AnonymousUser

Logout

अछाम–१ मा एकीकृत समाजवादीका कुँवर विजयी

अछाम क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन्।

काठमाडौँ–७ बाट रास्वपाका गणेश पराजुली निर्वाचित 

काठमाडौँ क्षेत्र नम्बर ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली आठ हजार ७४३ मतसहित विजयी भएका छन्।

काठमाडौँ–२ मा रास्वपाकी गौतम विजयी

काठमाडौँ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। उनले १५ हजार दुई सय २९ मत पाइन्।

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री श्रेष्ठ तेस्राे

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई ४ हजार २१६ मतान्तरले पराजित गरे।

डडेलधुराबाट शेरबहादुर देउवाको सातौँ जित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौंपटक निर्वाचित भएका छन्। देउवा २५ हजार ५३४ मतसहित विजयी भएका हुन्।

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

ललितपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्।

सीके राउतले अग्रता लिइरहेको सप्तरी-२ मा मतगणना रोकियो

जसपाका नेता/कार्यकर्ताहरूले मतगणना केन्द्रअगाडि धर्नासमेत शुरू गरेका छन्।

काठमाडौँ-३ बाट कांग्रेसका चालिसे निर्वाचित

नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे निर्वाचित भएका छन्।

बागलुङ-१ मा एमालेका पाठकको अग्रता, पछ्याउँदै चित्रबहादुर

बागलुङ-१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा नेकपा एमालेका डा. सूर्य पाठक ५७ मतले अगाडि छन्।

काठमाडौँ-५ मा कांग्रेसका प्रदीप पौडेल विजयी

नेकपा एमालेका ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले हराउँदै पौडेल विजयी भएका छन्।

दाङ–२ मा रेखा शर्माको अग्रता कायमै 

ताजा मतपरिणामअनुसार शर्माले नेकपा एमालेका शंकर पोखरेललाई १९ सय १३ मतले पछि पारेकी छन्।

डडेलधुरामा देउवाको फराकिलो मतान्तर कायमै

डडेलधुरामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले फराकिलो मतान्तर कायमै राखेका छन्।

बागलुङ २ (ख) मा कांग्रेसका कुँवर विजयी 

प्रतिस्पर्धी एमालेका लक्ष्मण पुनलाई ३ हजार ३३७ मतले पछि पार्दै कुँवर निर्वाचित भएका हुन्। 

रोल्पामा वर्षमान पुनको अग्रता कायमै

रोल्पामा १५ हजार २८६ मत गणना हुँदा वर्षमान पुनले तेब्बर मतले अग्रता कायम राखेका छन्।

ललितपुर २ को प्रदेशसभा १ मा एमालेका श्रेष्ठ निर्वाचित

ललितपुर-२ को प्रदेशसभा १ मा एमालेका रामेश्वर श्रेष्ठले ८ हजार २९८ मत प्राप्त गरेका छन्। 

मकवानपुर–१ मा डिना उपाध्याय अगाडि, दोस्रोमा कमल थापा

नेपाली कांग्रेसकी डिना उपाध्याय सात हजार ५७८ मत प्राप्त गरेर अग्रस्थानमा छिन्। उनलाई राप्रपा नेपालका कमल थापाले पछ्याइरहेका छन्।

रसुवामा मोहन आचार्य विजयी

नेपाली कांग्रेसका आचार्य १८ हजार २३५ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उदयपुर–२ मा एमालेका रायमाझी निर्वाचित

रायमाझीले आफ्ना प्रतिस्पर्धी खतिवडालाई २ हजार ३५८ मतको अन्तरमा पराजित गरेका हुन्।

ताप्लेजुङमा खेलप्रसादलाई पछ्याउँदै योगश भट्टराई

ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीभन्दा नेकपा एमालेका योगेश भट्टराई ५५६ मतले पछि परेका छन्।

१४७ स्थानमा मतगणना जारी : कांग्रेसको ४८ र एमालेको ३४ स्थानमा अग्रता

जारी मतगणनामा नेपाली कांग्रेस ४८, नेकपा एमाले ३४, नेकपा माओवादी केन्द्र १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा एकीकृत समाजवादी सात र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन्।