नेपालको पहिलो र दोस्रो राष्ट्रपति निष्पक्ष भएनन् भनेर प्रशस्त आलोचना भएका छन्। तेस्रो राष्ट्रपति उक्त परम्परा तोडी निष्पक्ष रूपमा राष्ट्रको अभिभावक बनून् भन्ने अपेक्षा सबैतिर छ। तर, के त्यसो हुनसक्ला?
थाहा पाईपाई, जानीजानी राज्य तथा जनतालाई गुमराहमा राखेको हो भने त्यस्तो व्यक्तिको हातमा गृह प्रशासन सुम्पिँदा मुलुकले पाउने लाभहानिको वासलात कस्तो होला?
‘नन–जेरो–सम गेम’ अवसरवादीहरूको खेल हो। किनभने प्रतिस्पर्धी समूहहरू परस्पर अन्तर्विरोधी र परिपुरकीय दुवै खालका स्वार्थहरूबाट निर्देशित हुन्छन्।
पहिलाे हुने मात्रै चुनिएपछि र संसद् तथा नीति निर्माणमा उसको मात्रै भूमिका हुने भएपछि जनताको 'भाेट खेर जाने' कुरा स्वाभाविक हाे। भाेट खेर जानु लोकतन्त्रको उपहास हाे।