AnonymousUser

Logout

झापा–१ बाट कांग्रेसका विश्वप्रकाश शर्मा निर्वाचित

झापा-१ बाट नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा ३९ हजार ६२४ मत ल्याएर निर्वाचित भएका छन्। 

पर्सा-२ बाट कांग्रेसका अजय चौरसिया विजयी

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौरसियाले २८ हजार ४५१ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी कुर्मीले २२ हजार ४४५ मत प्राप्त गरे। 

बागलुङ–२ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी

देवेन्द्र पौडेलले नेकपा एमालेकी मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरेका छन्।

जसपाको पहिलो जित, पर्सा–१ बाट प्रदीप यादव निर्वाचित

यादवले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई १ हजार ६२० मतान्तरले पराजित गरे।

कास्की–३ (क) बाट एमालेका गणेशमान गुरूङ विजयी

कास्की ३ (क) बाट गुरूङ १४ हजार ४७३ मत ल्याएर विजयी भएका छन्।

सप्तरी–२ बाट सीके राउत विजयी, उपेन्द्र यादव फराकिलो मतान्तरले पराजित

सप्तरी २ बाट जसपा अध्यक्षसमेत रहेका यादवलाई १८ हजार ६३ मतान्तरले हराउँदै सीके राउत निर्वाचित भएका छन्।

बर्दिया-२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी

बर्दिया- २ बाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतले पछि पार्दै लालवीर चौधरी विजयी भएका छन्।

बागलुङ-१ बाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विजयी

बागलुङ-१ मा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले हराउँदै राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विजयी भएका छन्।

काठमाडौं–६ बाट स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

काठमाडौँ–६ शिशिर खनाल १४ हजार २०४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याए।

ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी

ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी भएका छन्। माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्री २०८ मतान्तरले पराजित भए।

सिन्धुली–२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी

सिन्धुली-२ मा एमालेका मनोजजंग थापालाई साढे ५ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै दाहाल निर्वाचित भएका छन्।

अर्घाखाँची प्रदेशसभा (१) मा एमालेका आचार्य विजयी

अर्घाखाँचीको प्रदेशसभा (१) मा एमालेका चेतनारायण आचार्य २० हजार ५१८  मतसहित विजयी भएका छन्।

गुल्मी-२ बाट एमालेका गोकर्ण विष्टको 'ह्याट्रिक', झाँक्रीले दिइन् बधाइ

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत मात्रै प्राप्त गरिन्।

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

प्रतिनिधिसभा सदस्यसमेत जित हासिल गरेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ पनि १ र २ पनि जित निकालेको छ।

काठमाडौँ–१ मा कांग्रेसको ‘क्लिन स्विप’

काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा र दुवै पदेशसभामा कांग्रेस उम्मेदवार विजयी भएका छन्।

बाँके–२ मा राप्रपाका धवलशमशेर विजयी 

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरा निर्वाचित भएका छन्।

पर्सा– ४ मा कांग्रेसका रिजाल विजयी

पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका रमेश रिजाल विजयी भएका छन्।

कास्की– २ काे प्रदेशसभा (१) मा एमालेका कार्की निर्वाचित

कास्की क्षेत्र नम्बर २ काे प्रदेशसभा (१) मा नेकपा एमालेका भीम कार्की विजयी भएका छन्।

बागलुङका चारवटै प्रदेशसभामा कांग्रेसको जित

बागलुङका चारवटै प्रदेशसभामा नेपाली कांग्रेसले जित हासिल गरेकाे छ।

सुर्खेत–२ मा कांग्रेसका थानी निर्वाचित

सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित भएका छन्। उनले ३४ हजार ६२५ मत प्राप्त गरे।