AnonymousUser

Logout

शेयर बजार १०.२५ अंकले घटेर २०८८ विन्दुमा

समग्रमा बजार घटेको दिन चन्द्रागिरि हिल्स र मिड सोलु हाइड्रोपावरको शेयरमा भने सकारात्मक सर्किट लागेको छ।

भिजिट भिसा अनुमतिका लागि राखिएका नयाँ प्रावधानमा मौलिक हक मिचिने बुँदा

नयाँ प्रावधानमा ‘भिजिट भिसा’मा विदेश जानेहरूले यसअघि जस्तो शैक्षिक प्रमाणपत्र तथा अन्य प्रमाण पेश गर्नुपर्ने छैन। तर त्यसमा राखिएका केही प्रावधान व्यक्तिको मौलिक हक विरुद्धका छन्।

३२ हजार स्वास्थ्यकर्मी पूर्ति गर्न पहल गर्दैछाैँ: स्वास्थ्यमन्त्री

स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता हुँदा ३२ हजार पूर्तिका लागि पहल भइरहेको स्वास्थ्यमन्त्रीले बताएका छन्।

राष्ट्रपतिको दाैडमा ट्रम्प: न्यु ह्याम्पसायरको रिपब्लिकन प्रारम्भिक चुनावमा विजयी

न्यु ह्याम्पसायर प्रारम्भिक चुनावमा जितेर ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको लागि रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने आफ्नो दाबीलाई बलियो बनाएको छ। 

यू१९ विश्वकप: पाकिस्तानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको थियो।

शहीद सप्ताह शुरू, १ हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाइने

पहिलो दिन टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीद शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ। 

पुलिसको अपराजित यात्रा कायमै, मधेश ६ विकेटले पराजित

बुधबार सम्पन्न खेलमा मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै पुलिसले पाँचौँ जित हात पारेको छ। ९७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले १८.३ ओभरमा ४ विकेट गुमाउँदै ९९ रन बनायो।

युक्रेनमा रुसी मिसाइल आक्रमण: १८ जनाको मृत्यु, १३० घाइते

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका दुई ठूला शहरमा ४० वटा मिसाइल आक्रमण गरेको बताएका छन्।

विद्यालयमा हुने दुर्व्यवहारका कारण गुमाउँदैछन् विद्यार्थीले ज्यान

विद्यार्थीलाई पाठ घोक्न लगाउने र जस्ताको तस्तै भन्न नजाने शारीरिक यातना दिने विद्यालय पनि छन्। अनुशासनका नाममा विद्यार्थीमाथि काठमाडौँका विद्यालयहरूले पनि शारीरिक र मानसिक यातना दिने गरेका छन्।

हिउँदे वर्षा नहुँदा चिन्तामा किसान, शीतलहरले तरकारी बालीमा क्षति

महोत्तरीको कुल ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अधिकांशमा आकाशे पानीको भरमा खेती गरिन्छ। हिउँदे वर्षा नहुँदा पानीका मुहान चाँडै सुक्ने र विभिन्न रोगव्याधका समस्या पनि बढ्ने गर्छन्।

लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अंक ल्याउनुपर्छ। ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड आउने वा विद्यार्थी फेल हुनेछन्।

गोठमै मितेरी साइनो गाँसेका हीराप्रसाद र शमशेर

शमशेर भन्छन्– गोठालाको साथी नै गोठाला बन्ने न हो। आफ्नै दामलीलाई गोठमा भेट्टाएँ। मित लगायौँ। आजभोलि मितज्यूसँग राम्रै दोस्ती बढेको छ।

नारायणगढ–बुटवल सडक: म्याद सकिन ६ महिना बाँकी रहँदा आधा काम

२०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थपिएको म्याद आउँदो साउनसम्म छ। तर, आयोजनाको सम्पूर्ण काम भने अझै आधा बाँकी छ।

एशियन कप: जितविहीन हुँदै बाहिरियो भारत 

समूह चरणको अन्तिम खेलमा सिरियासँग १–० ले पराजित भएसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।

ललितपुर नापी कार्यालयका सर्वेक्षकसहित ३ जना घुससहित पक्राउ

नापी सर्भेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

राष्ट्रवाद र अवसरको चेपुवामा 'पासपोर्टधारी' नेपाली

विदेशमा भएका भौतिक विकास र प्रगतिसँग दिनदिनै साक्षात्कार गरिरहेका नेपाली आँखाले कछुवा गतिमा विकास पछ्याइरहेको नेपाललाई अविकसित र अस्तव्यस्त देख्नु अस्वाभाविक भने होइन। 

तराईमा बाक्लो हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि  साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

नेपाल एयरलाइन्सको व्यवस्थापन करारमा दिने सरकारको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनर्संरचना निम्ति करार व्यवस्थापनमा जाने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

उच्च अदालत पाटनले एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। 

‘व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गरेर कर छली’

व्यावसायिक कारोबारमा व्यक्तिगत खाता प्रयोग हुनेमा कम्पनीका सञ्चालक, शेयरधनी, परिवारका सदस्य तथा कर्मचारी बढी हुने गरेको प्रतिवेदनमा औँल्याइएको छ।