपालमा डेंगी संक्रमण बढेसँगै निरन्तर बढिरहेको छ। नरिवल पानीका गुण धेरै भए पनि डेंगीका बिरामीलाई विशेष फाइदा भने नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्। 

मुगुमा पहिलो सार्वजनिक पुस्तकालयः टेकेन्द्रको साहसमा विद्यालय र पुस्तकदाताको हैँसे

खप्त्याडस्थित गम्थाको श्री लोकप्रिय माविमा स्थापित सामुदायिक पुस्तकालय मुगुको पहिलो हो। यो पुस्तकालय बनाउन उमेरले भर्खरै २० वर्ष टेक्दै गरेका टेकेन्द्र उपाध्यायले नेतृत्व गरेका थिए।

अस्पतालको कुरुवाघरमा कर्मचारीको क्यान्टिन, चिसो भुईंमा कुरुवा

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कुरुवाघर बनेको सात वर्ष भइसकेको छ तर अस्पतालको लापरबाहीले बिरामीका कुरुवा खुला आकाशमुनि र चिसो भुईंमा बस्न बाध्य छन्।

फेरिएको दशैँ : सन्तानसँग चाड मनाउन बिदेसिँदै अभिभावक

अध्ययन वा कामका लागि बिदेसिएकाहरू दशैँमा घर फिर्ने चलन छँदैछ। तर यस्ता अभिभावक पनि छन् जो विदेशमा भएका आफन्तलाई दशैँको टीका लगाइदिन चाडको मुखमा आफैँ बिदेसिन्छन्।

अस्पतालका फार्मेसीमा अनलाइन भुक्तानी सुविधा नपाउँदा सास्तीमा सेवाग्राही

काठमाडौँका अधिकांश सरकारी अस्पतालका औषधि पसलमा अनलाइन भुक्तानीको व्यवस्था छैन। सजिलो विकल्प नहुँदा नगद जुटाउने झन्झट झेल्नुपरेको सेवाग्राहीको गुनासो छ।