AnonymousUser

Logout

पर्व

जनै, राखीको व्यापार बढ्यो

प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन बिहीबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदै छ। जनै पूर्णिमा नजिकिएसँगै बजारमा राखी, जनै र धागोको व्यापार पनि बढेको छ। आजभोलि राखी लगाउने परम्परा फस्टाउँदै छ। बजारमा पनि जनैभन्दा धेरै राखी को किनमेल बढी छ। ब्राह्मण र क्षत्रिय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनै लगाउने चलन रही आएको छ। बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ।

बागमती

बागमतीमा र्‍याफ्टिङ सरर…

नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ  र्‍याफ्टिङ  एजेन्सिज नाराको संयोजनमा  पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाले शनिबार कुपोन्डोलस्थित बागमती नदीबाट सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेका छन्। बागमती तथा यसका सहायक नदीहरूको बिग्रँदो अवस्थालाई सुधार गर्न जलयात्रा आयोजना गरिएको हो। बागमतीलाई माछा बाँच्न, पौडी खेल्न र पानी खान योग्य तथा मृतकका लागि शुद्ध जल तर्पणयोग्य बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए। तस्वीरहरू: रासस/फोटो लाइब्रेरी

विरोध

‘तस्करीले देश बन्दैन’

देशमा भएको चरम भ्रष्टाचार, दण्डहीनता, नक्कली भुटानी शरणार्थी प्रकरण, सुनकाण्डलगायत विभिन्न अनियमितताको विरुद्धमा शनिबार बृहत् नागरिक आन्दोलन गरिएको छ। भद्रकाली मन्दिर परिसरमा आयोजना गरिएका सो विरोधसभामा सहभागीहरूले ‘तस्करीले देश बन्दैन’, ‘भ्रष्टाचारको विरुद्ध नबोल्नु पनि भ्रष्टाचार हो’, ‘घुम्ने मेचमाथि सुनको मान्छे’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

पर्व

वर्ल्ड ट्रेड सेन्टरमा तीज मेला

काठमाडौँ– डेक नेपाल प्रालिले काठमाडौँमा बुधबारदेखि आयोजना गरेको १४औँ तीज मेला अवलोकनकर्ताको उत्साहजनक उपस्थिति देखिएको छ। वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालित तीज मेलाको अवलोकनका साथै स्थानीय सामग्री खरिद गर्न सकिन्छ। मेलामा सामग्री किन्न आएकी काठमाडौँ वनस्थलीकी प्रमिला कुँवरले तीजका लागि आवश्यक सामग्री एकै ठाउँमा सस्तो मूल्यमा किन्न पाउँदा खुशी लागेको बताइन्। “सबै सामग्री एकै ठाउँमा पाइने, त्यो पनि सस्तो मूल्यमा। खुशी लाग्यो,” उनले भनिन्। मेलामा विशेष गरी तीज पर्वका अवसरमा प्रयोग गर्ने महिलाले चुरा, पोते, लत्ताकपडा, शृंगारका सामग्री राखिएका छन्। आर्थिक अवस्था कमजोर भएका महिलाले निर्माण गरेका हस्तकलाका सामग्रीहरू पनि प्रदर्शनमा राखिएका हुन्। धनकुटाकी ४७ वर्षीया रजनी राई चित्रकारले विगत चार वर्षदेखि आफूले बनाएका हस्तकलाका सामग्री मेलामा प्रदर्शन गर्दै आएको बताइन्। “आकर्षक खालका सामग्रीहरू बिक्री वितरण गर्दै आएकी छु। व्यापार राम्रै भएको छ,” उनले भनिन्। डेक नेपाल प्रालिका व्यापार तथा बजार व्यवस्थापक स्मृति श्रेष्ठले मेला आगामी भदौ १० गतेसम्म चल्ने बताइन्। उनका अनुसार यो कम्पनीले तीज मेलासँगै पाकिस्तानी मेलालगायत विभिन्न प्रदर्शनी गर्दै आएको छ। तीजको अवसर पारेर अघिल्लो वर्ष पनि यस्तै मेला आयोजना गरिएको थियो।

शुल्क घटाउन माग

शुल्क वृद्धिको विरोधमा प्रदर्शन

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ बीईको शुल्क मनोमानी ढंगले वृद्धि गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक इन्जिनियरिङ क्याम्पसको अगुवाइमा शुक्रबार डिन कार्यालय पुल्चोकदेखि माइतीघरसम्म प्रदर्शन गरिएको हो।  डिन कार्यालयले हालै शिक्षण शुल्क तीन लाख १८ हजारबाट वृद्धि गरेर सात लाख ७७ हजार पुर्‍याएको थियो।

गरिबको चमेली

‘गरिबको चमेली’ गीत गाउँदै राष्ट्रिय सभागृह अगाडि प्रदर्शन

स्वतन्त्र युवा र साना उद्यमीहरूले राष्ट्रिय सभागृह अगाडि आइतबार प्रदर्शन गरेका छन्। काठमाडौँ महानगरको जवाफदेहिता, नगरप्रहरीको ज्यादती रोक्न र ठेला–गाढा र सडक फुटपाथमा व्यापार गर्नेहरूको उचित व्यवस्थापनको माग गर्दै प्रदर्शन गरेका हुन्। विभिन्न ब्यानर र पम्पलेट लिएर भेला भएका उनीहरूले ‘गरिबको चमेली’ गीत गाएका थिए।

