AnonymousUser

Logout

हिजो र आजका घर छोडेर हिँड्नेहरू

घर छोडेर हिँड्नेहरूले पारिवारिक सम्बन्ध र मान्यतामा आमूल परिवर्तन ल्याइदिएका छन्। तर घर अब एक निरपेक्ष र प्रतीकात्मक विषय भएको छ।

हिटलरको त्रासदपूर्ण भन्सार शुल्क

हिटलर आर्थिक विषयलाई झन्झटपूर्ण ठान्थे, कतिपय अवस्थामा आपराधिक र लापरबाहीपूर्ण दृष्टिकोण राख्थे। उनीमाथि तत्कालीन ४ लाख जर्मन मुद्रा बराबरको कर बक्यौता थियो। 

परिवारभित्रै असुरक्षा, बाहिर मौनता

कसैले थाहा पायो भने इज्जत जान्छ, प्रतिष्ठामा आँच आउँछ भनेर यस्ता घटनाहरू परिवारभित्रै गुपचुप राख्छन्, तर यस्तो कार्यले त अपराधलाई उल्टै बढवा दिन्छ, पीडितले झन् धेरै पिडा भोग्नुपर्ने हुन्छ।

नेपालको विशिष्ट धर्मनिरपेक्षता: व्यवस्थापनमा संवेदनशीलता आवश्यक

२०७२ सालको संविधान तहत नेपाल धर्मनिरपेक्ष राष्ट्र भएता पनि सनातन धर्म संरक्षण गर्ने धर्मनिरपेक्ष राष्ट्र हो। यहाँनिर जटिलता के छ भने त्यो सनातनको परिभाषा चाहिँ के हो?

शिक्षामा जरैदेखि परिवर्तनको मुद्दा

शिक्षक केवल जागिरे होइन। अनुसन्धानकर्मी, खोजकर्ता र आविष्कारक पनि हो। यो मर्यादित, संवेदनशील र वजनदार पेसा हो। 

क. केशर पहाडीले ‘येलो रिभर’ तरे

अहिले घण्टी–नेता रवि लामिछानेको थुना प्रसंगमा आए पनि ‘तपाईंको अन्तिम इच्छा के छ?’ भनेर कसैले क. केशरलाई चीनको छिनाई मिन्जु युनिभर्सिटीमा एउटा पाठ पढिरहेका बेला सोधिसकेको रहेछ। 

सत्ता र शक्तिका लागि धर्मको दुरुपयोग: उहिलेदेखि अहिलेसम्म

सत्तालाई स्थायी बनाउन र जनसमर्थन प्राप्त गर्न जब धर्मलाई प्रयोग गरिन्छ, यसको आन्तरिक ‘आध्यात्मिकता’ नष्ट हुन्छ र पाखण्डको रूपमा उभिन्छ।

रोजालिन्ड फ्रांकलिन: डीएनएको खोजीमा भुलिएका योगदान

डीएनए आविष्कारका लागि निकै पछिसम्म श्रेय नपाएकी उनलाई आधुनिक भाइरोलोजीले उच्च श्रेय दिएको छ, उनले गरेको कामकै आधारमा अझै पनि कतिपय भाइरसको अनुसन्धान हुने गर्छ।

‘राजनेता’का लागि नेपाल कि नेपालका लागि राजनीति?

गण्डक सम्झौता, सगरमाथा विवाद र मुस्ताङकाण्डमा प्रतिनिधिसभाभन्दा महासभामा बढी छलफल भएको थियो। महासभाकै विरोधका कारण मनोरञ्जन कर र न्यायिक सुधार विधेयक सरकारले फिर्ता लिएको थियो।

मुन्धुमी पहाड, केबलकार र राज्य–हिंसाविरुद्ध आदिवासी प्रतिरोध

आदिवासी आन्दोलनको भावनात्मक आयाम बोध गर्न राज्य असफल भयो भने त्यसले द्वन्द्वलाई अनियन्त्रित र विकराल बनाउनेछ। यस द्वन्द्वले स्थायी स्वरूप धारण गर्न सक्छ।

‘सञ्चार भैरव’को सम्मानमा

शास्त्रोक्त अष्ट भैरव बाहेक काठमाडौँमा आकाश भैरव, पचली भैरव छन् र अरू पनि केही ‘लोक भैरव’हरू भएको बुझिन्छ। यस्तोमा हाम्रा भैरवदाइलाई ‘सञ्चार भैरव’ भने के होला?

