AnonymousUser

Logout

अमेरिकी दूतावासद्वारा आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण

विधिविज्ञान प्रयोगशालामा हुने परीक्षणलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउन अमेरिकी दूतावासबाट डीएनए सफ्टवेयर र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट प्राप्त भएको हो।

रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा

महिलालाई दुर्व्यवहार गरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो, ठाउँठाउँमा वर्षा

बागमती नदी बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भन्दै महाशाखाले सूचना जारी गरेको छ।

रुबी साहका हत्या आरोपी पासवानको मृत्यु

गत शनिबार रौतहटको गौर नगरपालिका–९ गौर–सिर्सिया सडक खण्डअन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा सुटकेशभित्र साहको शव फेला परेको थियो।

नेपालीलाई सर्बियामा रोजगारीको प्रलोभन, नक्कली भिसा देखाएर दिल्लीमा ठगी

भारतीय प्रहरी अधिकारीहरूका अनुसार यो र्‍याकेटले नेपाली नागरिकहरूलाई सर्बियामा जागिर लगाइदिने आश्वासन दिएर फसाएको थियो।

अखाद्य वस्तु भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकलाई २ लाख जरिबाना

विभागले मदिराको नमुना संकलन गरी जाँच गरेको थियो। जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्त्व फेला परेको पुष्टि भएको थियो।

इम्बोस्ड नम्बर प्लेट अनियमितता प्रकरणः उजुरी परेको ९ वर्षपछि अख्तियारबाट ‘क्लिनचिट’

एक दशकअघि नै सवारीसाधनमा ‘डिजिटल नम्बरप्लेट’ राख्ने योजना ल्याइएको थियो। त्यसका लागि इम्बोस्ड नम्बर प्लेट बनाउने ठेक्कासमेत लगाइसकेको सरकारले अख्तियारमा परेको उजुरीका कारण निर्णय लागू गर्न सकेको थिएन।

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

कालिकोटको कालेखोलामा सडक भासिएपछि कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

झापामा सवारी दुर्घटना: १ जनाको मृत्यु, ४ घाइते

दुर्घटनामा शिवसताक्षी नगरपालिका–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी ३७ वर्षीया पत्नी पुनमदेवी, १४ वर्षीय छोरा प्रसन्न र नौ वर्षीया छोरी प्रिन्सा घाइते भएका छन्।

अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

दुर्घटनामा मृत्यु हुनेसहित सबै घाइते भारतीय नागरिक रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

इम्बोस्ड नम्बर प्लेट नलगाए तत्काल कारबाही नहुने: विभाग

विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट नलगाए असोज १ देखि जरिबाना र कारबाहीमा परिने भन्ने भ्रममा नपर्न प्रष्ट पारेको छ।

पोखरा र गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल

दुवै विमानस्थलबाट नियमित उडान गर्नेसम्बन्धी कार्ययोजनामा मंगलबार अर्थ मन्त्रालयमा छलफल भएको

अनलाइन जुवा खेलाएको आरोपमा १ जना पक्राउ

उनको कोठाबाट नेपाली रुपैयाँ ९१ लाख पचास हजार, ११ वटा मोबाइल सेट, पैसा गन्ने मेसिनलगायत वस्तु बरामद गरिएको छ।

मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थांगी छ्यो पोखरी’

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट एक दिन गाडी र दुई दिनको पैदल यात्रामा पोखरीमा पुग्न सकिन्छ। पर्यटकको सहजताका लागि पदमार्ग र पाटीपौवा निर्माण भइरहेको छ।

इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय कार्यान्वयन गर्न सकिँदैन : महासंघ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ।

कैलाली कारागारका एक थुनुवाको मृत्यु

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो।

कवाडी व्यवसायीले घेरे काठमाडौँ महानगर

कवाडी व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौँ महानगर कार्यालय घेराउ गरेको छ।

काठमाडौँमा जोखिमपूर्ण फुटपाथ [तस्वीरहरू]

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

प्रचार नहुँदा ओझेलमा बागलुङको ‘दिज गाउँ’

गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गर्छ। तर विकास र प्रचारप्रसार अभावमा यो गाउँ ओझेलममा छ।

संविधान घोषणाको दशकलाई विशेष रूपमा मनाइने

यस वर्ष संविधान जारी भएको १० वर्ष पुगेकाले दिवसलाई थप हर्षोल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ।