सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ तीन लाख मत कटाएको छ।
कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई हराउदै धनुषा क्षेत्र नम्बर ४ बाट एमालेका रघुवीर महासेठ विजयी भएका छन्।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सार्वजनिक गरेको तथ्यांकमा निर्वाचनको समयमा दल तथा उम्मेदवारले बालबालिका तथा विद्यालयको प्रयोग गरेको देखिएको छ।
निर्वाचन आयोगले भर्खंरै सम्पन्न निर्वाचनमा सहभागी दल तथा उम्मेदवारलाई खर्चको विवरण ३५ दिनभित्र आयोगमा बुझाउन निर्देशन दिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ९३ लाख आठ हजार १६४ (खसेको मतको ८४.८२ प्रतिशत) मतगणना भइसकेको छ।
एमालेसहितका १५ उमेदवारले पुनः मतदानको माग राखेपछि उदयपुर–१ को मतगणना अनिश्चित बनेको छ।
बिहान १०ः४५ सम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २५ लाख ३४ हजार ३२३ मत पाएको छ।
धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव एमालेका रघुवीर महासेठभन्दा यादव ५४७ मतले अगाडि छन्।
सुनसरी–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन्।
प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। जसमध्ये दुईमा कांग्रेस, दुईमा एमाले र एक ठाउँमा जसपाका उम्मेदवार अगाडि छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ४८ हजार मतसहित तेस्रो स्थान उक्लिएको छ। माओवादी केन्द्रले १० लाख ३७ हजार मत पाएको छ।
इलाम- १ बाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
मंसिर ४ गते भएको मतदान कार्य स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको भन्दै निर्वाचन आयोगले मंसिर १५ गतेभित्र पुनः निर्वाचन गराउने निर्णय गरेको छ।
सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि पुनः मत गणनाको माग गर्दै कार्कीले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन्।
समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत कटाएको छ। रास्वपा १० लाख ८ हजार २४० मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।
निर्वाचित प्रतिनिधिसभा सदस्यले पारिश्रमिकका अलावा एक जना स्वकीय सचिव राख्न पाउँछन्। स्वकीय सचिवले राजपत्राङ्कित तृतीय श्रेणीको सेवा-सुविधाका साथै अतिरिक्त मासिक १ हजार रुपैयाँ भत्ता दिइन्छ।
समानुपातिकतर्फको जारी मतगणनामा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख मत कटाएको छ।
बागमती प्रदेशमा माओवादी केन्द्रबाट निर्वाचित अधिकांश प्रदेशसभा सदस्यहरू युवा अवस्थाका रहेका छन्।
अद्यावधिक विवरणअनुसार देशभरका मतगणनास्थलमा समानुपातिकतर्फका ८७ लाखभन्दा बढी मत गनिएका छन्। समानुपातिकमा एमाले पहिलो तथा कांग्रेस र माओवादी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई जनता समाजवादी पार्टीका अशोककुमार राईले चार मतले पछि पारेका छन्।