निर्वाचन आयोगले चितवन-२ को उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ।
राष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा संघीय सांसद तथा प्रदेशसभा सांसदले मतदान गरेका छन्।
राष्ट्रपति निर्वाचनको मतगणना शुरू भएको छ। निर्वाचन आयोगले आजै (बिहीबार) बेलुका ७ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ।
यसअघि दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र त्यसमा पनि विद्यादेवी भण्डारीले झनै महत्त्वपूर्ण काम गरेको ओलीको दाबी छ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान जारी छ।
राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा भाग लिएपछि उम्मेदवारहरू रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ उत्साहित देखिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा दायर रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ हुँदैछ।
संसद्को अघिल्लो कार्यकालमा यो विधेयकमा दफावार छलफल भएर पनि पारित हुन सकेको थिएन। विधेयकमा द्वन्द्वकालीन मुद्दा हेर्न गठन हुने ३ सदस्यीय विशेष अदालतको फैसला अन्तिम हुने उल्लेख छ।
संसद् भवनको लोत्से हलमा संघीय संसद् सदस्य र प्रदेशसभाका दुई वटा मतदान केन्द्र राखिएको छ।
नेपालमा पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो। उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका ५९४ सदस्य मतदाता थिए।
राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
दलहरू सत्ता गठबन्धन बनाउने र भत्काउने खेलमा लाग्दा प्रतिनिधिसभाले बिजनेस पाउन सकेको छैन। प्रतिनिधिसभा कार्य सञ्चालन नियमावली नबन्दा सरकारलाई उत्तरदायी बनाउने विषयगत समितिसमेत बनेका छैनन्।
राप्रपा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ। राप्रपासँग कूल २ हजार ४ सय ५० मतभार छ।
एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समवेदना दिन शंखमुलस्थित किरियापुत्री भवन पुगेका हुन्।
निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको बताएको छ। मतदानलगत्तै भोलि नै मतपरिणाम सार्वजनिक गरिने आयोगको तयारी छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले महिलामा देखिने पाठेघर र स्तन क्यान्सर तथा पोषणका क्षेत्रमा विशेष कार्यक्रम बनाइ निःशुल्क सेवा विस्तार गर्ने बताएका छन्।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलहरू आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानून र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताएका छन्।
ओलीले महिलाहरू अब देशको प्रधानमन्त्री बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए।
महिला दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले महिलाको हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न लाग्नुपर्ने बताएकी हुन्।
महिला दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी राज्यका सबै अंगमा समानुपातिक प्रतिनिधित्व स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।