AnonymousUser

Logout

बाजुरामा मतगणना अनिश्चित, आरोपप्रत्याराेपमा कांग्रेस एमाले

कांग्रेस र एमाले कार्यकर्ताले एक अर्कालाई बुथ कब्जा गरी फर्जी मत खसाएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी हालेपछि बाजुरामा मतगणना अनिश्चित बनेको छ।

नौ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ काे अगाडि ?

प्रतिनिधिसभातर्फ परिणाम आउन बाँकी नौमध्ये कांग्रेस तीन क्षेत्रमा अगाडि छ। दुईक्षेत्रमा एमाले र एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। तीन क्षेत्रमा मतगणना हुन सकेकाे छैन।

खुम्चिए मधेश केन्द्रित दल : किन फेरियो मधेशको राजनीति?

मधेशका दुई ठूला दल जसपा र लोसपा यसपटकको निर्वाचनमा खुम्चिँदा उनीहरूसँगै गठबन्धन गरेका कांग्रेस र एमालेले पुरानो साख फर्काए। जनमत पार्टी नयाँ शक्तिको रूपमा आयो। कसरी फेरियो मधेशको राजनीति?

रामेछापमा कांग्रेसका कान्छाराम तामाङ निर्वाचित

रामेछापमा एमालेका कौशलप्रसाद ढुङ्गेललाई पराजित गर्दै कांग्रेसका कान्छाराम तामाङ विजयी भएका छन्। 

धनुषा–१ मा मातृका यादव पराजित, जसपाका दीपक कार्की विजयी

धनुषा–१ बाट माओवादी केन्द्रका मातृका यादवलाई हराउँदै जसपाका दीपक कार्की विजयी भएका छन्।

महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो विजयी

महोत्तरी–१ मा माओवादी उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमाले उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्।

इलाम–२ बाट एमालेका सुवासचन्द्र नेम्वाङ विजयी

इलाम–२ बाट कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गर्दै एमालेका सुवासचन्द्र नेम्वाङ विजयी भएका छन्। 

सुनसरी-२ बाट एमालेका भीम आचार्य निर्वाचित

सुनसरी-२ बाट नेकपा एमालेका भीम आचार्य करिब ६ हजार मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

इलाम–२ मा रोकियो मतगणना

मत हराएको भन्दै नाराबाजी भएपछि इलाम-२ को मतगणना रोकिएको छ।

सर्लाही–२ बाट महेन्द्र राय निर्वाचित, राजेन्द्र महतो पराजित

सर्लाही-२ बाट महेन्द्र राय निर्वाचित भएका छन्। राजेन्द्र महतो २ हजार मतान्तरले पराजित भएका छन्।

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम- १ मा पुनः मतदान गर्न माग गरेका छन्।

सुनसरी–४ को मतगणना स्थगित

एमालेको पक्षमा मत थपेर सार्वजनिक गरेको विषय छानबिन गरी निष्कर्ष निकालेर मात्र मतगणना गर्न ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका छन्।

सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो दल

सुदूरपश्चिममा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका ११ उम्मेदवार निर्वाचित भएका छन्।

मोरङ–३ बाट कांग्रेसका सुनील शर्मा निर्वाचित

मोरङ- ३ बाट नेपाली कांग्रेसका सुनील शर्मा विजयी भएका छन्। एमालेका भानुभक्त आचार्य र राप्रपाकी रेखा थापा पराजित भएका छन्।

रूपन्देही-३ बाट राप्रपाका दीपक बोहोरा विजयी, गृहमन्त्री बालकृष्ण खाँण पराजित

रूपन्देही-३ बाट गृहमन्त्री एवं नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई हराउँदै राप्रपाका दीपक बोहोरा निर्वाचित भएका छन्।

सुनसरी–३ मा विजय गच्छदारभन्दा भगवती चौधरी साढे ४ हजार मतले अगाडि

सुनसरी- ३ मा एमाले उम्मेदवार भगवती चौधरीको अग्रता कायमै छ। उनी नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा साढे ४ हजार मतले अगाडि छन्।

कपिलवस्तु–२ बाट कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित

कपिलवस्तु-२ बाट नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्।

बाजुराको बुढीनन्दा–५ मा मतदान जारी

बाजुराको बुढीनन्दा नगरपालिका–५ मा मंसिर ४ गते राेकिएकाे मतदान शनिबार जारी छ।

एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो, कुन दलको कति ?

निर्वाचन आयोगको तथ्यांक अनुसार बिहान ११ बजेसम्म एमालेले १८ लाख ४५ हजार ९६२ मत प्राप्त गरेको छ।

मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी

मुगुबाट एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।