पर्यटक

बंगलादेशी पर्यटकलाई पञ्चेबाजा बजाएर स्वागत 

बंगलादेशबाट शुक्रबार आएका २५० जना पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजा बजाएर स्वागत गरिएको छ। चार्टर्ड विमानमार्फत उनीहरू नेपाल आएका हुन्। यस्तै, शनिबार पनि ४५० पर्यटन बंगलादेशबाट नेपाल भ्रमणमा आउन लागेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

सुन तस्करी

यसरी गालिँदैछ ब्रेक शु’भित्रको सुन 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार परिसरबाट बरामद भएको ६० किलो सुन नेपाल राष्ट्र बैंकले गाल्न थालेको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबारदेखि सुन गाल्न थालेको हो। 

आन्दोलन

निर्माण व्यावसायी पक्राउ\r\n

निर्माण व्यावसायीहरूले ललितपुरस्थित सिँचाइ विभागमा ताला लगाएका छन्। आइतबार बिहान ताला लगाएर धर्ना दिने क्रममा प्रहरीले केही निर्माण व्यावसायीलाई पक्राउ गरेको छ। निर्माण व्यावसायी महासंघको नेतृत्वमा तेस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरूले धर्ना दिएका हुन्।

फुटबल

मछिन्द्रसँग पारो पराजित

मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटअन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको छ। मछिन्द्र क्लबले भुटानको पारो एफसीलाई ३–२ गोलअन्तरले हराउँदै मछिन्द्रले पहिलो पटक दोस्रो चरणको यात्रा तय गर्‍यो।मछिन्द्रका लागि विमल घर्ती मगर, आयुष घलान र अ‍ोलावाले आफिजले १/१ गोल गरे।

डुबान

धुमबाराही तरकारी बजार जलमग्न

अविरल वर्षाका कारण काठमाडौँ धुमबाराहीस्थित तरकारी बजार जलमग्न भएको छ। काठमाडौँमा मंगलबार रातिदेखि भारी वर्षा भएको हो।

विरोध

सहकारी पीडितको विरोध प्रदर्शन: बिजुलीबजारमा तनाव

सहकारी पीडितले विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ। सहकारीमा राखेको बचत फिर्ता गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै सहकारी पीडितले सडक प्रदर्शन गर्दै आएका छन्। आफूले बचन गरेको रकम फिर्ता माग्दै आन्दोलन गर्दै आएका सरकारी पीडितहरूले माइतीघरदेखि बानेश्वरतर्फ आउँदै गर्दा बिजुलीबजारको पुलमा सडक अवरुद्ध पारेपछि प्रहरीले हस्तक्षेप गर्दा तनाव स्थिति सिर्जना भएको थियो। उनीहरूले सडकमा बसेर धर्ना दिन थालेपछि प्रहरीले हस्तक्षेप गरी खुलाएको थियो। लगत्तै बानेश्वरमा निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास गर्दा सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो। सहकारीमा राखेको बचत फिर्ता गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै आएका छन्। त्यस्तै उनीहरूले फरार, बन्द बचत तथा ऋण सरकारी सञ्चालक समिति कर्मचारी उनका परिवार आफन्त नातागोता र निजका तीन पुस्ते सम्पत्ति तत्काल रोक्का गर्न माग गरेका थिए।

विरोध

‘गरिब होइन गरिबी हटाउ’

नगरप्रहरीको ज्यादती बन्द गर्न, गैरकानूनी कदम रोक्न, ठेला गाढा, साना सडक व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै शनिबार राष्ट्रिय सभागृहअगाडि ‘गरिबको चमेली’ गीत गाउँदै युवाहरूले प्रदर्शन गरेका छन्। स्वतन्त्र रूपमा उपस्थित भएका युवाहरूसँगै काठमाडौँमा फुटपाथ तथा सडकमा व्यापार गर्नेहरूले नगरप्रमुख बालेन शाहको कार्यकक्ष सभागृहको गेटअगाडि उभिएर प्रदर्शन गरेका हुन्।  विरोध प्रदर्शनमा उत्रिएकाहरूले ‘गरिखान देउ ! नगरप्रहरीको दमन बन्द गर’, ‘मानवता, समानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो?’ ‘सडक– साइकल– गाडा परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर। विकल्प देऊ’, ‘हाम्रो चिनारी क्रूरता कि करुणा’, ‘गरिब होइन गरिबी हटाऊ’ लगायतका प्लेकार्ड बोकेका थिए।

