AnonymousUser

Logout

एमालेले टुंग्यायो समानुपातिकका ३४ सांसद्को नाम, एकनाथ ढकालदेखि देवी भट्टचनसम्म समेटिए (सूचीसहित)

नेकपा एमालेले समानुपातिकतर्फको सांसदको अन्तिम सूची टुंग्याएर निर्वाचन आयोगमा पेस गर्ने तयारी गरेको छ।

समानुपातिक सांसदको सूची टुंगो लगाउँदै दलहरू

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरूले प्राप्त गरेको समानुपातिक सिट संख्याको अन्तिम सूची शनिबारसम्म बुझाउन निर्देशन दिएको थियो।

सुदूरपश्चिम प्रदेशसभातर्फ १११ उम्मेदवारको जमानत जफत

प्रदेशसभामा एमाले, नेकपा माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलका उम्मेदवारको समेत जमानत जफत भएको छ।

राजनीतिक दलहरूले निर्वाचनमा महिलामाथि विभेद गरे: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १० प्रतिशत पनि उम्मेदवार नबनाएर राजनीतिक दलहरूले महिलाहरूमाथि राजनीतिक हिंसा गरेको बताएका छन्।

प्रदेशसभामा कसरी चुनिन्छन् समानुपातिक सांसद?

मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको समग्र नतिजा आइसकेको छ। अब समानुपातिकतर्फको सिट बाँडफाँट प्रक्रिया शुरू भएको छ।

समानुपातिकमा कुन दलले कति सिट पाए? यस्तो छ आयोगको सूची

निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको छ।

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत २६ लाख १२ हजार रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

सकियो समानुपातिकको मतगणना, एकीकृत समाजवादी बनेन राष्ट्रिय दल

समानुपातिकको मतगणनामा ३ प्रतिशत 'थ्रेस होल्ड' कटाएका ७ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने भएका छन्।

समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार मतगणना, कुन दललाई कति मत?

समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार मत गणना भएको छ। जारी मतगणनामा २८ लाख ४५ हजार ६४१ मतसहित नेकपा एमाले अग्रस्थानमा छ।

प्रदेशसभातर्फ १११ सिटसहित कांग्रेस पहिलो, १२ स्थानमा स्वतन्त्र निर्वाचित

मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ। एमाले प्रदेश १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ। यस्तै कर्णालीमा कांग्रेस र माओवादीले समान नौ/नौ सिट जितेका छन्।

समानुपातिकतर्फको मतगणना मंगलबार सकिने

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ४७ हजार ७४९ मतगणना भएको छ।

प्रतिनिधिसभाका १६५ क्षेत्रकै नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते?

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जित्दै कांग्रेस पहिलो दल बनेकाे छ। दाेस्राे भएकाे एमालेले ४४ सिट जितेकाे छ। 

दोलखामा माओवादी केन्द्रका कार्की विजयी

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका बालकृष्ण शिवाकाेटीलाई पराजित गर्दै माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन्।

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै

दोलखामा ८५ हजार तीन सय ८८ खसेकोमा हालसम्म ५६ हजार तीन सय २१ मत गणना भएका छन्।

दोलखा प्रदेशसभा–२ मा एमालेका केसी विजयी

दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ मा कांग्रेसका बर्मा लामालाई पराजित गर्दै एमालेका भरतबहादुर केसी विजयी भएका छन्।

बाजुराबाट कांग्रेस सहमहामन्त्री पाण्डे निर्वाचित

एमाले सूदुरपश्चिम सहइञ्चार्ज कर्णबहादुर थापालाई पराजित गर्दै बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन्।

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीलाई अग्रता

दोलखाकाे प्रतिनिधिसभा सदस्यमा एमालेका बालकृष्ण शिवाकाेटीले हजार मतकाे अग्रता लिएका छन्।

सहज छैन 'नयाँ'लाई जनमत जोगाउन

कुनै बेला झन्डै दुईतिहाइ जनमत पाएका दलहरू विभाजित भएर चिल्लीबिल्ली भएको अवस्थामा नयाँ दलहरूबाट ठूलो आशा र अपेक्षा गरिहाल्नु अहिल्यै हतार हुनेछ।

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई ४३०४ मतको अग्रता

३६ हजार १९१ मत गन्दा पाण्डेले १९ हजार ७५७ मत प्राप्त गरेका छन् भने थापाले १५ हजार ४५३ मत ल्याएका छन्।

स्याङ्जा-२ बाट कांग्रेसका धनराज गुरुङ विजयी, पद्मा अर्याल पराजित

कांग्रेसका गुरुङले एमाले उम्मेदवार अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गरेका छन्।