AnonymousUser

Logout

बडिबिल्डर वात्स्यायन

वात्स्यायनले अनेक पारामा मसल देखाएर फोटो खिचाएका थिए। ती फोटो स्टुडियोमा राखेका थिए। अनि मात्र मान्छेहरूले उनको व्यायामबारे थाहा पाएका थिए। पोखरामा बडिबिल्डङ भित्र्याउने उनै थिए।

२०७२ सालको भूकम्पले चर्काएको तालबाराही मन्दिरको बल्ल हुँदै छ पुनर्निर्माण

मन्दिरलाई २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको भए पनि पुनर्निर्माणका लागि पुरातत्त्व विभागबाट अनुमति लिन समय लागेको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवर बताउँछन्।

उपनिर्वाचन : तनहुँ–१ मा को–कोले दिँदै छन् उम्मेदवारी?

तनहुँ–१ मा रास्वपा, कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवार टुंग्याएका छन् भने एमालेबाट सर्वेन्द्र खनाल दाबेदार देखिएका छन्। माओवादी केन्द्रले उम्मेदवार उठाउने/नउठाउनेबारे निर्णय लिएको छैन।

गण्डकीमा नयाँ समीकरण : मुख्यमन्त्री सुरेन्द्र पाण्डे कि हरिबहादुर चुमान?

काठमाडौँमा आएको राजनीतिक उतारचढावले प्रदेश सरकारहरूको जग पनि हल्लिएको छ। त्यहीअनुसार गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीलाई विस्थापन गर्न कांग्रेस–माओवादी कस्सिएका छन्।

पोखरा विमानस्थल सञ्चालनपछि यात्रुलाई सास्ती : न सार्वजनिक यातायात, न तोकियो भाडादर

पोखराको नयाँ विमानस्थलमा समस्याका चाङ छन्। तर, सार्वजनिक यातायातको रुट र भाडादर कायम नगरिँदा सबभन्दा ठूलो समस्या नयाँ विमानस्थलबाट यात्रा गर्ने यात्रुले भोगिरहेका छन्।

४७ वर्षमा पनि बन्न नसकेको पोखरा बसपार्कको चलखेल–कथा

पोखरामा बसपार्क निर्माणका लागि ४७ वर्षअघि बनाइएको योजना अलपत्र मात्र छैन, बसपार्क बनाउन अधिग्रहण गरिएको २०५ रोपनी जग्गामा चलखेल हुँदा अब ४७ रोपनी मात्र बाँकी छ।

फेवाताल मास्ने ‘शक्तिशालीहरू’, जसका लागि फेर्न खोजियो तालकै मापदण्ड

सर्वोच्च अदालतले साढेचार वर्षअघि फेवातालको ६५ मिटरमा पर्ने संरचना ६ महिनाभित्र भत्काउन आदेश दिएको थियो। तर कर्ण शाक्य, गणेशबहादुर भट्टराई, कर्मा गुरुङ, मुक्ति केसीलगायतले त्यहीँ व्यवसाय चलाइरहेका छन्।

अरू सबैमा ठीकठाक छ पोखरा, तर उपचार र उच्च शिक्षामा काठमाडौँकै भर

सरसफाइ, रोजगारी, आर्थिक गतिविधि, विद्यालय शिक्षा र अन्य दैनन्दिनको जीवनमा पोखरेलीलाई असहज छैन। समृद्ध शहर भएर पनि जटिल रोगको उपचार र उच्च शिक्षाका लागि पोखराबासीलाई काठमाडौँकै भर गर्नुपर्ने बाध्यता छ।

गण्डकीमा पाँच मन्त्रालय घटाउँदा ६० करोडसम्म खर्च कटौती हुने

मन्त्रालय घटाउँदा साधारण खर्च घट्ने भए पनि कतिसम्म कम हुन्छ भन्न नसकिने प्रदेश अर्थ मन्त्रालयले जनाएको छ। तर ६० करोडसम्म खर्च कटौती हुने अनुमान गरिएको छ।

