मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका पाँच जना जनाको अवस्था गम्भीर रहेको छ भने दुई जनाको अवस्था समान्य छन्।
राजावादीको आन्दोलनका क्रममा आगजनी भएको तीनकुनेको घरमा एक जनाको डढेको अवस्थामा शव भेटिएको छ।
तीनकुने क्षेत्रमा कर्फ्युको आदेशपछि काठमाडौँ प्रशासनले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ।
राजसंस्था पुनर्स्थापनालगायतका माग गर्दै काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ।
काठमाडौँ प्रशासनले कोटेश्वर क्षेत्रमा कर्फ्युको आदेश जारी गरेसँगै कोटेश्वर क्षेत्रमा नेपाली सेना परिचालित भएको छ।
थाइल्यान्डमा भूकम्पबाट भवन ढल्दा भग्नावशेषमा पुरिएर तीन जनाको मृत्यु भएको छ।
राजवादीको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बानेश्वरको तीनकुने क्षेत्रमा कर्फ्युको आदेश जारी गरेको छ।
राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेका छन्।
भूकम्पका कारण बैंककस्थित निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको स्थानीय प्रहरीले जनाएको छ।
राजसंस्था पुनर्स्थापनासहितको माग राखेर सडकमा उत्रिएका राजावादीको प्रदर्शनमा तनाव भएको छ।
प्रतिपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको शुक्रबारको बैठक एक घण्टाका लागि स्थगन भएको छ।
सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। त्यसपछि घिसिङले सर्वोच्चमा रिट दायर गरेका थिए।
गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ। अन्य पाँच जना घाइते छन्।
औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका थिए।
करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क बनाउन लागिएको हो। पार्क निर्माणले पर्यटन प्रवर्द्धन हुने स्थानीयले आशा गरेका छन्।
इजिप्टको लोकप्रिय पर्यटकीय क्षेत्र लाल सागरको हुर्घादामा पर्यटक बोकेको पनडुब्बी डुब्दा ६ जनाको मृत्यु भएको छ।
महँगो टिकटका कारण हवाई उड्डयन मात्र नभई पर्यटनका अन्य व्यवसायमा पनि प्रत्यक्ष असर परेको व्यवसायीहरूको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनमाथि शुक्रबार सुनुवाइ हुने भएको छ।
प्रमुख राजनीतिक दलका सचेतकसँगको छलफलमा निष्कर्ष ननिस्केपछि सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ।