भारतीय दूतावासले नेपालको सरकारी बजेटभन्दा बाहिर रही २० करोडसम्मको अनुदान सिधै मुलुकभरि खर्च गर्न पाउने सम्झौता गर्दा नेपाली राजनीतिलाई प्रत्यक्ष प्रभावित पार्ने अवस्था सिर्जना हुने उनीहरूले ठम्याइ छ।
हाललाई अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरिएको विभागको भनाइ छ।
प्रतिनिधिसभामा हरेक महिना गरिनुपर्ने ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम एक वर्षमा दुई पटक भयो। प्रतिनिधिसभामा असारदेखि हुन नसकेको कार्यक्रम राष्ट्रियसभामा पनि प्रत्येक महिना गर्ने तयारी छ।
राखेपले पुल्चोकको हरिहर भवनस्थित मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ।
माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन भएका छन्।
३२ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन कोहलपुर–सुर्खेतमा शुरू गरिएको १३२ केभी प्रसारण लाइनको निर्माण अझै ढिलो हुने देखिएको छ।
पछिल्लो समय त्यहाँ ठगीका घटनाहरू बढेको र नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो आएको दूतावासले जनाएको छ।
सशस्त्र प्रहरीको टोलीले सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ बाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको छ।
भारतको संघीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका अवसरमा दुई देशका सचिवले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
राष्ट्रपति पौडेलले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशंकरसँग आग्रह गरे।
ट्रक ड्राइभरको हडतालका कारण कतिपय ठाउँमा पेट्रोल पम्पमा इन्धनको अभाव भएको छ। यसैबीच अनलाइन फुड डेलिभरी कम्पनी जोम्याटोका डेलिभरी ब्वाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
बुधबार बिहान जिल्ला अदालत काठमाडौँ परिसरबाट फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्का काठमाडौँ–३२ जडीबुटीबाट बिहीबार पक्राउ परेका छन्।
ज्योति पाण्डे बल्ल क्रिकेट पिचमा जम्दै थिइन्। १२ इनिङ्स खेल्दा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीमा पाँचौँ नम्बरमा थिइन्। तर क्रिकेटमा भविष्य नदेखेपछि करिअरको मध्यतिरै उनले सन्यासको बाटो रोजिन्।
प्रांगारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर–१५ का स्थानीयले गाजरखेती गरेका छन्। यहाँका अधिकांश किसानको आम्दानीको पहिलो स्रोत नै गाजरखेती बनेको छ।
विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपालबाट भारतमा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी छ।
वीरगन्जबाट पोखरा गइरहेको बस बिहीबार बिहान तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटना भएको हो।
बुधबार राति भएको फाइनलमा टुलुजविरुद्ध २–० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो। पीएसजीको जितमा केलियन एम्बाप्पे र ली काङ–इनले गोल गरे।
वीरेन्द्रनगरमा १४ करोड रुपैयाँ लगानीमा जर्मन प्रविधिको ग्यास प्लान्ट स्थापना गरिएको छ। प्लान्टबाट दैनिक ७२० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन भइरहेको छ।
फुर्सदको समयमा काम गरेर थोरै लगानीमा आयआर्जन गर्न सकिने भएकाले ढकियालगायत परम्परागत हस्तकला सामग्री निर्माणमा महिलाको आकर्षण बढेको छ।
अपांगता भएका व्यक्ति यौनजन्य हिंसामा पर्ने त्रास बढी हुन्छ। सोही कारण अपांगता भएका महिलालाई यौनजन्य दुर्व्यवहार गरे थप पाँच वर्ष सजायको व्यवस्था छ। धेरैजसो मान्छेले यी तथ्यबारे बुझ्ने चेष्टा गर्दैनन्।