अस्पतालमा आफन्तको पीडा : घरी रुवाबासी, घरी नाराबाजी

यती एयरलाइन्सको विमान दुर्घटनाममा परेर निधन भएकाको शव पहिचान र पोस्टमार्टममा ढिलाइ भएको छ। कतिपय शवको पहिचान नभएपछि काठमाडौँ पठाउनु परेका कारण आफन्त अझै अस्पताल परिसरमा छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : भव्य उद्घाटन भयो, उपयोगबारे अन्योल हटेन

तामझामसहित उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षा विपरीत आन्तरिक उडानमा मात्रै सीमित हुने त हैन भन्ने अन्योल सिर्जना भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखरामा प्याराग्लाइडिङको भविष्य अन्योल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि संचालन गर्ने तयारी भइरहँदा सराङकोटबाट प्याराग्लाइडिङ गर्न मिल्ने वा नमिल्ने अझै निर्क्योल भएको छैन।

सञ्चालन नहुँदै समस्याका चाङ : के होला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य?

पोखराको मुहार फेर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति नजिकिँदा स्थानीय उत्साहित छन्, तर ठूला जहाज अवतरण हुन नसक्ने मात्र नभइ अन्य जोखिमसमेत कायम रहँदा यसको भविष्यमाथि शंका उब्जिएको छ।

‘पहुँचवालाका लागि’ यसरी फेवाताल मास्दैछ पोखरा महानगर

सर्वोच्च अदालतले साढे चार वर्षअघि फेवातालको मापदण्ड ६५ मिटर कायम गरेर त्यहाँका संरचना ६ महिनाभित्र हटाउन आदेश दिएको थियो। तर, पोखरा महानगरले आदेशविपरीत फेवातालको मापदण्ड नै घटाउने निर्णय गरेको छ।

गण्डकीमा कसको बन्दैछ सरकार, को होला मुख्यमन्त्री?

प्रदेशसभा निर्वाचनको सम्पूर्ण नतिजा आइनसक्दै गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन प्रमुख दलहरूको दौडधुप शुरू भएको छ।

यी हुन् गण्डकी प्रदेशमा मुख्यमन्त्रीका दाबेदार

गण्डकीको मुख्यमन्त्रीका रूपमा चर्चामा आइरहेका नेताहरूलाई प्रदेश सभा निर्वाचन मात्र होइन, पार्टीभित्रकै परिस्थिति पनि अनुकूल बनाउनुपर्ने छ।

बागलुङ–१ : राजमोले खातै नखोलेको क्षेत्र चित्रबहादुरलाई किन भयो 'सेफ जोन'? 

बागलुङमा तीन वटा क्षेत्र हुँदासम्म केसी क्षेत्र नं. २ मा उम्मेदवार बन्थे। यसअघिका दुई निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नबनेका उनी कांग्रेसको मतले जित्ने विश्वासमा यसपटक क्षेत्र नं. १ तिर सरेका छन्।

कास्की–२ : स्थानीय निर्वाचनमा झैँ समाजवादीले गर्ला ‘चमत्कार’?

६ वटा महानगरमा एमाले शून्य हुँदा गत स्थानीय निर्वाचनमा पोखराको मेयर एकीकृत समाजवादीले जित्नु ‘चमत्कार’जस्तै थियो। कास्की–२ मा त्यही चमत्कार दोहोरिएला?

आशा जगाउने गण्डकी, प्रदेशलाई बदनाम गर्न पनि उस्तै अग्रसर

गण्डकीका पहिलो मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनका लागि आफैँले गरेको संघर्ष भुलाउने गरी सरकार बचाउने ‘हर्कत’ गर्दा अर्का मुख्यमन्त्री नेपाली चर्को कर असुल्ने र मनपरी खर्च गर्नेमा बदनाम भए।