AnonymousUser

Logout

सडक व्यापारबाट गुजारा चलाउनेहरूको दैनिकी अन्योलमा, सर्वाेच्चको पूर्णपाठ पर्खिंदै महानगर

‘सरकारले हामीलाई कि विकल्प देओस्, कि त सडकमा व्यवसाय कहीँ पनि गर्न नपाइने कानून देशभर लागू गरोस्। यसरी अन्योल र डरत्रासमा कहिलेसम्म पर्खिने?’

गीतसंगीतको रोयल्टीः सर्जकको बौद्धिक सम्पत्तिमा अरूकै रजाइँ

संगीत रोयल्टी संकलन समाजले रोयल्टी उठाउन कानूनविपरीत एजेन्सी नियुक्त गर्दा सर्जकले पाउने पैसा निजी कम्पनीको खातामा पुगिरहेको छ।

काठमाडौँका सामुदायिक कुकुरको आहारा : फोहोर र पशुसेवकहरूको भर (भिडियो कथा)

काठमाडौँ उपत्यकामा ५० हजार र काठमाडौँ महानगरमा २२ हजार हाराहारी सामुदायिक कुकुर छन्। यी कुकुरको खानाको स्रोत मानिस नै हुन्। फोहोरको थुप्रो उधिन्नु र खानेकुरा दिने पशुसेवक कुर्नु यी कुकुरको दैनिक हो।

अनलाइन लगानी र जागिरको ‘स्क्याम’: डाक्टरदेखि सरकारी वकिलसम्म ठग्ने यस्तो छ ‘जालो’

अनलाइनमार्फत ठगी गर्न वैदेशिक रोजगारमा गएका र उनीहरूका आफन्त प्रयोग भइरहेका छन्। विदेशबाट पठाइएको रकम ‘स्क्यामर’को खातामा जाने र ठगी गरिएको रकम नेपालका आफन्तले पाउने ‘जालो’ बुनिएको छ।

काठमाडौँमा प्रशोधित पानी नै दूषित, भेटिन्छ कीरा र लेदो

उपत्यकामा वितरण हुने कतिपय जार तथा बोतलको पानीमा कीरा, लेदोलगायत अखाद्य वस्तु भेटिन्छ। यस्ता जार वा बोतल नखोलिएको भए काठमाडौँ महानगरले उत्पादकलाई र खोलिएको भए होटल तथा रेस्टुरेन्टलाई कारबाही गर्छ।

अक्वारियमका रंगीन माछाः सोखसँगै मानसिक तनाव घटाउने उपाय

शहरी क्षेत्रका घर तथा कार्यालयमा रंगीन माछाका अक्वारियम प्रशस्तै देखिन्छ। यस्ता माछा पाल्ने सोख पूरा गर्दा मानसिक तनाव पनि हट्ने मनोविद्हरू बताउँछन्। अक्वारियममा कस्ता माछा पाल्ने, कति मूल्य पर्छ?

सहकारीमा १ करोड ३६ लाख बचत थियो, उपचार गर्न ५ लाख नहुँदा गयो राजेन्द्रको ज्यान

स्थापित विगत १६ महिनादेखि सहकारीविरुद्ध आन्दोलन, धर्ना र अनशनमा आवद्ध थिए। लगातारको संघर्षका कारण पनि स्वास्थ्य अवस्था बिग्रँदै गएको उनका सहयोगीहरू बताउँछन्। 

किन भ्वाङ परिरहेछन् काठमाडौँका सडक? 

काठमाडौँको कमलादीस्थित सडकमा शुक्रबार वारपार भ्वाङ परेपछि आवागमन ठप्प छ। डेढ महिनाअघि सोह्रखुट्टेमा, अलि पहिले बानेश्वरमा पनि यस्तै भएको थियो।

अघि बढ्यो २ वर्षदेखि रोकिएको काठमाडौँ–२९को ज्येष्ठ नागरिक भवन निर्माण प्रक्रिया

वडा कार्यालयकै लापरबाहीले दुई वर्षदेखि अलपत्र काठमाडौँ–२९ घट्टेकुलोमा बनिरहेको ज्येष्ठ नागरिक भवनको निर्माण प्रक्रिया अघि बढेको छ। 

परेवा पाल्ने पेसा अब प्रतिस्पर्धी राष्ट्रिय खेल 

नेपालमा २५ वर्ष अघिदेखि नेपाल परेवा उडान खेल संघले परेवा उडाउने प्रतियोगिता आयोजना गर्दै आएको छ। यस खेलमा बर्सेनि झन्डै १०० जना परेवा पालकले प्रतिस्पर्धा गर्ने गरेका छन्। 

