लेखक दाहालले कोभिड महामारीका बेलाको सरकारको लापरबाही, बेथिति, बदमासी, भ्रष्टाचार, अनियमितता, कालोबजारीलगायत विषय पनि पुस्तकमा समावेश गरिएको बताइन्।
गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ।
नेपालजस्तो स्वतन्त्र मुलुकमा अरू कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरी कुनै पनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हितविपरीत भएको उनको भनाइ छ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तीन नेतालाई सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाउने निर्णय भएको बताए।
म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो छपनी प्रहार गरी एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन्।
खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्ती पछिल्लो समय मानिसप्रति आक्रामक बन्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेल बताउँछन्।
महिलाले स्कुल जाने, शास्त्र पढ्ने कुरै थिएन। छोरीहरू पढे भने बिग्रिन्छन्, गाई बहुलाउँछन्, घरमा अलच्छिन पस्छ भन्थे। तर तिनै आमाहरूको भूमिका सामाजिक सहिष्णुता र द्वन्द्व व्यवस्थापनमा प्रभावकारी थियो।
दरबाङस्थित पुरानो जनप्रिय खेलमैदान युवा पुस्ताका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने महिलाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ।
अदालतले अरुण तेस्रो निर्माण कार्यमा सहजताका लागि सुरक्षा प्रबन्ध मिलाउनसमेत जिल्ला प्रशासन कार्यालय संखुवासभालाई निर्देशन दिएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बरहथवा नगरपालिकामा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भूकम्प गएको दुई महिनामा रूकुमपश्चिमभर १० हजार ४२३ अस्थायी आवास निर्माण भए पनि सबै प्रभावितको अस्थायी आवास निर्माण हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाको भनाइ छ।
सिट बाँडफाँट टुंगो लगाउन शनिबार अपराह्न चार बजे फेरि गठबन्धनको बैठक बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
बुद्धकालीन समाज, पर्ल एस बकले भोगेको समाज, बादल सरकारले भोगेको समाज र हामीले भोग्दै गरेको समाजको संरचना उस्तै हो। नेतृत्व फेरिने तर पितृसत्ताको संरचना नफेरिने, सत्ताको, घरको र समाजको पनि।
यसअघि शनिबार बिहान डा. केसीले विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको ‘कथित’ निषेधित क्षेत्र तोड्ने बताएका थिए।
भारतीय चीजका कारण नेपाली चीजको बिक्रीमा समस्या भएको उद्योगीको गुनासो छ। आफूहरूले उत्पादन गरेको चीज पाँच महिनादेखि उद्योगमै थन्किएको इलामका महेन्द्र प्रधानले बताए।
सहकारी नियमनको अभावमा समस्या आएको तर, बचत दुरुपयोग गर्नेहरू कानूनको कठघरामा उभिनैपर्ने अर्थमन्त्री महतको भनाइ छ।
सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो।
सरकारले कोरोनाको पहिलो लहरमा जस्तै सीमा नाका भद्रगोल छाडिदियो। परीक्षण र उपचार सेवा बिस्तार गरिएन। यस्तो अवस्थामा कोरोनाको दोस्रो लहर भित्रिने र यसले ठूलो क्षति पुर्याउने निश्चितप्रायः नै थियो।
विभिन्न रोग कीराको आक्रमण तथा सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
भारतको प्रस्तावमा तमिल समुदायलाई मान्यता दिने गरि श्रीलंकाले संविधान संशोधन गर्ने तयारी गरेको छ। तमिल समुदायले लामो समयदेखि राजनीतिक स्वायत्तताको माग गर्दै आइरहेको छ।