तन–मन–वचनमा भैरव दाइ

भैरव रिसाल स्वयं भन्ने गर्नुहुन्थ्यो— उमेर त एउटा अंक न हो, गणना मात्रै। तनमा बूढो देखिएर केही हुन्न, मन–बचन–कर्ममा बूढो बन्नुहुन्न।

ओली, देउवा र दाहालभन्दा व्यवस्था ठूलो

लोकतन्त्रवादीसामु ध्वस्त हुने कि सुध्रिने चुनौती छ। व्यवस्था र अवस्थाको भविष्य उनीहरू आफैप्रति कति निर्मम बन्न सक्छन्, त्यसैमा निर्भर हुन्छ।

कुलीनतन्त्रसँग लड्दैछन् बर्नी, हामी पनि लड्नुपर्छ

सन् १९९० पछि रुसमा भित्रिएको सीमित कुलीनतन्त्रले त्यहाँको कतिपय प्राकृतिक संसाधन कब्जा गर्न सफल भएको थियो। इटली, जर्मनी, अस्ट्रिया, फ्रान्स र धेरै अफ्रिकी देशमा यसको लहर देखा परेको छ।

वायु प्रदूषणको स्थिति र त्यसको रोकथाम

प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले नेपाल आयल निगममार्फत पेट्रोल र डिजेल बिक्रीमा प्रतिलिटर १ रुपैयाँ उठाउने गरेको छ। तर यसरी संकलन गरिएको रकम कहाँ र कसरी खर्च गरिएको छ, सरकार बेखबर छ।

गणतन्त्र बदनाम गर्न राजावादी र लोकतन्त्रवादी उत्तिकै जिम्मेवार

हाम्रो शिक्षा प्रणालीले लोकतन्त्र स्थापनाका लागि भएका संघर्ष र त्यसले समाजमा पारेको सकारात्मक प्रभावबारे सूचित गर्दैन। फलतः युवाहरू डिजिटल मिडियाका छोटा र सटिक सूचनामा विश्वास गर्न बाध्य छन्।

त्यो चैत २६, यो चैत २६

राजनीतिक शक्तिहरूले अनेक दाउ हेरिरहेका हुन्छन्। जस्तो कि, २०४६ सालपछि फेरि २०५२ साल आयो। त्यो नेपाली राजनीति र प्रजातन्त्रका लागि अर्को बिडम्बना थियो।

ज्ञानेन्द्र, फणीन्द्र बा र डन्डे माइलाहरू

राजा कसरी आउने हुन्? राजाको फेरि किन आवश्यकता पर्‍यो? कुन साइतमा दरबार प्रवेश गर्ने हुन्? कसैलाई तान्त्रिक विश्वासबाहेक यान्त्रिक जानकारी छैन।

पूर्वराजाको पूरा नहुने रहर

गणतन्त्रलाई मजबुत पार्ने हो भने हुन नसकेका कामहरू गरेर देखाउन अनिवार्य छ। तिमीभन्दा हामी बढी छौँ भनेर दिनैपिच्छे फरक दलले नारा जुलुस गरेर मात्र आक्रोश थाम्न सकिँदैन।

राजावादीको भण्डाफोरमा केन्द्रित हुँदा चुकेको मिडिया

प्रदर्शनकारीहरू आपराधिक कृत्यमै उत्रिएपछि पत्रकारहरू तिनको भण्डाफोरमा केन्द्रित हुँदा सुरक्षा व्यवस्थापनमा देखिएको कमजोरी र सुरक्षाकर्मीको ज्यादती केही दिन ओझेलमा परे।