कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका मानबहादुर धानुक सम्पर्कविहीन भएको २८ वर्षपछि घर फर्किएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकले नागरिकतासहित तीन वटा विधेयक छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
राप्रपाका सांसद धवलशमशेर राणा राज्यविरुद्धको कसुर अपराधमा पक्राउ परेकोबारे सदनलाई जानकारी गराइएको छ।
बाक्लो तुँवालोका कारण न्यून भिजिबिलिटी हुँदा विभिन्न एयरलाइन्सका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।
अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकासिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य बढेको छ।
वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो।
आज कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
‘हामीले राजनीति वा सरकार परिवर्तनकै नाममा पछिल्ला १२ वर्षको अवधिमा २० जना परराष्ट्रमन्त्री बनाएका रहेछौँ। त्यस्तै हतारोमा पहिले राजदूत नियुक्त गरेपछि मात्रै राजदूतावास खोलेका रहेछौँ।’
प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएर रवीन्द्र मिश्र, सांसद डा. धवलशमशेर जबरासहित ११ जनामाथि संगठित रूपमा राज्यविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाएको छ।
सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायतलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
दलहरूबीच सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ।
तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेताद्वय रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका व्यक्तिलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
साढे दुई वर्षअघि टुकुचाको अतिक्रमण हटाउन डोजर चलाएको काठमाडौँ महानगर त्यसयता टुकुचा संरक्षणका लागि के गर्दै छ भन्ने त कतै देखिन्न। बरु महानगरले हटाएका टुकुचामाथिका संरचना फेरि दुरुस्त भइसकेका छन्।
अनुगमनका क्रममा अधिकांश सुधारगृह मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको, सानो कोठामा धेरै व्यक्तिलाई राखेको, मनोपरामर्श चिकित्सकको सुविधासमेत नभएको पाइएको चितवन प्रशासनले जनाएको छ।
जनकपुरधाम उपमहानगर– २३ बिन्धीमा आंसु यादवको हत्यामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै अवरुद्ध पारिएको सडक खुलाउन पुगेका प्रहरी र स्थानीयबीच झडप भएको छ।
सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा दुई/दुई जना विदेशी र एक/एक जना नेपाली चिकित्सकले स्वास्थ्य सेवा प्रदान गर्नेछन्।
न्यायाधीश शारंगा सुवेदीको इजलासले सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो। इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न चैत २६ गते दुवै पक्षलाई झिकाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपक्षीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो।
अमेरिकाबाट भुटानमा ‘डिपोर्ट’ गरिएलगत्तै भारतीय स्थलमार्गबाट दमकस्थित बेलडाँगी आइपुगेका भुटानी शरणार्थीलाई आवश्यक प्रक्रियापछि प्रवेशको अन्तिम विन्दु भारततिरै फर्काउने झापा प्रशासनले तयारी गरेको छ।