AnonymousUser

Logout

नेपाल सुपर लिग : साबिक विजेता ललितपुरलाई काठमाडौँले बराबरीमा रोक्यो

नेपाल सुपर लिगको उद्घाटन खेलमा साबिक विजेता ललितपुर सिटीलाई काठमाडौँ रेजर्सले बराबरीमा रोकेको छ।

कैलालीमा भारतीय तीर्थयात्री सवार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २७ घाइते

कैलालीको कैलारी गाउँपालिका, मनिकापुर सडकखण्डमा शनिबार भारतीय नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। 

तीनकुने प्रकरण: तोडफोड, आगजनी र लुटपाटमा संलग्न १११ जना पक्राउ

पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटनाका लागि उक्साउनेसहित १११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्ने कांग्रेसको निष्कर्ष

सत्ता साझेदार दल नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा शुक्रबार भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। 

प्रहरीले संसद्लाई दियो फौजदारी अभियोगमा धवलशमशेर पक्राउको जानकारी

प्रहरीले राप्रपाका सांसद धवलशमशेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ।

काठमाडौँ महानगरले पूर्वराजा शाहलाई तोक्यो करिब ८ लाख जरिबाना

तीनकुने क्षेत्रमा शुक्रबारको प्रदर्शनमा प्रदर्शनकारीले फोहोर र तोडफोड गरेको भन्दै काठमाडौँ महानगरले सात लाख ९३ हजार रुपैयाँ जरिबाना तोक्दै पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा आठ वटा पत्र काटेको छ।

तीनकुने घटना: पत्रकार आन्दोलित

शुक्रबार विभिन्न सञ्चारगृहमा भएको आगजनी र तोडफोड, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा शनिबार देशव्यापी प्रदर्शनसमेत गरिएको छ।

सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीले दिए राजीनामा

मन्त्री लक्ष्मणकिशोर चौधरीले वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने श्रव्य सामग्री सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।  

पत्रकार मृत्यु र मिडियामाथिको आक्रमणविरुद्ध महासंघको प्रदर्शन

पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघको अगुवाइमा शनिबार बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।

ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन आग्रह

परीक्षा जस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन हुन दिनु देशका सम्पूर्ण नागरिकको कर्तव्य रहेको उल्लेख गरिएको छ। 

तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्न १०५ जना प्रहरी नियन्त्रणमा, दुर्गा प्रसाईं फरार

राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन्। उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ। 

हट्यो तीनकुने र आसपासको कर्फ्यु

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि सो क्षेत्रमा शुक्रबार दिउँसो ४: २५ देखि कर्फ्यु लगाइएको थियो।  शुरूमा राति १० बजेसम्म जारी गरिएको आदेश शनिबार बिहान सात बजेसम्म लम्ब्याइएको थियो। 

राजावादीको प्रदर्शन: १४ स्थानमा आगजनी, ९ संस्था तथा कार्यालयमा तोडफोड

प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ।

रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपाल पक्राउ

प्रहरीले राजावादीको आन्दोलनमा संलग्न राप्रपाका नेताद्वय रवीन्द्र मिश्र, धवलशमशेर राणा र संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई पक्राउ गरेको छ।

जडीबुटी प्रशोधन केन्द्रको आगजनी ४ घण्टामा निभाइयो

पूर्वराजाका समर्थकहरूले जडीबुटी प्रशोधन केन्द्रमा लगाएको आगो ६ वटा दमकलले चार घण्टामा निभाएको जुद्ध वरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए। 

सुरक्षा चुकले विध्वंस बनेको राजावादीको आन्दोलन

दुई जनाको मृत्यु, राजधानीका दर्जनौँ ठाउँमा आगजनी, तोडफोड र लुटपाट हुँदै त्रासद अराजकता बनेको राजावादीको आन्दोलनलाई सरकारकै कमजोरीले कसरी मलजल गर्‍यो? कहाँ कसरी भयो सुरक्षामा चुक? 

तीनकुने क्षेत्रमा शनिबार बिहानसम्मै कर्फ्यु

जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी कर्फ्यूलाई शनिबार बिहान ७ बजेसम्मका लागि लम्ब्याएको छ।

सुरक्षाका कारण रोकिएको त्रिभुवन विमानस्थलको हवाई उडान नियमित

प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै जहाज उडान तथा अवतरण रोकिएको थियो।

हितेन्द्रदेव शाक्यको रिटमा लिखित जवाफ माग

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनमा लिखित जवाफ माग गरेको छ। 

हिंसात्मक गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।