AnonymousUser

Logout

व्यक्तिगत खर्चमा पाटी संरक्षणमा जुटेका आइतबहादुर घले

वडा कार्यालय र नगरपालिकाले बेवास्ता गरेपछि व्यास नगरपालिका–४ का आइतबहादुर घले आफैँ पाटी संरक्षणमा लागेका छन्। 

विश्व कुष्ठरोग दिवस मनाइँदै: मधेश प्रदेशमा अधिक कुष्ठरोगी

गत वर्ष गरिएको अध्ययनमा देशभर दुई हजार ५२२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेका थिए। त्यसमध्ये सबैभन्दा धेरै मधेशका ९४४ जना थिए।

वडा कार्यालयमा स्तनपान कक्ष 

कर्मचारी तथा सेवाग्राही आमाको सहजताका लागि स्तनपान कक्ष स्थापना गरिएको तुलसीपुर– १३ वडाध्यक्ष मोहन पौडेलको भनाइ छ।

चिया टिपाइमा सुधार गर्न किसानलाई हातेमेसिन 

सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन्। ‍यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ।

तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्ड कालोपत्रका लागि बजेट अभाव भएको छ।

स्पेनिस ला लिगामा रियल मड्रिडको पुनरागमन जित

रियल २१ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको जिरोनाको समान खेलबाट ५२ अंक छ। 

भीडमा त्राहिमाम् स्त्री! 

सार्वजनिक यातायातका ठेलमठेल भीडमा कोचिने अधिकांश महिलालाई सोध्ने हो भने हातमा गनिने मात्रै होलान्, जसले हिंसा नभोगेका हुन्। पीडित हुन त सार्वजनिक यातायातमा भीड पनि हुनुपर्दैन।

यस्तो रहनेछ आइतबारको मौसम

तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। दिउँसो, कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

खेल क्षेत्रमा बजेट बढाउने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री महतले खेल क्षेत्रमा गरिएको लगानीको प्रतिफल दिगो र प्रभावकारी हुने भएकाले खेल क्षेत्रमा अहिले विनियोजित बजेटको आकार बढाउन लागिएको बताए।

थ्रिस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

थ्रिस्टार विदेशी पाहुना टोली भुटानको पारोलाई पराजित गर्दै आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

काठमाडौँ महानगरले धरहरा क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था गर्ने

न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने भएको छ।

कलेन्द्र सेजुवालको ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ।

भू–माफिया पोस्न र कार्यकर्तालाई जग्गा बाँड्न कानून नै बदल्ने तयारी

वन नै विकासको बाधक बनेको भाष्य निर्माण गरिरहेका प्रधानमन्त्री दाहाल भू–माफियालाई लाभ दिलाउन र कार्यकर्तालाई जग्गा बाँड्न सजिलो हुने गरी ऐन संशोधनको प्रयत्नमा जुटेका छन्।

कर्णालीका निजामती कर्मचारीलाई ७/७ दिन विवाह र पर्यटन बिदा

नियमावलीअनुसार कर्मचारीले विवाहमा सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने तर कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ।

झन्डै ३ हजारलाई शहीद घोषणा गर्दै छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि ‘माओवादी जनयुद्ध’ र जनआन्दोलनका शहीदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको बताए।

प्रयोगमा आएन कालीकोटमा निर्मित नमूना बस्ती

विसं २०७८ को बाढीपहिरोका कारण जोखिममा परेका रास्कोटका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमूना बस्ती निर्माण गरेको थियो।

चक्रव्यूहमा नेपालको जलस्रोत, चक्रव्यूहमा राजनीति

खारिएको अनुभव र व्यापक ज्ञान, क्षमता भएका ढुंगेलले हिमालदेखि तराईसम्म पानीको बहुप्रयोगबारे थप केही कुरा पाँचसात पृष्ठमा समेटेको भए भोलिका नीति–निर्माताका लागि राम्रै सिकाइ हुन्थ्यो।

देशको समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्त्वपूर्ण छ : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्। 

जंगल सफारी

शीतलहर छल्दै जंगल सफारी

देशभर चिसो बढेको छ। यस्तो जाडोमा जंगली जनावर र चराचुरुंगी के गरिरहेका होलान्? शनिबारको फोटो फिचरमा, चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको दिनचर्या। चिसो मौसममा धेरैजसो जनावर घाम ताप्न बाहिर निस्कने भएकाले धेरै प्रजातिका चराचुरुंगी र जनावर देख्न सकिन्छ। यस बेला बाह्य पर्यटकको चहलपहल भने कम हुने गर्छ। निकुञ्जको बिहानी घाम नलागी हुस्सुबाट शुरू हुन्छ। दिउँसो जनावरहरू घाम ताप्न हिँडिरहेको देख्न सकिन्छ। यहाँ गैँडा, पाटेबाघ, सोँस, गौरीगाई, काठेभालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिँगे, बाँदर, लंगुरलगायत ६० भन्दा बढी प्रकारका स्तनधारी जंगली जनावर पाइन्छन्। तस्वीर: स्कन्द गौतम

प्रधानमन्त्री कप: बागमतीसँग लुम्बिनी ६ विकेटले पराजित

९ खेलबाट १२ अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ। ६ खेलमा समान अंक रहेको पुलिस शीर्ष स्थानमा छ।