प्रमुख राजनीतिक दलका सचेतकसँगको छलफलमा निष्कर्ष ननिस्केपछि सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदर माग गर्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका पथप्रदर्शकको मृत्यु भएको छ।
सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो।
सुपा मन्दिर दर्शन गरी नवलपरासीका लागि फिर्ता हुँदै गरेको लु २ ख ३०३ नं को बस अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
यसअघि आजै साँझ ६:२७ बजे चीनको तिनग्री आसपास केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
अर्घाखाँचीको भुवनपाटामा आज साँझ बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको र ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
आज बिहान ९ः३० बजे शुरू भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो।
रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन्।
आगलागीमा फसेका तीन महिला र आठ पुरुषको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। आगो निभाउने प्रयास जारी छ।
इटहरीको मुख्यचोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान नौ बजेदेखि आगलागी भइरहेको छ।
पाँचथरको तुम्बेवा र तेह्रथुमको छथर गाउँपालिकाबीचमा रहेको हाक्पाराघाट पुल सम्पन्न भएमा सिधुवा–शुक्रबारे–फाक्चामारा–हाक्पाराघाट सडक तमोर करिडोरमा जोडिनेछ।
प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरेको छ।
बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
दलहरूबीच सहमति नजुट्दा मधेश प्रदेशसभा बैठक अनिश्चित बनेको छ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडकमर्मत नहुँदा स्थानीय र पर्यटकलाई समस्या भएको छ।
अख्तियारले धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित ३ जनाविरुद्ध ६ लाख ४४ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।
भारतले आयात हुने सामान बीआईएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनको निर्यात अवरुद्ध भएको छ।
वैदेशिक रोजगारीमा हिँडेका सर्लाहीका सद्दाम हुसेन र गुलबहार आलम ४० दिनदेखि महाराष्ट्र प्रहरीको थुनामा छन्। नाइस रेक्रुटिङ एजेन्सीले श्रम स्वीकृतिको नक्कली कागज बनाइदिँदा उनीहरू फन्दामा परेका हुन्।