AnonymousUser

Logout

क्रिके‍ट

क्रिकेट विश्वकप छनोटमा पुगेको खुशियाली

नेपालले विश्वकप क्रिकेटको छनोट खेल्न पाउने भएको छ। लिग–२ को अन्तिम खेलमा यूएईलाई डर्कवर्थ लेविस नियमका आधारमा पराजित गर्दै नेपालले टेस्ट राष्ट्रहरूसँग ओडीआई खेल्ने मौका सुनिश्चित गरेको हो। नेपालले डर्कवर्थ लेविस नियमका आधारमा यूएईलाई ९ रनले पराजित गरेको हो। अब नेपालले जिम्बाब्वेमा आगामी जुन–जुलाईमा हुने विश्वकप छनोट खेल्नेछ। 

शपथ समारोह

राष्ट्रपति रामचन्द्र पौडेलको शपथ समारोह

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएका छन्। पौडेलले सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन्।

११३ औँ

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उत्साह

संयुक्त महिला संघ संघर्ष समितिद्वारा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित र्‍याली ।

होली

होलीमा ट्राफिक चेकिङ

होलीका अवसरमा काठमाडौँ उपत्यकामा प्रहरीले ट्राफिक चेकिङमा कडाइ गरेको छ।

होली पर्व

आयो होली

रङहरूको पर्व होली नजिकिएसँगै रङ, टि–सर्ट र पिचकारीको व्यापार बढेको छ। विशेषगरी बालबालिका र किशोरकिशोरीहरूको बढी लगाव हुने यो पर्वका लागि उनीहरूले रङ, टि–सर्ट, पिचकारीलगायतका सामग्री खरिद गर्ने गर्छन्। होलीको पूर्वसन्ध्यामा काठमाडौँको असन, इन्द्रचोक लगायतका स्थानमा होलीका लागि आवश्यक सामान किन्नेहरूको भीड तस्वीरमा:

फूलैफूल

रंगीचंगी काठमाडौँ

काठमाडौँका सडक, पार्क र खोला छेउ यतिबेला सेता, गुलाबी र रातो रङका फूलले रंगीविरंगी देखिएका छन्। वसन्त ऋतुलाई फूल फुल्ने मौसमका रूपमा लिइन्छ। यो मौसममा काठमाडौँ उपत्यकामा यसरी थुप्रै ठाउँहरूमा फुल्ने गर्दछ। भृकुटी मण्डप, बागमती किनारका शन्खमुल क्षेत्र, तीनकुने, सिनामंगल जाने बाटो र रिङरोडका विभिन्न भागमा यतिबेला रंगिविरंगी फूल फुलेको छ।

हिउँद

तस्वीरमा हिउँदे वर्षा

काठमाडौँ उपत्यकासहित देशभर लामो समयपछि वर्षा भएको छ। आइतबार दिउँसोदेखि विभिन्न स्थानमा पानी परेको हो। पश्चिमी वायुसँगै भित्रिएको हिउँदे मनसुन ढिलो गरी भित्रिएको हो। आज देशभर विभिन्न स्थानमा वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको मौसम विभागले जनाएको छ। हिउँदे झरीले तोरी, फापर, गहुँ, उवा लगायतका बालीका लागि फलदायी मानिन्छ।  हिउँदे वर्षाले सिँचेको जमिनबाट बिरुवालाई वसन्त ऋतुमा पालुवा पलाउन, राम्ररी हुर्कन र फूल फुल्न चाहिने पोषण प्राप्त हुने बताइन्छ। पर्याप्त हिउँदे वर्षा भएका समयमा बिरुवाहरू हुर्कने र बाली सप्रने गर्छ। 

सैनिक मञ्च

प्रजातन्त्र दिवस

७३ औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोह\r\n

विरोध

व्यवसायीको विरोध प्रदर्शन

व्यवसायीप्रति सरकारको विभेद तथा वित्तीय सस्थाले आतंकित पारेको भन्दै विरोध प्रदर्शन गरिएको छ। शुक्रबार माइतीघर मण्डलमा आयोजित विरोध प्रदर्शनमा काठमाडौँस्थित विभिन्न व्यवसायी महासंघका प्रतिनिधिहरूको उपस्थितति थियो। बैंक र सरकारविरुद्ध विभिन्न प्लेकार्ड बोकेर व्यवसायीहरू माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए।

सुकुम्वासी आन्दोलन

न्याय माग्दै सुकुम्वासी सडकमा\r\n\r\n

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाडौँमा प्रदर्शन गरेको छ। भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित गर्न माग गर्दै शुक्रबार माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको हो। काठमाडौँ महानगरले सुकुम्वासी बस्ती हटाउन थालेसँगै मोर्चा आन्दोलित छ। तस्वीरहरू: अमित मचामसी

सरस्वती पूजा

लेख्ने रहर...

