शाहीलाई सत्तागठबन्धनको नेपाली कांग्रेसको समर्थन थियो। माओवादी केन्द्रले भने आफ्नै उम्मेदवार खडा गरेको थियो।
कांग्रेसका पाण्डेले १८ हजार ३३१ मत ल्याउँदा नेकपा एमालेका कर्णबहादुर थापाले १४ हजार २१० मत प्राप्त गरेका छन्।
वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डेले १७ हजार ४० मत ल्याउँदा एमालेका कर्णबहादुर थापा १३ हजार १५३ मत ल्याएका छन्।
हालसम्म २२ हजार ९६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले १० हजार ७३७ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार ४०१ मत ल्याएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६६२ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार ३८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार ६२८ मतसहित दोस्रो स्थानमा रहेको छ।
बाजुरामा प्रतिनिधससभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डेले नौ हजार ९५९ मतसहित अग्रता कायम राखेका छन्।
शुक्रबार साँझसम्मको गणनाअनुसार गुरुङले १८ हजार १९ मत प्राप्त गर्दा अर्यालले १६ हजार ४६१ मत ल्याएकी छन्।
हालसम्म ११ हजार ८२९ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले पाँच हजार ६४३ मत प्राप्त गरेका छन्।
बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले २४ सय मतले अग्रता लिएका छन्।
अहिलेसम्म एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएको आयोगले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचनसम्बन्धी सम्पूर्ण कामहरू सकिने बताएका छन्।
बाजुरामा रोकिएको मतगणना पुनः शुरू भएको छ। मुचुल्कामा भन्दा ४० वटा बढी मतपत्र भेटिएपछि शुक्रबार बिहान ८ बजेबाट मतगणना रोकिएको थियो।
निर्वाचन अधिकृत ढाकाराम पौडेलले बाजुरामा मतगणना पुनः शुरू गर्नका लागि दलहरूसँग छलफल भइरहेको बताएका छन्।
बाजुरामा बिहान ८ बजेदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन।
बाजुरामा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ।
दाेलाखामा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्। उनलाई एमालेका बालकृष्ण शिवाकाेटीले पछ्याइरहे्का छन्।
स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसका धनराज गुरुङले निरन्तर अग्रता लिइरहेका छन्। एमालेका पद्माकुमारी अर्याल शुरूदेखिनै पछि परेकी छन्।
बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डले अग्रता लिएका छन्।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए। उनले ५० प्रतिशत मत खसेको जानकारी दिए।