AnonymousUser

Logout

व्यापार सरकारले होइन निजी क्षेत्रले नै गर्ने हो: मन्त्री रिजाल

पञ्चायतकालदेखि चलिआएको बजेटको परम्परागत प्रणालीलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरू सुखी हुन नसक्ने उनको भनाइ छ। 

प्रतितोला ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

लुम्बिनीमा ५ महिनामा ४ लाख ७० हजार पर्यटक भित्रिए, १ लाख ११ हजार भारतीय

पछिल्लो पाँच महिनामा ६७ देशका करिब पाँच लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। सन् २०२२ को सोही अवधिमा तीन लाख ६२ हजार पर्यटक आएका थिए। 

अर्थमन्त्री भन्छन्– कसैको फाइदा, बेफाइदाका लागि करका दर हेरफेर गरेको छैन

अर्थमन्त्री प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने हिसाबले करका दर परिवर्तन गर्ने काम नगरेको स्पष्ट पारेका छन्।

बजेटले लिएका लक्ष्य परिपूर्ति गर्ने गरी मौद्रिक नीति आउँछ: गभर्नर

गभर्नर अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले बजेटमार्फत लिएको ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्ने गरी आउने बताउँछन्।

सवारीसाधनको क्षमताका आधारमा करका दर कायम गर्नु नीतिगत भ्रष्टाचार : स्वर्णिम वाग्ले

रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने बताएका छन्।

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ९७ करोडको कारोबार

सोमबार २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता शेयर ३६ हजार ५६८ पटक खरिदबिक्री हुँदा एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ।

गण्डकीमा पाँच वटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने घोषणा

तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने घोषणा भएको छ।

‘क्रसबोर्डर डिजिटल पेमेन्ट’ सम्झौताले नेपाल–भारतबीच भुक्तानीमा सहजता आउँछ: गभर्नर

गभर्नर महाप्रसाद अधिकारीले ‘क्रसबोर्डर डिजिटल पेमेन्ट’ सम्झौताले नेपाल र भारतबीच हुने भुक्तानीलाई सहज बनाउने बताएका छन्।

लुम्बिनी प्रदेशको कृषि अनुदानः स्मार्ट कृषि गाउँमा छैन उत्पादन, चल्दैनन् शीतभण्डार

कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउन लुम्बिनी सरकारले वितरण गरेको अनुदान लिनेहरूले कृषि नै छाडेपछि अर्बौं लगानी उपलब्धि शून्य बनेको छ। अनुदानमै बनेर उपयोगविहीन बनेका शीतभण्डारमा कतै त च्याउखेती गरिएको छ।

मुर्रा राँगाबारे कृषि मन्त्रालयको स्पष्टोक्ति : भैँसीको नस्ल सुधारमार्फत दूध उत्पादनमा वृद्धि गराउने लक्ष्य

कृषि मन्त्रालयले कृत्रिम गर्भाधानमार्फत भैँसीको नस्ल सुधार गरी दूध उत्पादनमा वृद्धि गराउने लक्ष्यअनुरूप भारतबाट राँगा ल्याउन लागिएको जनाएको छ।

पुँजीगत लाभकर नै अन्तिम कर हुने सहमति

शेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले दाखिला गरेको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने राजस्व व्यवस्थापन महाशाखाले जनाएको छ।

सेती जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा

सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ। 

बचत फिर्ताको माग गर्दै सहकारी पीडितको काठमाडौँमा विरोध प्रदर्शन

सरकारले सहकारीमा राखेको बचत फिर्ता गरिदिनुपर्ने माग राख्दै बचतकर्ताहरूले शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्।

नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

मध्यप्रदेशको इन्दौरमा टाटा कम्पनीको अवलोकन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा पनि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेको बताएका छन्।

काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस

लुकीछिपी ठूलो मात्रामा भारु नोट नेपाल भित्रिएको र नेपाली बजार आर्थिकमन्दीको मारमा रहेका कारण सटहीमा समस्या उत्पन्न भएको हो। 

सतौँकोटमा प्याराग्लाइडिङको परीक्षण उडान

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, हावाको बहाव, आँधीखोलाले बनाएको फाँट, मनोरम हिम दृश्यलगायत कारणले यहाँ प्याराग्लाइडिङ गर्नेको संख्या बढ्ने बताइएको छ। 

प्रतिफलबिना १३ अर्ब सकेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुरानै ढाँचामा निरन्तरता, लक्ष्य एकातिर काम अर्कोतिर 

चार वर्षमा १३ अर्ब २ करोड खर्च गरिसकेको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिफल र औचित्यमाथि महालेखाले पटकपटक प्रश्न उठाए पनि सरकारले तीन वर्षदेखि परिमार्जनको झूटो वाचा गर्दै निरन्तरता दिइरहेको छ।

दुग्ध उद्योगले किसानलाई सहज, हट्यो दूध बिक्री नहुने समस्या 

उद्योगमा दैनिक चार हजार २०० लिटर दूध संकलन भइरहेको छ। उक्त दूधबाट १३ किलो छुर्पी, ७० किलो बटर, मागअनुसार घ्यू, १०० लिटर दही र २०० लिटर दूधको पनिर उत्पादन हुने गरेको छ।

प्रतितोला एक लाख १३ हजार ३०० पुग्यो सुनको मूल्य

शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर इतिहासकै उच्च मूल्य एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।