AnonymousUser

Logout

माइक्रो चिप्सबाट यसरी गर्न सकिन्छ घरपालुवा जनावरको सुरक्षा 

माइक्रो चिप्सको सहायताले घरपालुवा जनावरको सुरक्षा र व्यवस्थापन गर्न सकिने भए पनि सरकारले अनिवार्य नगर्दा मनपरी गर्नेलाई बाटो खुला भएको छ। 

आन्तरिक आम्दानी बर्सेनि बढाउँदै काठमाडौँ महानगर, यस वर्ष साढे ६ अर्ब उठाउने लक्ष्य

महानगरपालिकाले आन्तरिक आम्दानीका विभिन्न २५ शीर्षकमध्ये घरबहाल करलाई सबैभन्दा ठूलो आर्थिक स्रोत बनाएको छ। त्यसबाहेक सम्पत्ति कर र व्यवसाय करबाट पनि महानगरले राम्रो आम्दानी गरिरहेको छ।

घरबाहिर जाँदा कुकुरको रेखदेख 'पेट होस्टल'मा

कुकुर र बिराला पाल्ने सोख भएका तर केही दिन घरबाहिर जानुपर्दा समस्यामा पर्ने जनावरधनीहरूका लागि काठमाडौँमा ‘पेट होस्टल’ धमाधम खुल्न थालेका छन्। यस्ता होस्टलले कसरी दिन्छन् सेवा?  

पशुपतिमा विद्युतीय शवदाह निःशुल्क गर्ने तयारी, वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा

दाउराबाट जलाउँदा वातावरणमा पर्ने असर न्यूनीकरणका साथै विद्युतीय शवदाहगृहबाट शव जलाउने कार्यलाई प्रोत्साहन गर्न निःशुल्क सेवा दिने तयारी गरिएको कोषले जनाएको छ।

शिक्षकहरूलाई दलीय आबद्धता छुटाउने शिक्षा मन्त्रालयको कदमले ल्याउँदैछ तरंग

शिक्षा मन्त्रालयले राजनीतिमा आबद्ध शिक्षकलाई दल त्याग्न दिएको निर्देशनसँगै स्थानीय तहबाट यसको कार्यान्वयन पनि शुरू भएको छ। शिक्षक संघसंगठनका नेताहरू मन्त्रालयको कदमको विरोधमा उत्रिएका छन्।

कस्तो हो काठमाडौँ महानगरले शुरू गरेको सीप मेला?

महानगरपालिकाले २ हजार ८१ जना सहभागी हुनेगरी सीप मेलाको आयोजना गरेको छ। सिसडोल, बन्चरेडाँडावासी र फुटपाथ व्यवसायी प्राथमिकतामा छन्।

महालेखाले बेरुजु देखाएपछि काठमाडौँ महानगरले काट्दै करारका कर्मचारीको महँगी भत्ता

महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएपछि काठमाडौँ महानगरमा कार्यरत करारका कर्मचारीलाई दिइँदै आएको महँगी भत्ता र सामाजिक सुरक्षा कोषमा पठाउने रकम काटिने भएको छ।

सर्वाेच्चको आदेशले आरतीमा जागेको न्याय पाउने आशा

न्यायाधीश श्रीमान‍्बाटै अन्यायमा परेकी आरती पाँच वर्षदेखि न्यायको खोजीमा थिइन्। गत बुधबार सर्वाेच्च अदालतले प्रतिवादीलाई थुनामा राखेर मुद्दा चलाउन आदेश दिएसँगै उनलाई न्याय पाउने आशा जागेको छ।

पाटनको एकल घोडेजात्रा : परम्परा जगेर्ना गर्न निरन्तरता

परापूर्वकालदेखि चलिआएको परम्परा जगेर्ना गर्न एकल घोडेजात्रालाई निरन्तरता दिइरहेको ललितपुर महानगरपालिका–९ का वडा अध्यक्ष राजु महर्जन बताउँछन्।

माटोका भाँडा बनाउने परम्परागत पेसालाई युवामाझ ब्युँताउँदै हाँडीगाउँ

काठमाडौँ महानगरपालिका र नेपाल हस्तकला महासंघले मिलेर हाँडीगाउँमा माटाको भाँडा बनाउने ४५ दिने तालिम चलाइरहेका छन्। त्यसमा १५ स्थानीय युवाले आधुनिक प्रविधिबाट परम्परागत भाँडा बनाउन सिकिरहेका छन्।

