AnonymousUser

Logout

नक्कली भुटानी शरणार्थी प्रकरण : गृहमन्त्रीलाई नागरिक अगुवाको खबरदारी

नागरिक अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्रीलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्‍याउन, भ्रष्टलाई नजोगाउन खबरदारी गरेका छन्।

उपनिर्वाचनपछि उपेन्द्रको व्यवहारले गठबन्धनमा खटपट

यादवले मधेश प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिन आफूलाई संघीय सरकारको परराष्ट्रमन्त्री बनाउनुपर्ने पक्षमा लबिइङ गरिरहेको कांग्रेसका एक नेता बताउँछन्।

नक्कली शरणार्थी प्रकरण : गृहमन्त्री भन्छन्– सरकार दबाबका अघि झुक्ने छैन

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले पुर्‍याउने बाटोसम्म पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

मन्त्री किराती भन्छन्– मन्त्री, संसद् अरूले नै चलाउँदो रहेछ

सुदन किरातीले आफूलाई संसद् र मन्त्रीलाई अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति भएको बताएका छन्।

बालकृष्ण खाँणले आफूलाई निर्दोष साबित गर्छु भनेकाले पार्टीले कारबाही गरेनः कांग्रेस प्रवक्ता

नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको कांग्रेस प्रवक्ता महतले बताएका छन्।

संसदीय समितिमा गृहमन्त्रीले भने– भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित हुँदैन

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि उम्किन नपाउने बताएका छन्।

स्वार्थ बाझिने सांसदलाई अर्थ समितिमा नबस्ने स्वघोषणा गर्न सूर्य थापाको ध्यानाकर्षण

प्रतिनिधिसभा नियमावली,२०७९ ले सदस्यको मनोनयन गर्दा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगर्ने व्यवस्था गरेको छ। सोही अनुसार सांसद थापाले ध्यानाकर्षण गराएका हुन्।

प्रतिनिधिसभाका संसदीय समितिको पहिलो बैठक शुरू  

सबैजसो संसदीय समितिको कार्यसूचीमा स्वागत र परिचय, समितिको कार्यक्षेत्रका सम्बन्धमा जानकारी र विविध राखिएको सचिवालयले जनाएको छ। 

सदनमा सांसदहरू जवाफ मागिरहन्छन् तर सरकार बोल्दैन

सांसदहरूले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा देखिएका समस्यादेखि राष्ट्रिय महत्त्वका सवालहरूबारे पनि आफ्नो धारणा राख्दै सरकारसँग जवाफ मागिरहेका हुन्छन्। तर, सरकारले सुनेको नसुन्यै गरेर टार्छ। 

खाँणले गृहको नेतृत्व सम्हालेपछि नक्कली शरणार्थी प्रकरणको शुरूआत भएको शंकर पोखरेलको दाबी

एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालाबाट नक्कली भुटानी शरणार्थी प्रकरणको शुरूआत भएको दाबी गरेका छन्।

प्रमुख राजनीतिक दलहरूका सत्ताकेन्द्रित क्रियाकलापले देश गम्भीर संकटोन्मुख : राप्रपा

वैदेशिक सम्बन्धलाई सत्ता आरोहणको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण नेपालको वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको राप्रपाको ठहर छ।

सीमित व्यक्ति र समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखियो : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले उपलब्ध स्रोतसाधन अनुत्पादक र कम उत्पादक क्षेत्रमा केन्द्रित हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।

नक्कली शरणार्थी प्रकरणपछि देउवा, ओली र दाहालका अस्वाभाविक ‘म्याराथन बैठक’

शीर्ष नेताहरूबीच तीव्र बनेका बैठक के कुरामा केन्द्रित होलान्? त्यहाँबाट चुहिएका सूचनाले यी ‘म्याराथन बैठक’ मूलतः नक्कली भुटानी शरणार्थी प्रकरणले ल्याएको हलचलमै केन्द्रित रहेको देखाउँछन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : स्वर्णिम वाग्ले

रास्वपा सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका छन्।

जेठ ४ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिनिधिसभाको जेठ ४ गतेको  बैठकमा सांसदहरूले प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन्। प्रधानमन्त्रीलाई १५ जना सांसदले प्रश्न सोध्न पाउने छन्।

बजेट बनाउँदा मन्त्रीले आफूहरूसँग छलफल नगरेको सांसदहरूको गुनासो

सभामुख देवराज घिमिरेसँग सांसदहरूले बजेट निर्माण गर्दा मन्त्रीहरूले आफूहरूसँग छलफल नगरेको गुनासो गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण : तीन दलका शीर्ष नेताहरूबीच छलफल

‍बालुवाटारमा बसेको सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफलमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल भएको छ।

संसद्लाई प्रभावकारी बनाउन तीन दलका नेता र सचेतकबीच छलफल

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ। 

गठन्धनको राष्ट्रविरोधी नीतिले अर्थतन्त्र संकटतर्फ धकेलिएको एमालेको आरोप, चर्चित सबै काण्डहरू छानबिन गर्न आह्वान

सरकारले फजुल खर्च रोक्न नसक्दा सामाजिक सुरक्षा भत्तासमेत भुक्तानी गर्न नसक्ने परिस्थिति बनेको एमालेको आरोप छ।

संघीयतामा पुनर्विचार गर्नेबारे केन्द्रीय कमिटी बैठकमा छलफल भएको छैनः एमाले

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा संघीयतामा पुनर्विचार गर्नेबारे सोच्न पनि नसकिने प्रस्ट्याएका छन्।