विरोध

विवादबीच उद्घाटन भएको संग्रहालय

विवादबीच उद्घाटन भएको इतुंबहाल संग्रहालय शनिबारबाट सर्वसाधारणको लागि खुल्ला भएको छ। संग्रहालयमा विहारका विभिन्न पुरातात्त्विक वस्तुहरू प्रदर्शनीका लागि राखिएको छ। तीन कोठामा रहेको संग्रहालयमा करिब सय वटा कलावस्तुबारे नेपाल भाषा, नेपाली र अंग्रेजी तीन भाषामा जानकारी राखिएको छ। संग्रहालयमा एक हप्ताका लागि निःशुल्क भ्रमण गर्न सकिने संग्रहालयले जनाएको छ।

विरोध

’हाम्रो संस्कृतिमाथि रुबिनको हस्तक्षेप बन्द गर’

अमेरिकाको न्युयोर्कस्थित रूबिन म्युजियमको सहभागितामा काठमाडौँको इतुंबहाः मा संग्रहालय खोल्न लागेपछि शुक्रबार सम्पदा अभियानकर्मी एवं स्थानीयले असन चोकमा विरोध प्रदर्शन गरेका छन्। ‘नेपालको पहिलो विहार संग्रहालय’ भनेर खोल्न लागेको यो संग्रहालयलाई नेपाली विहारमाथिको विदेशी हस्तक्षेप मान्दै उनीहरूले विरोध गरेका हुन्। नेपालबाट चोरी गरेर अमेरिका पुर्‍याइएका नेपालका पुरातत्त्व र पहिचानका मूर्तिदेखि अन्य सामग्रीहरू न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो संग्रहालयमा पहिल्यै छन् र रुबिनले संग्रह गरेको सामग्री चोरिएका सम्पदा भएकाले पनि यसको छवि पहिल्यै बिग्रेको अभियन्ता गणपति लाल श्रेष्ठ बताउँछन्। उनीहरूले ’हाम्रो संस्कृतिमाथि रुबिनको हस्तक्षेप बन्द गर’, ‘रुबिन फिर्ता जाऊ’, ‘$२०,००० दिएर हामीलाई दास बनाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

विरोध

किताब जलाएर विरोध

लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ। अनेरास्ववियू क्रान्तिकारीले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो। सो क्रममा प्रदर्शनकारीले लेखक राम एकवाल दासको किताब जलाएका थ‍िए।

विरोध

‘वित्तीय दलालहरूलाई कारबाही गर्’

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखी विरोध जुलुससहित सिंहदरबार घेराउ कार्यक्रम गरेको छ। प्रदर्शनकारीले माइतीघर मण्डलबाट जुलुससहित थापाथली, त्रिपुरेश्वर, सुनधारा, जमल, घण्टाघर हुँदै भन्द्रकाली पुगी कोणसभा गरेका थिए। प्रदर्शनकारीले ‘राष्ट्र बैंकका गभर्नर राजीना दे’, ‘लघुवित्त वित्तीय संस्था खारेज गर्’, ‘बैंकको बाउन्स चेक रद्ध गर्’, ‘वित्तीय दलालहरूलाई कारबाही गर्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

विरोध

लघुवित्तविरुद्ध विरोध प्रदर्शन

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखी शनिबार राष्ट्र बैंक घेराउ कार्यक्रम गरेको छ। माइतीघरमा भेला भई करिब आठ/नौ सय जना पीडितहरू बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेका थिए। उनीहरूले केही समय भाटभटेनी चोकअगाडि बाटोमा बसेर विरोध प्रदर्शन गरेका थिए।

साउनको पहिलो सोमबार

पशुपतिमा साउने सोमबारको रमझम

साउनको पहिलो सोमबार पशुपतिमा घुइँचो लागेको छ। चन्द्रमा अनुसार साउनको व्रत असारको अन्तिम सोमबारबाटै शुरू भए पनि साउनको पहिलो सोमबार पशुपतिमा दर्शालु भक्तजनहरूको भिड लागेको छ।

मेहेन्दी मौसम

चुरा, पोते र मेहेन्दीको मौसम

हिन्दु महिलाहरू साउन महिना शुरू भएपछि हातमा मेहेन्दी र गलामा हरियो पोते लगाउने गर्दछन्। भगवान् शिवको महिना मानेर शिवको आराधना गरिने साउन महिनाभर हातमा मेहेन्दी लगाउनुका साथै विवाहित महिलाहरूले रातो, हरियो र पहेँलो चुरा अनि पोते लगाउँदछन् भने अविवाहितहरूले हरियो र पहेँलो चुरा लगाउने गर्दछन्। विवाहित महिलाले हरियो–पहेँलो पोते र मेहेन्दी लगायो भने श्रीमान‍्को दीर्घायु हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। यसैगरी अविवाहितहरूले भने शिवजस्तै पति पाऊँ भनेर साउनको सोमबार व्रत बस्ने गर्दछन्। महिलाहरूमा मेहेन्दी जति गाढा बस्यो त्यति नै पतिको माया पाइन्छ भन्ने जनविश्वास पनि रहिआएको छ। काठमाडौँ न्युरोडकाे विशाल बजार क्षेत्र र इन्द्रचोकमा रहेका पोते पसलमा महिलाहरूको भिड लाग्ने गर्दछ। सडक छेउछाउ मेहेन्दी लगाइदिनेहरू भेटिन्छन्। तस्वीर : फोटो लाइब्रेरी