डेरावालबीच लोकप्रिय छन् काठमाडौँका यी घरबेटी

काठमाडौँ उपत्यकामा घरबेटीले गर्ने व्यवहारले अधिकांश डेरावाल हैरान हुन्छन्। तिनैका बीच केही यस्ता अनुहार पनि छन्, जसलाई डेरावालले औधी रुचाएका छन्। 

महानगरको बजेटबाट वडा सदस्यको घर वरपर सीसी क्यामरा, विवादपछि रोकियो काम

महानगरपालिकाको बजेटबाट किनिएका सीसीटीभी क्यामरा काठमाडौँ–१६ कि वडा सदस्य शारदा सुवेदीको घर वरपर राखिएको भन्दै स्थानीयले विरोध गरेपछि काम रोकिएको छ। जडान भइसकेका दुई वटा क्यामरा पनि निकालिएको छ।

महिलामाथि हिंसा र दुर्व्यवहारको पर्याय बनेको होली पर्व बन्दैछ संयम

डेढ दशक अघिसम्म होली आउनुभन्दा एक महिना अघिदेखि महिलालाई बाटोमै लोला हान्ने र जबर्जस्ती अबिर दलेर आनन्द लिने प्रचलन थियो। अहिले भने त्यस्तो प्रवृत्तिमा कमी आएको छ। 

२ वर्षमा सकिनुपर्ने बालमन्दिर प्रबलीकरण ४ वर्षसम्म अधुरै, टहरामा उकुसमुकुस छन् बालबालिका

नक्सालको बालमन्दिर प्रबलीकरणको काम तोकिएभन्दा दोब्बर समय बित्दा पनि ६२ प्रतिशतमा सीमित छ। पुनर्निर्माणमा विलम्ब हुँदा बाल संगठनमा आश्रित बालबालिका ८ वर्षदेखि सास्ती खेपिरहेका छन्।

घर–कोठा बहालमा लिनेहरू भाडा नतिरी सामान छाडेर हिँड्ने प्रवृत्तिले हैरान काठमाडौँका घरधनी

काठमाडौँ महानगरका शहरी क्षेत्रमा घर, सटर तथा कोठा भाडामा लिने र बहाल नतिरी सरसामान छाडेर हिँड्ने प्रवृत्ति घरधनीको लागि टाउको दुखाइ बन्दैछ। यो प्रवृत्ति कोभिड–१९ महामारीको पछिल्लो लहरयता बढेको हो। 

जामे मस्जिदमा रमजानको नमाज (तस्वीरहरू)

रमजानको पहिलो दिन जामे मस्जिदमा इस्लाम धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो, साथै रमजान पर्वलाई लिएर उनीहरू उत्साहित देखिएका थिए।

इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान शुरू, कसरी मनाइन्छ?

इस्लाम धर्मावलम्बीको महान पर्व रमजान शुरू भएको छ। यो अवधिमा रोजा अर्थात् उपवास बस्नाले वर्षभरिको पाप पखालिने साथै ७० गुणा बढी पुण्य प्राप्त हुने विश्वास गरिन्छ।

त्रिचन्द्र क्याम्पस भवन प्रबलीकरणमा ७ वर्षको संघर्षः अहिले पनि कक्षाकोठाकै अभाव

भूकम्प आएको ६८ महिनामा सिंहदरबारको प्रबलीकरण तथा पुनर्निर्माण गरिसकेको सरकारले त्रिचन्द्र क्याम्पसका भवन प्रबलीकरणका लागि बजेट दिन आनाकानी गर्दा अहिले पनि विद्यार्थीलाई कक्षाकोठाको अभाव छ।

काठमाडौँ महानगरमा घर बहाल नतिरी सम्पर्कविहीन हुने प्रवृत्ति बढ्दो

न्यायिक समितिमा आएका उजुरीमध्ये बहाल रकम भराई घर तथा कोठा खाली गराइदिन माग गर्दै घरबेटीका तर्फबाट परेका उजुरी झन्डै ८० प्रतिशत रहेको महानगरपालिका कार्यालयले जनाएको छ। 

नक्सापासबिनै काठमाडौँ–२९ ले बनाइरहेको ज्येष्ठ नागरिक भवन अलपत्र, वडाध्यक्ष भन्छन्– ‘कमजोरी भयो’

काठमाडौँ–२९ घट्टेकुलोमा बनिरहेको ज्येष्ठ नागरिक भवन वडा कार्यालयकै लापरबाहीले डेढ वर्षदेखि अलपत्र छ। भवन निर्माण थालिएको चार वर्षपछि वडाध्यक्ष कुश ढकालले नक्सापास नगर्नु कमजोरी भएको बताएका छन्।