विसं २०८० फागुन २ गते प्रतिनिधिसभामा दर्ता भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८२ असार १५ गते पारित भएको थियो।
आज बसेको मन्त्रिस्तरीय बैठकले नेपालमा सूचीकृत नभएका अनलाइन तथा फेसबुक, एक्सलगायत सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो।
अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अस्पतालले अन्यत्र ‘रेफर’ गरेको पीडितले गुनासो गरेका छन्।
सडक अवरुद्ध भएपछि ढोरपाटन शिकार आरक्ष आवागमन गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो।
गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो।
खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थीहरू तर्ने क्रममा शशिकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो।
भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएपछि कन्चनपुररमा उच्च सतर्कता अपनाइएको छ।
पैदल बाटो अवरुद्ध र सञ्चार सेवा नहुँदा छांगरु र तिंकर गाउँको जनजीवन कष्टकर बनेको छ। बाटो मर्मत गरेर सञ्चालन गर्न नसकिए गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ।
कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पंगेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा मृत्यु भएको छ।
भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लामासमेत अनुभव गरिएको थियो।
संविधानले नचिनेको भाषा र लिपिमा इम्बोस्ड नम्बर राख्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
विदेशबाट हुण्डीमार्फत पैसा पठाउँदा स्क्यामरको फन्दामा पर्ने र रकम गुमाउने धेरै छन्। नेपालमा प्रलोभनमा परी आफ्नो खाताबाट रकम ट्रान्सफर गरिदिने र पाउने दुवैले कानूनी झमेलासमेत बेहोरिरहेका छन्।
शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
यस प्रणालीको कार्यान्वयनमार्फत भिजिट भिसामा नेपाल आउने विदेशी नागरिकको बसाइ तथा गतिविधिको अभिलेख व्यवस्थित गर्न सहज हुने विश्वास गरिएको छ।
कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अस्तित्वमै अवरोध बनेको ओभरहेड ट्यांकीको उचाइ घटाउने–नघटाउने निर्णय गर्न खानेपानी मन्त्रालयले निर्देशन दिए पनि संस्थान भने क्यानको प्रतिवेदनमा अल्झिएको छ।
सदरमुकाम धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने कालु पाण्डे मार्ग २०५८ सालमा कालोपत्र भएको हो। सडक भासिने र पहिरो जाने क्रम भने अझै रोकिएको छैन।
बीपी राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ।
भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन्।