AnonymousUser

Logout

आरक्षणका १७ वर्ष: लक्षित वर्ग पहुँच बाहिरै, उठ्न थाल्यो खारेजीको आवाज

१० वर्षमा पुनरवलोकन गरिनुपर्ने आरक्षणको व्यवस्थामा सुधार नगर्दा एकातिर त्यसको लाभ पाउनुपर्ने वास्तविक सीमान्तकृत अवसरबाट वञ्चित छन्, अर्कोतिर यो व्यवस्था नै खारेज हुनुपर्ने माग उठ्न थालेको छ।

गण्डकी विश्वविद्यालयमा कानून अध्यापनः पाठ्यक्रम नै स्वीकृत छैन

कुनै पनि शैक्षिक संस्थाले कानून विषय पढाउन बार काउन्सिलबाट पाठ्यक्रम स्वीकृत गराउनुपर्ने व्यवस्थालाई गण्डकी विश्वविद्यालयले अटेरी गरेको छ। उक्त विश्वविद्यालयमा अहिले १६० जना स्नातक तह पढिरहेका छन्।

पुरुष नै महिला बनेर नाच्ने मारुनी, जन्मदेखि मृत्यु संस्कारसम्मै  

पश्चिम पहाडका मगर समुदायको लोक संस्कृतिसँग जोडिएको मारुनी नाच तिहारमा मात्र सीमित छैन, जन्मदेखि मृत्युसम्मका संस्कारमै अनिवार्य मानिन्छ।

न्याय सम्पादन प्रभावित हुने भयमा सूर्यदर्शन सहकारी पीडित

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा उनका समर्थकसँगै सहकारी पीडित सडकमा थिए। समर्थकले सरकारको विरोधमा नारा लगाए भने सहकारी पीडितले रकम फिर्ताको माग गरिरहे।

शुरू भयो सराय नाच, के छ ऐतिहासिक सम्बन्ध?

गुल्मीको भार्सेलाई बाइसे, चौबिसे राज्यकालमा ‘सरायको राजधानी’ मानिन्थ्यो। भार्से अर्कुल राज्यको राजधानी थियो। त्यहाँको भग्नावशेषलाई अहिले अर्कुलकोट भनिन्छ।

रेडियो घन्काउँदै आउने लाहुरेले ल्याउँथे दशैँ

दशैँको बेला लाहुरे छुट्टीमा घर आउँदा रेडियो मात्र होइन, उनीहरूले नाडीमा बाँधेको घडी पनि आउँथ्यो। छुट्टी सकेका लाहुरेलाई फर्किने बेलाको बाटोखर्च तिनै रेडियो र घडीले जुटाइदिन्थे।

सूर्यदर्शन सहकारी प्रकरणः कास्की प्रहरीको अनुसन्धान कहाँ पुग्यो? 

आफ्नो बचत फिर्ता पाउनुपर्ने माग राख्दै पोखराका सहकारी पीडित बचतकर्ता दुई वर्षयता निरन्तर संघर्षमा छन्। पूरै रकम कहिले पाइन्छ निश्चित नभएकाले थोरै भए पनि सरकारले तत्काल दिलाउनुुपर्ने उनीहरूको अडान छ। 

खुम्चिएको हुलाकको हाल: एउटा चिठी पुर्‍याउन २४ सय खर्च!

कुनै बेला जगजगी रहेको हुलाक सेवा डिजिटल माध्यम फस्टाएसँगै खुम्चिँदै गयो। अहिले एउटा चिठी पुर्‍याउनमै सरकारी कोषबाट २ हजार ४३७ रुपैयाँ खर्च भइरहेको छ। जबकि हुलाकले जम्मा ४० रुपैयाँमा चिठी दर्ता गर्छ।

फेवाताल संरक्षणका लागि सर्वोच्चको त्यो आदेशः ११ महिनासम्म के गर्दैछन् सरोकारवाला निकाय?

सर्वोच्च अदालतले फेवाताल संरक्षणका लागि दोस्रोपटक आदेश दिएको दुई महिनापछि गत मंसिरमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वमा फैसला कार्यान्वयन समिति बनाइएको छ। तर समितिको काम सुस्त छ।

मइन्टोलको उज्यालोमा पढाइ शुरू भएर देशकै ठूलो आंगिक क्याम्पस बनेको ‘पीएन’

सानो छाप्रोबाट शुरू भएको पीएन कलेजको संरचना यसको ख्यातीसँगै ७२१ रोपनी क्षेत्रफलमा फैलिएको छ। जम्मा ३० जना विद्यार्थी भर्ना लिएर थालिएको क्याम्पसमा अहिले ११ हजार विद्यार्थी छन्।