श्रीपञ्चमीलाई अक्षरारम्भको दिन पनि भन्ने चलन छ। यस दिनदेखि बालबालिकालाई विद्यालय पठाउने, लेख्न सिकाउने गरिन्छ। अभिभावकहरू छोराछोरीलाई लिएर मन्दिर, विद्यालय पुगेका छन्। बालबालिकाले विभिन्न मन्दिर र विद्यालयका भित्तामा चकले लेखेर अक्षरारम्भ गरेका छन्। तस्वीरहरू: अमित मचामसी र फाेटाे लाइब्रेरी

निर्मला कुर्मी

निर्मलाको न्यायका लागि नाटक प्रदर्शन

काठमाडौँ– बाँकेकी निर्मला कुर्मीको न्यायका लागि बृहत् नागरिक आन्दोलनले नाटक प्रदर्शन गरेको छ। सोमबार दिउँसो बृहत् नागरिक आन्दोलनले माइतीघर मण्डलमा निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिन नाटक प्रदर्शन गरेको हो। बाँकेबाट आएका रुबी खान नेतृत्वको अधिकारकर्मीको समूहले माइतीघर मण्डलमै निर्मलाको न्यायका लागि अनिश्चितकालीन धर्ना दिइरहेको छ। उनीहरूको समर्थन गर्दै बृहत् नागरिक आन्दोलनले विशेष प्रदर्शन गरेको हो। निर्मलाको २०७६ चैतमा शंकास्पद मृत्यु भएको थियो। सरकारले सो घटनाको सत्यतथ्य छानबिन नगरेको अधिकारकर्मीको आरोप छ। तस्वीरहरू : अमित मचामसी

शपथ

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथका दिलाउनुका साथै कार्यविभाजन गरेकी छन्।

पोखरा विमानस्थल

यस्तो देखियो पोखरा विमानस्थल

चीन सरकारको सहयोगमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ।

तमु ल्होसार

काठमाडौँमा तमु ल्हाेसारकाे राैनक\n

तमु समुदायले नयाँ वर्षाका रूपमा हर्षोल्लासका साथ ल्होसार पर्व मनाइरहेका छन्। काठमाडौँमा तमुहरूको मौलिक पहिचान झल्कने पोसाक, गहना र बाजागाजाहसित र्‍याली निकालिएको थियो। ‘गाई’ वर्षको बिदाइ र ‘बाघ’ वर्षको स्वागत गरेर यो पर्व मनाइँदै छ। तस्वीरहरू : अमित मचामसी

काठमाडाैँ महानगर दिवस

काठमाडाैँ महानगरले मनायाे स्थापना दिवस

काठमाडौँ महानगरपालिकाले बिहीबार २८औं स्थापना दिवस मनाएको छ। सहरी विकासमन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यमा दिवस मनाएको हो। दिवसको नारा ‘सांस्कृतिक सहर काठमाडौँ महानगर’ तय गरिएको थियो। सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा भएको थियो। त्यसपछि हरेक वर्ष मंसिर २९ गते महानगर दिवस मनाउँदै आइरहेको छ।

निर्वाचन-२०७९

धमाधम बनाइँदै मतदान केन्द्र

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्रको धमाधम निर्माण भइरहेको छ। आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुँदै छ। निर्वाचन आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदान गर्न योग्य मतदाता छन्। देशभर २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ। तस्वीरहरू : अमित मचामसी

तिहार झिलिमिली पार्ने चटारो

तिहार झिलिमिली पार्ने चटारोमा भक्तपुर

औँशीको कालो रातलाई पनि दियो बालेर झलमल बनाउँदै घरमा धनकी देवी लक्ष्मी भित्राउने चाड हो तिहार। नजिकिएको तिहारका लागि काठमाडौं उपत्यकाको प्राचीन शहर भक्तपुरका प्रजापति समुदाय माटाका पाला बनाउन व्यस्त छन्। भक्तपुरको पोटरी स्क्वायर, लिवाली, भोलाछेँ क्षेत्रमा माटाका पाला बनाउने–सुकाउनेहरुको व्यस्तता चुलिएको छ । पछिल्लो समय प्लास्टिकका दियो र विद्युतीय बत्तीले माटाका पालालाई विस्थापित बनाइरहँदा पालामै तेल र बत्ती बालेर तिहार उज्यालो बनाउनेहरु भने माटाका पाला खोज्दै भक्तपुर नै पुग्छन्।\nतस्वीरहरुः अमित मचामसी

किनमेल

दशैँमा असन

काठमाडौँको पुरानो बजारमध्येको एक हो असन। असनमा जन्मदेखि मृत्युसम्ममा चाहिने सबै सामग्री पाइने बताइन्छ। अन्य समयमा पनि भिडभाड हुने असनमा दशैँमा किनमेल गर्नेको संख्या बढ्ने गरेको छ।\nगएका दुई वर्ष कोरोना महामारीका कारण दशैँमा पनि असन सुनसान थियो। यसपटक असनका व्यापारीले व्यापार नभएको गुनासो गर्नु परेको छैन।

तस्वीरमा नेपाल

साताका ६ तस्वीर

यो साता संविधान दिवस परेको थियो। यही साता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पुस्तक विमोचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनमा रहेका दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरु भेला भए। त्यसैगरी, डेंगीको महामारी उकालो ग्राफमै रह्यो।