इङ्वा–स्वाद : खान्कीको उत्सव चल्दैछ

घरको भान्सा हुँदै ‘सेफ नेपाल’को आँगनसम्म याङ्बेनदेखि चेम्बिगिक चिनाइन् इङ्वा खापुङ सुब्बाले। अहिले घरेलु उत्पादन र घरेलु सिप लिएर इङ्वा हाजिर भएकी छन्– झम्सीखेल, सोलमा।

‘युगको साँचो’बारे दर्शकको प्रतिक्रिया– बन्द उद्योगधन्दाबारे सरकारलाई सोच्न बाध्य बनाउँछ

यस नाटकले बन्द भएका उद्योगधन्दा खोल्नुपर्ने, नयाँ उद्योगधन्दा सञ्चालन गर्नुपर्ने, युवा जनशक्तिलाई पलायन हुनबाट रोकी  मुलुकमै काम गर्ने वातावरण दिनुपर्ने सन्देश दिएको छ।

एजुकेशनल इन्टरप्राइजेज : ६३ वर्षपछि ठेगाना हराएको पुस्तक पसल

पुस्तक पढ्न पनि दिने उद्देश्यले महांकाल मन्दिर परिसरमा २०१८ सालमा खुलेको पसल एजुकेशनल इन्टरप्राइजेज त्यहाँबाट हटिसकेको छ। त्यहाँका पुस्तक अहिलेलाई सञ्चालक मोहन श्रेष्ठले आफ्नै घरमा थन्क्याएका छन्।

भदौभित्र बर्न वार्ड सञ्चालनको तयारीमा वीर अस्पताल

वीर अस्पतालले सामग्री खरिद र जनशक्ति व्यवस्थापनको प्रक्रिया सकिएसँगै आउँदो भदौभित्रै बर्न वार्ड पुनः सञ्चालनमा आउने तयारी गरेको छ।

सिकार प्रयोजनका लागि पालिने बिरालो शहरमा सोख बन्दै

उत्पत्तिदेखि नै सिकार गर्दै आएको बिरालो अब मुसा नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र सीमित छैन। पछिल्लो समय मानिसहरूका लागि बिरालो पाल्नु मनोरञ्जन र सोख दुवै भएको छ। 

डेंगी संक्रमणले यसपालि झन् ठूलो रूप लिनसक्ने अनुमान, नियन्त्रणको लागि तयारी अवस्थामा छौँः मन्त्रालय

वर्षात‍्को मात्रासँगै यस वर्ष डेंगी रोगको संक्रमण पनि बढ्न सक्ने अनुमानसहित नियन्त्रणका लागि  सम्भावित  सबै उपाय तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

महिलाहरूलाई स्वरोजगार बनाउँदै वडा, बोरा र पुराना जिन्सबाट आकर्षक जुत्ताचप्पल 

काठमाडाैँ महानगरपालिका–५ ले फाटेका बोरा र पुराना जिन्सबाट जुत्ताचप्पल बनाउने सीप सिकाएपछि तालिममा सहभागी महिलाहरू स्वरोजगार बनेका छन्। उत्पादित सामग्रीले पनि राम्रै बजार पाएको छ।

शहरी जनजीवनमा लोकप्रिय बन्दै कुकुरका नयाँ प्रजातिः कुन जातका विशेषता कस्ता? 

अहिले संसारभर मानिसले साथी बनाएका कुकुरहरू २०० थरी छन्। जातअनुसार यिनका विशेषता र भूमिका पनि अलग छन् जसका आधारमा कुकुरको वर्गीकरण गरिएको छ।

स्पष्ट नीति नहुँदा बालिग पनि राख्न बाध्य बाल संगठन

असहाय बालबालिकालाई संरक्षण दिन खोलिएको बाल संगठनमा अहिले १९ जना बालिगले आश्रय लिइरहेका छन्। अपांगता भएका उनीहरूलाई व्यवस्थापन गर्ने स्पष्ट नीति नबन्दा बाल संगठनले नै जिम्मेवारी लिनुपरेको छ। 

सरकारले घोषणा गरे पनि आफ्नो बचत फिर्ता हुने आधार देख्दैनन् सहकारी पीडित

एकै सहकारी सञ्चालकले सयौँ बचतकर्ताको रकम हिनामिना गरेका र ती सञ्चालकको सम्पत्ति बेचेर लाख बचतकर्तालाई रकम फिर्ता गर्न सम्भव नहुने बचतकको तर्क छ। सरकारी घोषणा कागजमै सीमित हुने आशंका उनीहरूमा छ।