AnonymousUser

Logout

यस्तो रहनेछ शुक्रबारको मौसम

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी गण्डकी र कर्णालीको पहाडी भूभागमा हल्का वर्षासमेत हुने सम्भावना छ।

राहुल महरालाई थुनामै राख्ने जिल्लाको आदेश उच्च अदालतले गर्‍यो सदर

उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको छ।

उच्च अदालत पोखराले माग्यो बेगनास तालमा मोटरबोट सञ्चालन गर्नुको कारण

उच्च अदालत पोखराले बेगनास तालमा मोटरबोट सञ्चालनबारेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

मानवअधिकार आयोग ऐन संशोधन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ। 

सुनील र विकललाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

विद्यालय शिक्षा विधेयकः समस्या एकातिर, सांसदका १७५२ संशोधन अर्कैतिर

सांसदहरूले विधेयक संशोधनका लागि दर्ता गरेका एक हजार ७५२ मध्ये झन्डै आधा अर्थात् ७०० भन्दा बढी प्रस्ताव शिक्षाको गुणस्तर वृद्धिमा नभई शिक्षकका सेवा सुविधा विस्तार र व्यवस्थापनमै केन्द्रित छन्।

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका १८ उम्मेदवार विजयी, एमालेले जित्यो एक सिट

राष्ट्रियसभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानको परिणामअनुसार कोशी प्रदेशमा मात्र एमालेले एक सिट जितेको छ।१८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

प्रधानमन्त्री कप : मधेश, बागमती र एपीएफको जित

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न भएका खेलमा मधेश, बागमती प्रदेश र विभागीय टोली एपीएफ विजयी भएका छन्।

शेयर बजारमा निरन्तर गिरावट

आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ। बिहीबार नेप्से ३.९४ अंकले घटेर २०८४.०९ को बिन्दुमा कायम भएको छ।

न्युरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर

धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए। 

सरकारले २०८१ देखि २०९१ सम्म ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ अभियान चलाउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले २०८१ देखि २०९१ सम्म ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ अभियान चलाउने तयारी भइरहेको बताएका छन्।

मैदानमा ९० मिनेट बिताउन १६० किलोमिटर यात्रा गर्ने ‘सिन्धु एफसी’को संघर्ष

खुमलटार एफसीबाट यू१६ लिग खेलिरहेको सिन्धुपाल्चोक एफसीका खेलाडी खेल हुने दिन लामोसाँघुबाट ८० किमि टाढाको काठमाडौँ आउँछन् र त्यही दिन फर्किन्छन्। फुटबलमा भविष्य खोजिरहेका यी खेलाडीहरूको कथाः

बागलुङको एउटै गाउँपालिकाबाट ९ महिनामा ६८ परिवार बसाइँ सरे

जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सुगाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्लेगाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमूना हुन्। यी गाउँहरूका अधिकांश घर खाली छन्।

मुगुमा भाइरल ज्वरो: ३ जनाको मृत्यु

मुगुका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित छन्। 

साउदी अरबमा ७० वर्षपछि पहिलो पटक मदिरा पसल खुल्यो

साउदीका तत्कालीन शेख अब्दुलअजीजले सन् १९५१ मा राजकुमारले रक्सी पिएर एक बेलायती कूटनीतिज्ञको हत्या गरेपछि मदिरा बिक्रीमा प्रतिबन्ध लगाएका थिए।

शहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घटेको हो त? काभ्रेको कुशेश्वर माविका प्रअ दमैसिं दोङ गुणस्तर सुधारका लागि प्रयास गरिरहेको भए पनि गाउँमा मानिस नै घट्दो भएकाले विद्यार्थी पनि कम भएको बताउँछन्।

रोग निको हुने विश्वासमा नदीमा डुबाउँदा बच्चाको मृत्यु

उनीहरूले नदीमा डुबाएपछि चमत्कार भई बच्चाको ज्यान बच्ने ठानेका थिए।

केही व्यक्ति सामाजिक सद्भाव र एकता खलबल्याउन लागेका छन्: प्रधानमन्त्री

राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने प्रधानमन्त्री दाहालको भनाइ छ।

युद्धबन्दी बोकेको विमान युक्रेनले खसालेको रुसको आरोप

आईएल–७६ सैन्य विमान युक्रेनले खसालेको रुसको आरोप छ। विमानमा चालक दलका ६ सदस्यसहित ७४ जना सवार थिए। 

भरतपुरमा घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्ने तयारी

भरतपुर विमानस्थलको एक हजार २०० मिटर लामो धावनमार्ग विस्तार गरेर एक हजार ५०० मिटर बनाउने योजना छ।