AnonymousUser

Logout

तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो।

चैत १५ गतेको आन्दोलनका क्रममा २० जनामाथि गोली प्रहार

आन्दोलनमा जम्मा ५८ राउन्ड गोली प्रहार, ७४६ राउन्ड टियर ग्यास र १९२ पटक ब्ल्यांक फायर भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले बताए।

लरेन्स विश्नोईको नाम लिँदै फिराैती माग्दै हिँड्ने युवक पक्राउ

सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री)लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जले लगायो ५०० हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो

चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ। गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो।

मेडिकल राहत सामग्रीसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

नेपाली सेनाले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूका लागि मेडिकल राहत पठाएको छ।

सम्झौता भएको पाँच वर्षसम्म थालिएन म्याग्दीको दाङखोलामा पुल निर्माण

धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठमा सम्पन्न हुनुपर्ने पुलको निर्माण नै शुरू भएको छैन।

पाँच वर्षमा पनि पूरा भएन तीनखुट्टे–देवीटार सडक

काभ्रेपलान्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने ८.७ किलोमिटर सडकको ट्र्याक खोलेर सडक कालोपत्रका लागि २०७७ असोजमा काम शुरू भए पनि पूरा भएको छैन।

आफ्ना नागरिक फेरि देश निकाला गर्ने भुटानको ‘अमानवीय कार्य’ भर्त्सनायोग्य : अधिकारकर्मी

विज्ञप्तिमा ६ जना हराइरहेको अवस्थालाई ‘गम्भीर’ भन्दै राज्यविहीनसँगै भुटानी शरणार्थीको बेपत्ताबारे ध्यान दिन नेपाल तथा अमेरिका, राष्ट्रसंघीय शरणार्थी आयोगसहितका निकायलाई आह्वान गरिएको छ।

हिउँदे अधिवेशनमा दर्ता भएका १२ विधेयकमध्ये ५ वटा पारित

हिउँदे अधिवेशनमा १२ वटा विधेयक दर्ता भएकामा ५ वटा संघीय संसद्का दुवै सभाबाट पारित हुँदा चार वटा समितिमा विचाराधीन छन् भने तीन वटा सदनसमक्ष प्रस्तुत मात्र भएका छन्।

धनुषाको मुखियापट्टी मुसहरनियाले बन्द गरायो अनुमतिबिना सञ्चालित ११ विद्यालय

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अनुमतिबिना सञ्चालित ११ वटा निजी विद्यालयमा तालाबन्दी गरेको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

मंगलबार नेप्से परिसूचक १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा कायम भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा सञ्चालन

मंगलबारदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। 

बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन मंगलबार बैंकक प्रस्थान गरेका छन्।

रिपोर्टिङ गर्दागर्दै आगोमा हराएका सुरेश

सुरेशसँग एभिन्युजमा करिब ८ वर्ष निरन्तर रिपोर्टिङ गरेको अनुभव थियो। उनले २०७९ सालमा हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार पाएका थिए। तर यसपालि जोखिमबाटै उम्कन सकेनन्।

प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका बोहराको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा मंगलबार निधन भएको हो।

बीपी राजमार्ग: चौकीडाँडादेखि बर्खेखोलासम्म वैकल्पिक सडक निर्माण गरिँदै

नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ।

सुनसरीको हरिनगरमा आगलागी, २९ घर जले

सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुरस्थित बङाली टोलमा विद्युत् सर्ट भई आगलागी भएको छ। यहाँ अधिकांश फुस र टिनले छाएका घर रहेका थिए।

सिस्नेरी खोलामा डुबेर ३ बालकको मृत्यु

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर सोमबार तीन बालकको मृत्यु भएको छ।

अवैध रूपमा सञ्चालित अस्पतालका २ व्यवस्थापक पक्राउ

मधेश प्रदेश सरकारले बन्द गर्न दिएको निर्देशन अवज्ञा गर्दै बिरामीलाई भर्ना गरेर उपचार गर्ने जनकपुरधामको एक अस्पतालका दुई जना व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ।

सम्पर्कविहीन भएको २८ वर्षपछि टुप्लुक्क घर आइपुगेपछि....

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका मानबहादुर धानुक सम्पर्कविहीन भएको २८ वर्षपछि घर फर्किएका छन्।