AnonymousUser

Logout

वर्षाले देशभरका ९ राजमार्ग अवरुद्ध

तेह्रथुमस्थित मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भएका छन्।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिनको निधन

नगरप्रमुख सजरुद्दिन मुसलमानको शनिबार बिहान हृदयाघातका कारण निवासमै निधन भएको हो।

दैजी जोगबुढा सडक: ८ वर्षमा ५ किमी कालोपत्र

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने सडक निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ।

संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार

राणाकालमा यहाँ टकमारीमार्फत बनाइएका एक तोला र दुई तोलाका डोली पैसा चलनमा आएका थिए। टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयको भनाइ छ।

स्याफ्रुबेँसी–टिमुरे राजमार्गमा हल्का सवारीसाधन सञ्चालन

गत असारमा ल्हेन्देखोलामा आएको बाढीले क्षति पुगेको स्याफ्रुबेँसी–रसुवागढी खण्ड आजदेखि सञ्चालनमा आएको छ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित

मन्त्री अधिकारीले यो विधेयक भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन ल्याइएको बताए।

अध्यागमनको जिम्मा प्रहरीलाई!

भिजिट भिसा प्रकरणबाट छताछुल्ल संगठित मानवतस्करी र त्यसले देशकै छविमा पुर्याइरहेको क्षति रोक्न पहिल्याइएको विकल्प हो– प्रहरीलाई अध्यागमनको जिम्मेवारी। डेढ दशकदेखि चलिरहेको यो प्रयास अब टुंगोमा पुग्ला?

एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको समितिलाई बुझायो ८३ लाख नगद र जिन्सी सामग्री

गत बैशाखमा भएको एकता महाधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो। सोही समितिलाई अधिवेशनबाट बचेको नगद र जिन्सी हस्तान्तरण गरिएको हो।

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो।

अछाममा छाउगोठमा सुतेका २ जनाको मृत्यु, १ घाइते

घरबाट टाढा छाउगोठमा सुतेको बेला भीरबाट खसेको ढुंगाले लागेर दुई जनाको मृत्यु भएको छ।

जडीबुटीमा पार्किङ गरिएको बसमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

मृत्यु हुनेमा काभ्रेपलान्चोक पाँचखाल–२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी सुनवल–१ का २२ वर्षीय शिरीष पौडेल रहेका छन्।

भक्तपुरमा १४० परिवार बाढीको जोखिममा

मनोहरा खोलामा बन्दै गरेको पुलसम्म जाने सडक पनि खोलाले बगाएको छ। बस्ती नजिक खोला आइपुगेपछि स्थानीय त्रसित भएका छन्।

गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका वृद्धको आज गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

खोलामा डुबेर ४ किशोरको मृत्यु

कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ।

मिर्चैयामा ‘ओभरपास’ निर्माण हुँदै

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिरहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ।

युवा उमेर अब १८ देखि ३५ वर्ष

सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवा उमेर १८–३५ वर्ष कायम भएको छ। यसअघि १६–४० वर्ष थियो।

बाढीपहिरोले देशभरका नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

बाढीले बेलिब्रिज बगाएपछि साउन ६ यता तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड पनि अवरुद्ध छ।

डडेलधुरामा जिप दुर्घटना: ४ जनाको मृत्यु, ६ घाइते

नवदुर्गा गाउँपालिका–५ को चौडबाट जिल्ला सदरमुकामका लागि छुटेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो।

कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बिहीबार बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

धादिङको थाक्रेमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण बुधबार राति लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।