आफ्नो ‘प्रिभिलेज’ मनन गर्दै सीमान्तकृत आवाजको उठान गर्नु बहुआयामिक पुँजीमा पहुँच भएकाको नैतिक जिम्मेवारी हो, त्यसो गर्नु तिनको उदारता होइन।
राजनीतिक दल र नेताले आफ्नो स्वार्थअनुकूल प्रयोग गर्दैआएको ३० वर्षे सेवाअवधिको व्यवस्थाले प्रहरी संगठनलाई अस्तव्यस्त मात्र होइन, भुत्ते बनाउँदै लगेको छ।
भुटानी शरणार्थी, जो अझै आफ्नो देश फर्किन सकिन्छ कि भन्ने आसमा शिविरमा छन्, उनीहरूले एक पटक आफ्ना नेताहरूसँग भविष्यको योजना के छ र अबको संघर्षको मार्गचित्र के हो भनेर सोध्नुपर्ने हुन्छ।
देशमा संघीयता लागू हुँदासमेत दुर्गम गाउँमा सेवा प्रवाह गर्ने कर्मचारीको अभाव छ। स्थानीय सरकारद्वारा जनताको घरदैलोमा सेवा दिने कुरा गर्छन्, तर पुराना र सिनियर कर्मचारी स्थानीय तहमा जानै चाहन्नन्।
जहाँ दिनानुदिन जातका नाममा दलित मारिन्छन्, छुवाछूतको नाममा पिटिन्छन्, समाजबाटै बहिस्कार गरिन्छ, गैर दलितसँग प्रेम गरेकैले मारिन्छन्। यस्तो समाजलाई हामी मिलेर बसेको समाज भन्न सक्छौँ?
विश्वकर्मा जात महादेवको सन्तान भएको हुँदा आफूहरूले तीनसुते जनै भिर्न पाउनुपर्ने भगत सर्वजितको माग राणाराजले पूरा गरिदिएको यतिका समय बितिसक्दा पनि जात व्यवस्थाका मुख्य आधार स्तम्भ टसमस भएका छैनन्।
महिलाहरूको इतिहास नलेखिको मात्र होइन, उनीहरूको अनुभव र भोगाइ इतिहासबाट टाढै राखियो। यसरी इतिहास शक्तिशालीको मात्र नभएर शक्तिशाली पुरुषको कथा बन्न पुग्यो।
राज्यको प्रभाव न्यायपालिकामा समेत रहेका मुलुकमा न्याय र सम्झौताबीच धेरै फरक हुन्न र न्यायालय नै सम्झौतामा जनतालाई चित्त बुझाउन प्रेरित गर्छ।
राजनीतिक भागबन्डाका लागि संविधानको छिद्रमा टेकेर जम्बो मन्त्रिमण्डल बनाउने काम संघीयताका लागि भद्दा मजाकको विषय भएको छ। यसबाट नागरिकले खोजेको सुशासन, समृद्धि र विकास हुनै सक्दैन।
सामूहिक बसाइसराइ, भिन्न संस्कृतिसँगको सहकार्यका कारण हाम्रो विश्वदृष्टि र पहिचान बदलिँदै छ। वैश्विक सन्दर्भमा नेपाली पहिचान र संस्कृतिलाई समेत पुनः परिभाषित गर्नुपर्ने देखिन्छ।
सरकारले आगामी मुख्यसचिव बढुवामा वरिष्ठ र कनिष्ठ सचिवहरू भिडाउन खोज्यो भने स्वतः प्रमाणित हुने छ कि लीलादेवीको बढुवा पहिलो महिला मुख्यसचिव बनाउने ध्येयले भएकै होइन।
छोरी महिनावारी हुँदा मन्दिर, पूजाकोठा, भान्छाकोठा, बोटका फलफूल, पानीका मुहान आदि छुन हुन्न। किन हुन्न? त्यो त बजै, आमा, सानीमा कसैलाई पनि थाहा छैन। तर सबैलाई के थाहा छ भने यसबारे प्रश्न गर्न वर्जित छ।
२०२४ को जनवरीमा भएको पछिल्लो चुनावमा पनि सबै विपक्षीलाई जेलमा थुनेर आफ्ना पकेटका मान्छेलाई विपक्षीका रूपमा खडा गरेर शेख हसिनाको पार्टीले चुनाव जितेको हो।
गोदी मिडियाले मोदीले तेस्रो पल्ट चुनाव जितेर नेहरूबराबरी गरेको भन्दै प्रचार गर्यो, तर कसैले कति वर्ष शासन गर्यो भन्दापनि शासन कसरी गर्यो भन्ने महत्त्वपूर्ण हो।
जलेर बितेकी आमाको शरीर अस्ट्रेलिया बसेर भिडियो कलमार्फत हेर्ने दिदी एक पात्र मात्रै हुन्। अहिले नेपालका धेरैजसो बाआमाका बुढेसकालका सहारा बिदेसिन बाध्य छन्।
हामीले सम्मान र गौरवबोधका साथ गाउने, स्मरण गर्ने तथा मन–मस्तिष्कमा राख्ने हाम्रो राष्ट्रिय गीतका बारेमा कुतर्क र नियतसहितको अफवाह चल्ने–चलाउने गरिएको छ।
भाँडा माझेर गुजारा गर्ने आमाको छोरा मोदी राजनीतिको शिखर चढेपछि धनाढ्यको सम्पत्ति बढाउन योगदान गर्छन्। सर्वहारा वर्गको उत्थानका लागि सशस्त्र विद्रोह गरेका प्रचण्ड सत्ता पाएपछि ठेकेदार पोस्छन्।
आर्थिक दृष्टिले उदीयमान छिमेकी राष्ट्र चीन तथा भारतका धनाढ्यहरूको विश्वास जितेर तिनको धन नेपाल भित्राउने सम्भावित नीतिका विषयमा कुनै गृहकार्य गरिएको छैन।
कार्यपालिकाको प्रभावकारिता अत्यन्त न्यून छ, व्यवस्थापिका कानून निर्माण गर्ने जिम्मेवारीमै अक्षम बनिरहेछ र न्यायपालिकामा दलीय रङ महसुस हुनथालेको छ। यसले लोकतन्त्रबारे नै गलत सन्देश प्रवाह गरिरहेको छ।
दुर्घटना किन र कसरी भयो भन्ने पत्ता लगाउन जबाफदेही संस्था राज्यसँग नभएकाले गत बुधबारको विमान दुर्घटनाको दोष राज्यले लिनुपर्छ।