मधेशमा नतिजा आउन बाँकी चारमध्ये दुई स्थानमा माओवादी केन्द्र, एक/एक स्थानमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन्।
एमालेका नारायणप्रसाद खतिवडालाई पराजित गर्दै नुवाकोट–२ बाट कांग्रेसका अजुर्ननरसिंह केसी निर्वाचित भएका छन्।
सिरहा क्षेत्र नम्बर २ बाट कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गर्दै जनता समाजवादी पार्टीका राजकिशोर यादव निर्वाचित भएका छन्।
सप्तरी–४ मा जसपाका बालकिशाेर यादवलाई पराजित गर्दै कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन्।
तेह्रथुमबाट निर्वाचित सीता गुरुङ कांग्रेसमा प्रत्यक्षतर्फ चुनाव जित्ने एक्लो महिला सांसद बनेकी छन्। सीताबाहेक कांग्रेसबाट प्रत्यक्षमा टिकट पाएका सबै महिला नेता पराजित भए।
हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका दल रावललाई पराजित गर्दै माओवादीका कार्चेन लामा निर्वाचित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै रूपन्देही-२ बाट एमालेका विष्णु पौडेल विजयी भएका छन्।
मोरङ–२ मा कांग्रेसकी सुजाता कोइरालालाई १ हजार २०८ मतले पछि पार्दै एमालेका ऋषिकेश पोखरेल विजयी भएका छन्।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट १६ हजार ३७५ मत प्राप्त गरी विजयी भएका छन्।
सिरहा-३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ २८ हजार ६४ मत ल्याएर विजयी भएका छन्।
कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी नेकपा एमालेका उम्मेदारले भन्दा ५ हजार ७४३ मत ल्याए विजजी भएका छन्।
पाल्पा-१ बाट नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाभन्दा १० हजार ८४७ बढी मत ल्याएर एमालेका नारायणप्रसाद आचार्य विजयी भएका छन्।
अहिलेसम्म एमालेबाट तीन, स्वतन्त्र पार्टीबाट दुई र माओवादी केन्द्र तथा नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना महिला प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
मोरङ–६ बाट नेपाली कांग्रेसका डा. शेखर कोइराला निर्वाचित भएका छन्। नेकपा एमालेका लालबाबु पण्डित पराजित भएका छन्।
पाल्पा २ बाट एकीकृत समाजवादी पार्टीका सोमप्रसाद पाण्डेलाई हराउँदै नेकपा एमालेका ठाकुर गैरे निर्वाचित भएका छन्।
रूकुम पश्चिमबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
कैलाली-५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त १ हजार ७४ मतान्तरले निर्वाचित भएका छन्।
निर्वाचित मनबहादुर गुरुङले २५ हजार सात सय आठ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत प्राप्त गरे।
अद्यावधिक मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा छ भने नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
गुल्मी–१ बाट चुनाव लडेका एमाले उपमहासचिव प्रदिप ज्ञवाली कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भएका छन्।