सामुदायिकमा अब्बल माछापुच्छ्रे मावि, विद्यार्थीले पनि गर्छन् शिक्षकको निगरानी

माछापुच्छ्रे माविको शिक्षण विधि मात्र होइन अतिरिक्त क्रियाकलाप गर्ने शैली पनि फरक छ। अतिरिक्त क्रियाकलापकै लागि हरेक शिक्षक आफ्नो जन्मदिन विद्यालयको ‘जन्मदिन कोष’मा हजार रुपैयाँ दान गरेर मनाउँछन्।

पोखरातिर झरिरहेछ गाउँ, ‘होमस्टे’मा पाहुना पर्खिरहेछन् सन्तबहादुर

धमाधम शहरतिर बसाइँ सरेकाहरू चाडपर्वमा त फर्कन्छन् तर केही दिनमै गाउँ रित्तो भइहाल्छ। गाउँ छाडेकाहरू कतिन्जेल आइरहलान् सन्तबहादुरलाई थाहा छैन, उनी भने सिधानेमा होमस्टे कुरेर बसेका छन्।

‘हामी त गाउँबासी, के पोखरा महानगरबासी भन्नू?’

वर्षा लागेपछि पोखरा–२३ सिधानेसम्म गाडी जाँदैन, दुई घण्टा पैदल घाँटीछिना पुगेपछि त्यहाँबाट बसमा एक घण्टाको यात्राबाट पोखरा पुगिन्छ। वडा कार्यालय पुग्नै पनि तीन घण्टा पैदल हिँड्नुपर्छ।

सबैभन्दा धेरै वर्षा हुने पोखरामै किन छ खानेपानीको हाहाकार?

पोखरा महानगरमा मागबमोजिम पानी वितरण हुन नसक्दा उपभोक्ता ट्यांकर, बोरिङ र स्थानीय स्रोतमा भर परेका छन्। पोखरा र लेखनाथका खानेपानी सम्बद्ध संस्था मागअनुसार पानी दिनै नसकिने बताउँछन्। किन?

पोखरा महानगरको न्यायिक समितिलाई देशकै अब्बल बनाइरहेकी उपप्रमुख मञ्जु

आर्थिक वर्ष २०७९/८० मा पोखरा महानगरबाट सम्पादन भएका १९ मुद्दा पुनरावेदनका लागि जिल्ला अदालत कास्कीमा पुगेका थिए। अदालतले १९ वटै मुद्दामा न्यायिक समितिकै निर्णय सदर गर्‍यो।

गण्डकी प्रदेशको पाँच वर्षको बजेट : जसको शक्ति त्यहीँ विनियोजन (डेटा स्टोरी)

गण्डकी प्रदेश सरकारमा पछिल्लो पाँच वर्ष मुख्यमन्त्री वा अर्थमन्त्रीको कार्यभार अधिकांश तनहुँ जिल्लाका नेताले सम्हालेका छन् र स्थानीय तहलाई दिने अनुदान पनि त्यहीँ सबैभन्दा बढी गएको छ।

फेवाताल अतिक्रमण गरेकाहरू सर्वोच्च अदालतले तोकेको मापदण्ड नै उल्ट्याउने प्रयासमा

फेवातालको मापदण्ड ६५ मिटर कायम गरी संरक्षण गर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति जिम्मेवार निकाय उदासीन छन्। त्यसको फाइदा उठाउँदै २२ जनाले तालको मापदण्ड घटाउन सर्वोच्चमै रिट दिएका छन्।

‘डढेलोले वन खाइदियो, भैँसी–बाख्रालाई पो के खुवाउने?’

स्थानीय कुशुलको पाखा, छोटेडाँडा, दुराको रूख र अर्दाको पाखाभरिको वन बिहीबार सल्केको डढेलोले सखापै पारिदिएको छ। यी वनपाखा कालिकाका करिब डेढ सय घरधुरीले घाँसपातको जोहो गर्दै आएको क्षेत्र हो। 

साइनबोर्ड लेख्ने प्रकट गजलमा पोखिएर बिदा भए

भोलिको अप्ठ्यारो सोचेर प्रकट कहिल्यै चिन्तित हुँदैन थिए। जिन्दगी बाँच्नकै लागि सम्झौता गरेनन्। जस्तो आइपर्छ उस्तै काम गरे। एक थोक होइन अनेक गरे। अनुभव लिए। तिनै अनुभवलाई साहित्य सिर्जनामा उतारे।

पोखरामा सिनेमा हलको ६४ बर्षे यात्राः अझै छ त्यो ‘ऐतिहासिक’ घर

पोखराको पुरानो बजार नालामुख चोकमा उभिएको साढे एकतले घरमा अहिले चमेनागृह छ। यही घरमा कुनै बेला पहिलो सिनेमा हल खुलेको थियो, जसको इतिहास बीपी कोइरालासँग पनि ठोक्किन्छ।