अपठित र औसत व्यक्तिले अन्धविश्वासका कुरा बाँड्नु स्वाभाविक हो तर कतिपय पढेलेखेकै व्यक्ति पनि यस्ता कुरा पत्याइराखेका देखिन्छन्। जसले हाम्रो शिक्षा प्रणालीको असफलता बुझिन्छ।
समाधानको बाटोमा केही राम्रो त भएकै छैन तर ओठे चिन्तासमेत प्रकट हुन छाडेको छ। मोदी अहिले राज्यबाट पूर्ण रूपमा हराएका छन्, जसरी उनका भाषणबाट राज्य हराएको छ।
आर्थिक अनुशासनले पैसाको सदुपयोग मात्र बुझाउँदैन, समग्रमा व्यक्तिको नैतिक मूल्य र जिम्मेवारी पनि जनाउँछ। यसले कुनै पनि समाज वा संस्थाको स्थिरता र समृद्धि कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।
निरक्षर आमाका पाँच वर्षमुनिका हजारमध्ये ५० बालबालिकाको मृत्यु हुँदा माध्यमिक तहसम्म पढेका आमाको पाँच वर्षमुनिका हजारमध्ये ६ जनाको मात्रै मृत्यु हुने गरेको छ।
पहिले १४ प्रान्त रहेको भारतमा आज ३० वटा छन्। यसको अर्थ भारत अहिले पनि आफ्नो संघीयताको आकारप्रकार र नामकरण मिलाइरहेको छ। अझै पनि सो विषय ‘सेटल’ भइसकेको छैन।
संविधान संशोधनले संघीय प्रणाली सुदृढ गर्न सक्यो र नागरिकको आशा जगाउन सक्यो भने परिवर्तित राजनीतिक प्रणाली कार्यान्वयनमा राजनीतिक नेतृत्वका कैयन् खत माफ हुन सक्छन्।
केन्द्रको सत्ताका कारण सातवटै प्रदेशमा सरकार बदलिने अवस्थाले संघीयताकै हुर्मत लिइरहेको छ। यसरी त कसरी शासन चल्छ?
नेपालमा अन्यत्र असफल वा योग्यता मापन हुने क्षेत्रमा प्रतिस्पर्धा गर्न नसकेका व्यक्तिले धेरैजसो राजनीति हाँक्ने गरेका छन्। गम्भीर आरोप र असुली धन्धामा लागेकासमेत निर्धक्क राजनीतिमा छन्।
कसले के खानुहुन्छ, खानुहुन्न, पढ्नुहुन्छ, पढ्नुहुन्न, पढाउनुहुन्छ, पढाउनुहुन्न, कसले कस्तो नाम राख्नुहुन्छ र हुन्न भन्दै विकसित भएको अभ्यास निन्दनीय हो।
प्रहरीको आँखा छल्ने प्रयास आफैले आँखा बन्द गरेर साधन चलाएझैँ घातक हुन्छ भन्ने बोध प्रत्येक चालकलाई हुनुपर्छ। ट्राफिक प्रहरीलाई पनि सडकको नियमसम्बन्धी ज्ञान तथा तिनको पालना नितान्त आवश्यक छ।
मैनाली भन्छन्, ‘‘अल्पमतमा पर्नु, पेलिनु र पार्टी फुटाएर नयाँ निर्माण गर्नु कति सकस हुँदो रहेछ, सायद माधव नेपाल महसुस गर्दै होलान्।”
नेपालका कम्युनिस्टमाथि आर्थिकलगायत अनेकन् विकृतिमा मुछिएको आरोप लाग्ने गरेको छ तर भारतीय राजनीतिमा त्यहाँका कम्युनिस्टले आफ्नो ‘चरित्र’ बचाएका छन्।
बाइडेन-ह्यारिसमाथिको व्यक्तिगत आक्रमण जारी राख्ने र अमेरिकालाई अहिलेको दलदलबाट उकास्ने आर्थिक नीति मतदातालाई नबुझाउने हो भने ट्रम्पलाई ह्यारिसले पराजित गर्नेछिन्।
राज्यसंयन्त्र शिथिलप्राय: भइरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लक्षित गरेर अर्को नियामक संस्थाको परिकल्पना गर्दै सो गठनसम्बन्धी प्रक्रिया अगाडि बढाइएको छ।
राजनीति भनेकै आफू र आफ्ना वरिपरिका समूहका लागि हो भन्ने खालको भाष्य निर्माण गरिरहेका नेताका कारण आम मानिसमा सरकार, राजनीति र त्यसलाई हाँक्ने नेताप्रतिको आशा लगभग टुटेसरह भएको छ।
१९९५ को पहिलो पाँच महिनामा बिहारमा लगभग ७०० अपहरण प्रतिदिन हुने डरलाग्दो रेकर्ड भेटिन्छ। १९९२ र २००४ को बीच बिहारमा अपहरणका कुल ३२ हजार ८५ घटना रिपोर्ट गरिए।
आम नागरिकले विरोध गर्नु द्रोह हैन, बरु भ्रष्ट र बेइमान दल र नेताविरुद्ध आवाज नउठाउनु चाहिँ देश, समाज र आउने पिँढीका लागि ठूलो अपकार र द्रोह हुनेछ।
मास्कको प्रयोगले भाइरसको संक्रामकता, रोगको गम्भीरता र महामारीकै अवस्थामा के कति फरक ल्याउँछ भन्ने प्रश्न भने अझै पनि खुला नै छन्। ती प्रश्नको वैज्ञानिक उत्तर खोज्न अनेक प्रक्रियागत जटिलता छन्।
सम्पूर्ण लेखन सहयोगीप्रति हामी कृतज्ञ छौँ र विनम्र अनुरोध के छ भने तपाईं नितान्त सहयोगीको भूमिका निर्वाह गरिदिनुहोस्। कुनै अवाञ्छित क्रियाकलापका निम्ति सहयोगी नबनिदिनुहोस्।
साइबर झगडामा युवा सक्रिय हुनुको साटो गम्भीर अध्ययन र अन्य रचनात्मक काम गर्न सके कति जाति हुन्थ्यो? आफ्नो ऊर्जा र समय जनताको वास्तविक समस्या समाधान गर्न सार्थक पहलतर्फ लगाए कति गजब हुन्थ्यो?