AnonymousUser

Logout

नटुवा उस्तै, चमार उकासिँदै

नटुवा समुदाय घुमन्ते/फिरन्तेमै अल्झिइरहनु र चमार, हरिजनको जीवनस्तर, आत्मविश्वासमा सुधार हुनुमा दुई कुराले काम गरेको छ। चमार, हरिजनसँग पुर्जासहितको धेरथोर जग्गा छ। घरैपिच्छेजसो वैदेशिक रोजगारीमा छन्।

टी२० विश्वकप: नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा

समूह ‘डी’मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन्। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ।

यस्तो रहनेछ शनिबारको मौसम

हाल पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कानून समितिले प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीसँगका सम्झौताबारे जानकारी लिने

कानून न्याय तथा मानवअधिकार समितिले प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा रहेका बेला भारतसँग नेपालले गरेका सम्झौताहरूका विषयमा जानकारी लिने भएको छ।

एन्फा यू१६ लिग: पुलिसमाथि संकटाको जित

एन्फा यू१६ लिगमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ। जितसँगै संकटा ९ खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा छ।

सांसद भन्छन् – स्वार्थ पूरा गर्ने गरी विधेयकमा संशोधन प्रस्ताव आयो

सरकारले मन्त्रालयगत ऐनहरू छुट्टाछुट्टै रूपमा संशोधनका लागि ल्याउनु पर्नेमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत एकै ठाउँमा राखेर ल्याउनु उपयुक्त नहुने सांसदहरूको भनाइ छ।

डेटिकेडेट र ट्रंकलाइन विवादः प्राधिकरण र उद्योगी आ–आफ्नै अडानमा, आयोग पनि पन्छिँदै

उद्योगहरूले तिर्न बाँकी २२ अर्ब २४ करोड महसुल उठाएरै छाड्ने विद्युत् प्राधिकरणको दाबी छ। तर महसुल स्वीकृत हुनुभन्दा अघि र लोडसेडिङ अन्त्य भएपछिको बक्यौता नतिर्ने अडान उद्योगीहरूले छाडेका छैनन् ।

छिमेकी घट्दै, बिरानो बन्दै गाउँ

रोजगारी, सेवासुविधा तथा शिक्षाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइँ सर्नेको संख्या बढेको बढै छ। ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण बन्दै गएका छन्।

उकालो साप्ताहिक ब्रिफिङ: मनकारी र सहकारीले डोर्‍याएको साता

यो हप्ता नागरिक अगुवाको विरोधबीच भारतीय दूतावासमार्फत २० करोड खर्चिने गरी भएको सम्झौता, संसद्को प्रश्नोत्तरमा देखिन नचाहने प्रधानमन्त्री, सहकारी चर्चालगायतका खबरले ‘हेडलाइन’ बनाएका छन्।

एमालेले राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने, भारतीय विदेशमन्त्रीसँगका सम्झौताबारे प्रस्ट पार्न माग

एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताबारे पार्टीसँग छलफल नगरेको जनाउँदै त्यसबारे स्पष्ट पार्न सरकारसँग माग गरेको छ।

सर्लाहीको बरहथवामा स्थानीय प्रशासनले लगायो कर्फ्यु

सर्लाहीको बरहथवामा प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्युको आदेश जारी गरेको छ।

होटलको काममा भनी झुक्याएर रुसी सेनामा पठाउने २ जना पक्राउ

पीडितले रुसबाट फर्केर दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

सर्लाहीको बरहथवामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १ जनाको मृत्यु

सर्लाहीको बरहथवा नगरपालिकामा नगर अस्पताल हस्तान्तरणको विषयलाई लिएर प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।

बाँदरको डरले हिउँदे बाली लगाउँदैनन् किसान

आलुको पकेट क्षेत्र मानिने पर्वतका जलजला गाउँपालिकाका बनौँ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायतका स्थानमा गरिएको आलुखेती बाँदरले सखाप पारेपछि किसान चिन्तित बनेका छन्।

वनमन्त्री भन्छन्– नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउने अवस्था छैन

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताएका छन्।

पाटनमा मेलम्चीको पानी वितरणको माग गर्दै रित्तो भाँडा देखाएर प्रदर्शन

काठमाडौँ उपत्यकामा छिटोभन्दा छिटो मेलम्चीको पानी विवरण गर्न माग गर्दै ललितपुरको पाटनमा उपभोक्ताले रित्ता भाँडा देखाएर प्रदर्शन गरेका छन्।

विद्युत् प्राधिकरणले पीपीए गर्न नआएका १५ प्रवर्द्धकलाई रोलक्रमबाट हटायो

विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ।

टुटलका संस्थापक भट्ट पक्राउ

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमार्फत उजुरी आएपछि भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

बागलुङको तमानखोलामा मातृशिशु मृत्युदर शून्य

जनप्रतिनिधि आउनुपूर्व तमानखोलामा तीन स्वास्थ्य चौकी थिए। अहिले प्रत्येक वडा तथा बस्तीमा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर स्थापना भएर सेवा प्रवाह गरिरहेका छन्।

बगर सम्म्याएर खेलमैदान

म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्म्याएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको छ।