AnonymousUser

Logout

बगर सम्म्याएर खेलमैदान

म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्म्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको छ।

अपहरण गरेर बन्धक बनाई बालिकाको बलात्कार, प्रतिवादीले स्वीकारे कसुर

१५ वर्षीया बालिकालाई अपहरण गरेर होटलमा बन्धक बनाई बलात्कार गरेको अभियोगमा काठमाडौँमा व्यवसाय गर्दै आएका सुजन श्रेष्ठविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बिहीबारदेखि थुनछेक बहस जारी छ। 

अमेरिकामा १७ वर्षीय बालकले गोली चलाउँदा १ जनाको मृत्यु, ५ घाइते 

गोलीकाण्डका अभियुक्त पनि मृत फेला परेका छन्। उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने अधिकारीले आशंका गरेका छन्।

किसानको उत्साहमा पानी खन्याइरहेको आयातित बजार

झिमरुकमा उत्पादित कृषिउपजको बिक्रीस्थल छिमेकी माण्डवी गाउँपालिकाको चकचके बजार र प्युठान नगरपालिकाको बाग्दुला हो। तर दुवै व्यापारकेन्द्र बाहिरबाट आउने उत्पादनले भरिँदा स्थानीय किसानले बजार पाएका छैनन्।

हिउँदमा पनि छाडियो नारायणी लिफ्टको पानी, २ हजार हेक्टरमा सिँचाइ पुग्ने

नारायणी लिफ्टको पानी ‘बी’ क्यानलबाट एक दशकपछि हिउँदमा पनि छाडिएको छ। जसबाट लङ्कु, कैलाशनगर र मंगलपुर क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ।

विद्युत् व्यापार सम्झौता नेपालको हितमा छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले चीनका प्रतिनिधि आएका विषयमा भारतीय विदेशमन्त्री एस जयशंकरले असहमति राखेको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन्।

जितगढी किल्ला पुनः निर्माण, बुटवल उपमहानगरलाई हस्तान्तरण गरिँदै

किल्ला क्षेत्रमा सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रूपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको छ। अब उपमहानगरले यसको संरक्षण गर्नेछ।

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ।

चितवनमा फेरि ध्रुवे हात्तीको आतंक, एकैदिन ४ घर भत्कायो

बुधबार साँझ माडी क्षेत्रमा देखिएको ध्रुवे हात्ती बिहीबार वयरघारी गाउँ पुगेको थियो। सोही दिन उक्त गाउँका चार घर भत्काएको छ।

पर्यटन बोर्डको कार्यशैलीप्रति सांसदको चासो, औचित्यमाथि नै प्रश्न

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदले बोर्ड अन्तर्राष्ट्रिय बजारीकरणमा रणनीतिक कार्यक्रमका साथ जानुपर्नेमा ठिक विपरीत दिशामा अघि बढेको जनाएका छन्।

गुरु गोविन्द सिंह जयन्तीमा नेपाल–सिख सम्बन्ध चर्चा

नेपाली संस्कृतिको मूल प्रवाहमा समाहित भई सिख समुदायले आफ्नो पहिचान कायम राख्न सकेका छन्। नेपाललाई यथार्थमा नै सबै जातको फूलबारी बनाउनमा सिखहरूले योगदान गरी नै रहेका छन्।

तराईमा हुस्सु, कोशी र गण्डकीको पहाडी भूभागमा हिमपातको सम्भावना

देशभर चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कोरोनाकालमा अनुदानमा आएका २१८ वटा स्वास्थ्य उपकरण प्रयोगविहीन

अनुदानमा प्राप्त ९१ भेन्टिलेटर, ४६ वटा पोर्टेबल भेन्टिलेटर, १३ सघन उपचार कक्ष (आईसीयू), ५७ वटा न्यूटल टु एडल्ट भेन्टिलेटर र ११ वटा एनेसथेसिया वर्कस्टेसन प्रयोग नै नभई थन्किएका छन्।

यू१९ विश्वकपका लागि देव खनालको कप्तानीमा नेपाली टोली घोषणा

आईसीसी यू१९ विश्वकपका लागि क्यानले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा निगमका क्याप्टेनविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राट्बहादुर शाहविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

पेट्रोल पम्पको अवस्था अध्ययन गर्न काठमाडौँ महानगरले बनायो समिति

काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरूको अवस्था अध्ययन गर्न सात सदस्यीय समिति बनाएको छ।

गाँजाबारेको धारणा बदल्न ‘गाँजा स्टोर’ चलाइरहेका विनायक

गाँजाको औषधीय गुण र आर्थिक महत्त्व स्थापित गर्ने अभियानमा रहेका विनायकराज पाण्डे पछिल्लो चार महिनायता बत्तीसपुतलीमा गाँजा स्टोर सञ्चालन गरिरहेका छन् जहाँ गाँजाबाट निर्मित सामग्री मात्र पाइन्छन्।

‘आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यान्न मौज्दातमा देश असहज अवस्था’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले आन्तरिक उत्पादन र बजार मागअनुसार खाद्यान्न मौज्दातमा देश सहज अवस्थामा नभएको बताएका छन्।

नेपालमा भारतीय दूतावासले २० करोडसम्मका परियोजना सिधै सञ्चालन गर्न पाउने

भारतीय दूतावासले नेपालको सरकारी बजेटभन्दा बाहिर रही २० करोडसम्मको अनुदान सिधै मुलुकभरि खर्च गर्न पाउने सम्झौताले नेपाली राजनीति प्रत्यक्ष प्रभावित हुने भन्दै विरोध भइरहँदा यसमा हस्ताक्षर भएको छ।

बिहीबार नेप्से ८.७१ अंकले घट्यो, ५ अर्ब ५८ करोडको कारोबार

नेप्सेका अनुसार बिहीबार कालिका पावर कम्पनी, सिंगटी हाइड्रो, नेपाल बेयर हाउस कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ।